‘प्रचण्ड नेतृत्व सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म मात्र’
१ फाल्गुन २०७९, सोमबार १९:०४
काठमाडौँ फागुन १ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि मात्र रहेको दावी गर्नुभएको छ ।
कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकोले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो । तर गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरुले सरकारलाई टिक्न दिने स्थिति नदेखिको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो ।’
तपाईको प्रतिक्रिया