दुखको पहाड चिर्दै मिथिला चित्रकालामा सफल मिथिलादेवी

मेरो बुवाको निधन भएपछि काकाले आमासँग सादा कागजमा औठा छाप लगाउनुभयो । हामी सानै थियौं, आमा अनपढ हुनुहुन्थ्यो, हामीलाई केही थाह थिएन, काकाले विभिन्न बाहानामा कागजमा औठा लगाउनुभयो पछि हामीमाथि ज्यादती गर्न थाल्नुभयो ।

‘दुःखीको घरमा मात्र तेरो बास हुने भए,
हे ईश्वर दया राखी मलाई अझ दुख दे !

बालकृष्ण समले आफ्नो कवितामा लेख्नु भएको यो लाइन लाग्छ मिथिलादेवी यादवका लागि नै बनेको हो । मिथिला चित्रकाला क्षेत्रको वरिष्ठ कलाकार ६१ वर्षीय मिथिलादेवीले आफ्नो जीवनमा भोग्नु भएको र झेल्नु भएको पीडा एउटा फिल्मी कथाभन्दा कम छैन । र, त्यही पीडा र बेदना उहाँको चित्रहरुमा देख्न पाइन्छ । धनुषा, जनकपुर–१० देवी चौकमा जन्मनु भएका मिथिलादेवी पाँच वर्षकै हुँदा उहाँको बुवा तपेश्वर यादवको निधन भएको थियो । २१ वर्षीय छोरा शिवराज यादवको हर्टअट्याक भएर निधन भयो । यौवन अवस्था हुँदा नै श्रीमान शिवराज यादवले मिथिलादेवीलाई छाडेर अलगै बस्न थाल्नु भएको थियो । केही दिनपछि उहाँको आमा सीतादेवी यादवको पनि निधन भएको थियो ।
घर निकाला
मिथिलादेवीको बुवा भारतको एउटा अस्पतालमा सरसफाईको काम गर्नुहुन्थ्यो । जण्डीशबाट उहाँको निधन त्यही भएको थियो । मिथिला यादवको बुवाको निधन भएपछि उहाँका काका सोहन यादवले धोखाले सबै जमिन आफ्नो नाममा लेखाएर उहाँहरुलाई घरबाट समेत निकाल्दिनु भएको थियो । मिथिलादेवी भन्नुहुन्छ, ‘मेरो बुवाको निधन भएपछि काकाले आमासँग सादा कागजमा औठा छाप लगाउनुभयो । हामी सानै थियौं, आमा अनपढ हुनुहुन्थ्यो, हामीलाई केही थाह थिएन, काकाले विभिन्न बाहानामा कागजमा औठा लगाउनुभयो पछि हामीमाथि ज्यादती गर्न थाल्नुभयो । आमा र हामीलाई कुटपिट समेत गर्न थाल्नुभयो पछि थाह पाए कि सबै जग्गा जमिन आफ्नो नाममा सार्नुभएको छ ।’
सोहनको ज्यादती सहन नसकेपछि उहाँहरु घरबाट निस्किनुभयो । मिथिलादेवी दिदीको विहे नौ वर्षकै उमेरमा भइसकेको थियो । तीनजना बच्चालाई साथमा लिएर सीतादेवी घरबाट निस्किनुभयो तर कहाँ जाने भनि थाह थिएन । मिथिलादेवीको मामा गाउँमा पनि कोही थिएनन् । नाना (आमाको बुवा) र दुईजना मामाको पनि निधन भइसकेको थियो । नानी (आमाको आमा) एक्लै हुनुहुन्थ्यो । उहाँको अवस्था पनि राम्रो थिएन । मिथिलादेवीको मामा घरको अवस्था पनि दर्दनाक नै थियो । त्यसपछि मिथिलादेवी आफ्नो आमाको साथमा सानी आमाको घरमा जानुभयो । सानी आमा पनि एक्लै, उहाँको श्रीमान र दुईजना सन्तान विरामीका कारण निधन भइसकको थियो ।
एक्लै भएको घरमा मिथिलादेवीहरु जाँदा सानी आमालाई उल्टै सहारा पाएको महसुस भएको थियो किनभने उहाँलाई देखभाल गर्ने पनि कोही थिएन । एकातिर आर्थिक अवस्था पनि राम्रो थिएन । दुई छाक खानलाई समेत समस्या भइरहेको थियो । केही दिनपछि एकजनाले मिथिलादेवीको आमालाई तुलसी गिरीको घरमा बच्चा देखाभालका लागि काममा लगाई दिएका थिए । मिथिलादेवीको आमाले तुलसी गिरीको घरमा बच्चालाई देखभाल गर्ने, स्कूल पुर्याउने र ल्याउने काम गर्नुहुन्थ्यो ।
त्यहाँबाट थोरै भएपनि पैसा पनि आउन थाल्यो । मिथिलादेवी र उनका भाइका लागि कहिले काहीं खानेकुरा त्यहीबाट आउँथ्यो । लुगाफाटा पनि दिन्थ्यो । थोरै भएपनि मिथिलिदेवीहरुलाई राहत भएको थियो । तुलसी गिरी घरमा बच्चाहरु ठूलो भएपछि उहाँ त्यहाँबाट निस्केपछि तुलसी गिरीको भाइ श्याम गिरीको घरमा त्यहीं काम पाउनुभयो । पछि ती बच्चा ठूलो भएपछि मिथिलादेवीको आमा वेरोजगार हुनुभयो ।

लुगाफाटा पनि दिन्थ्यो । थोरै भएपनि मिथिलिदेवीहरुलाई राहत भएको थियो । तुलसी गिरी घरमा बच्चाहरु ठूलो भएपछि उहाँ त्यहाँबाट निस्केपछि तुलसी गिरीको भाइ श्याम गिरीको घरमा त्यहीं काम पाउनुभयो ।

घरमा फेरि त्यही समस्या दोहोरियो । त्यसपछि मिथिलादेवीका आमाले चुरोट कारखानामा काम गर्न थाल्नुभयो । त्यहाँबाट आउने ज्यालाले जसोतसो चारजनाको पेट चल्थ्यो । मिथिलादेवी र उहाँका भाइ घरमा त्यतिकै खेलेर समय बिताउँथे । आर्थिक अवस्थाका कारण स्कूलमा गएर पढ्न सक्दैन्थे ।

तर भन्छ नि जसको कोही हुँदैन त्यसको भगवान हुन्छ । आरआर क्याम्पसमा पढाउने उमाशंकर अग्रवाले एक दिन मिथिलादेवीको आमालाई भेटेर भन्नुभएको थियो, ‘मिथिलालाई पढाई दिन्छु मेरो घरमा पठाई दिनु ।’ मिथिलादेवी उमाशंकरको घरमा जानुभयो । उमाशंकरले एउटा स्कूलमा मिथिलादेवीको नाम लेखाई दिनुभयो । मिथिलादेवी पढ्न थाल्नुभयो । उमाशंकर र उहाँका श्रीमती मिथिलासँग छोरीको जस्तो व्यवहार गर्नुहुन्थ्यो । कारण थियो, उहाँहरुको कुनै सन्तान थिएन । केही पछि एउटा छोरी भयो ।
पढाई लेखाईदेखि लिएर मिथिलाको सबै खर्च उमाशंकरले नै व्यहोर्नुहुन्थ्यो । दिनभर त्यही बस्नुहुन्थ्यो र राती आफ्नो आमासँग बस्नुहुन्थ्यो । खान, लुगाफाटाको कुनै समस्या थिएन मिथिलादेवीलाई । कक्षा ५ मा नै पढी रहँदा मिथिलाको बिहे गर्ने कुरा आयो । उहाँको आमाले छोरीलाई बिहे गरिदिने भनि कुरा चलाउन भयो । तर उमाशंकरले मानिरहनु भएको थिएन । उहाँले मिथिला पढ्नमा तेज छिन्, कम से कम १० सम्म पढ्न दिनुस् त्यसपछि बिहे गर्दिनु होला भन्नुभएको थियो तर सीतादेवीले मान्नु भएन ।
मिथिलादेवी १३ वर्षको हुँदा महोत्तरी बसपिटी वसन्तुपुरका शिवराज यादवसँग बिहे भयो । शिवराज पनि पढाई लेखाई गर्नुभएको थिएन । जमिन्दार कृष्णकुमार माथेमाको घरमा काम गर्नुहुन्थ्यो । मिथिला पढाई लेखाई छाडेर श्रीमानको घर बसपिटी बस्न थाल्नुभयो । १४ वर्षकै उमेरमा मिथिलादेवीले छोरा पाउनुभयो । छोरा डेढ वर्षकै हुँदा अर्को छोरी पनि पाउनुभयो । २० वर्षको नपुग्दै मिथिलादेवी तीनटा बच्चाका आमा बन्नुभयो ।
पेटमा बच्चा भएपछि जँचाउनका लागि जनकपुर पुग्नुहुन्थ्यो । अधिकाँश समय आमासँगै नै बस्नुहुन्थ्यो । पहिलो सन्तान जन्मेपछि त्यही प्रोफेसर उमाशंकरले मिथिलादेवीको नाम जनकपुरको कन्या माविमा लेखाई दिनुभएको थियो । उहाँ स्कूल जानु हुन्थेन, घरमै पढ्नु हुन्थ्यो परीक्षा दिनका लागि मात्र जानुहुन्थ्यो ।
केहिले पास हुन्थ्यो कहिले फेल । बच्चा पाएपछि पढाईमा डिस्टर्व हुन्थ्यो । आर्थिक अवस्था पनि राम्रो थिएन । कमाएपछि मात्र खान पाउने जस्तो अवस्था थियो । बेट बच्चा हुँदा पनि उहाँले जनकपुर चुरोट कारखानामा काम बाध्य हुनुभएको थियो । पढाई पनि गर्नुहुन्थ्यो । मिथिलाको श्रीमान पनि त्यही काम गर्नुहुन्थ्यो । मिथिलादेवी जसोतसो गरी १० कक्षासम्म पढ्नुभयो । तर एसएलसी दिन पाउनुभएन ।

मिथिलादेवी १३ वर्षको हुँदा महोत्तरी बसपिटी वसन्तुपुरका शिवराज यादवसँग बिहे भयो । शिवराज पनि पढाई लेखाई गर्नुभएको थिएन ।

कारखानामा काम गर्न थालेपछि उहाँको श्रीमान पनि मिथिलादेवीको मौसी (सानी आमा)को घरमा बस्न थाल्नुभयो । मिथिलादेवीको सानी आमाले आफ्नो सुन बेचेर जनकपुरमा उहाँहरुका लागि जग्गा किन्दिनुभयो । मिथिलाको आमाले सो जग्गामा सानो झुप्रो बनाउनुभयो । मिथिलाको आमा र भाइ त्यही घरमा सर्नुभयो । मिथिला आफनो श्रीमान र बच्चाहरुसँग सानी आमाकै घरमा बस्नुभयो ।
पहिलो चित्रकाला
काठमाडौँबाट कोहिनुर नामको एउटा महिला चुरोट कारखानामा आफ्नो भाइलाई भेट्न आउनुभएको थियो । कोहीनुरको भाइ त्यहाँ इन्जिनियर हुनुहुन्थ्यो । इन्जिनियर भाइको क्वाटरमा मिथिला पेन्टिङ बनाउने काम हुन्थ्यो । इन्जिनियरका श्रीमतीले मान्छे राखेर मिथिला पेन्टिङ बनाउन लगाउनु हुन्थ्यो । त्यही पेन्टिङ लिनका लागि कोहिनुर आउनुभएको थियो । त्यहाँ एकजना अनिता कर्ण नामका महिला पनि काम गर्नुहुन्थ्यो । त्यही अनिताले मिथिलादेवीलाई जवर्जस्ती त्यहाँ लिएर जानुभयो ।
मिथिलादेवी जान मान्नुभएको थिएन । तैपनि लग्नुभएको थियो । यादवले पेन्टिङ गर्न सक्दैन भनि त्यहाँ काम गर्ने महिलाहरुले मिथिलालाई गिज्याउने गर्नुहुन्थ्यो । तर अनिताले हौसला दिँदै भन्नुभएको थियो, तपाईलाई जसरी जस्तो पेन्टिङ गर्न आउँछ त्यस्तै गर्नु उहाँहरुको कुरामा ध्यान नदिनु ।’ मिथिलादेवीले त्यस्तै गर्नुभयो ।
साँझमा कोहिनुर पेन्टिङ हेर्नका लागि आउँदा मिथिलाले आफ्नो पेन्टिङ लुकाउनुभयो । कोहिनुरले किन लुकाउनुभयो देखाउनुस् त भन्नुभयो, अनि मिथिलाले भन्नुभयो, ‘मेरो राम्रो छैन त्यही भएर लुकाएको ।’ कोहिनुरलाई आश्चर्य लाग्यो त्यहाँ त्यत्रो महिलाहरु थिए कसैलाई नेपाली बोल्न आइरहेको थिएन तर मिथिलाले नेपाली बोलेपछि कोहिनुरको भाइ बुहारी निकै खुशी हुनुभएको थियो ।
मिथिलाको आर्ट हेरर उहाँहरु निकै खुशी हुनुभएको थियो । मिथिलादेवीले एउटा रुख र दुईटा मयुरको चित्र कोर्नुभएको थियो । त्यो उहाँको पहिलो आर्ट थियो । त्यसको तारिफ भयो । त्यसअघि घर आँगन तथा भित्ताहरुमा चित्र कोर्ने गर्नुहुन्थ्यो जो गाउँघरका लागि समान्य कुरा हो । त्यही दिन त्यो इन्जिनियरको श्रीमतीले मिथिलालाई आफ्न घरमै राखेर पेन्टिङ बनाउन लगाउनुभयो । मिथिलालाई नेपाली बोल्न आएको कारण इन्जियर श्रीमतीलाई साथी पनि भयो ।

मिथिलादेवीले एउटा रुख र दुईटा मयुरको चित्र कोर्नुभएको थियो । त्यो उहाँको पहिलो आर्ट थियो । त्यसको तारिफ भयो । त्यसअघि घर आँगन तथा भित्ताहरुमा चित्र कोर्ने गर्नुहुन्थ्यो जो गाउँघरका लागि समान्य कुरा हो ।

जति टाइम लगाएर हुन्छ, त्यति टाइम लिएर पेन्टिङ बनाउनुस् भनि त्यसले मिथिलालाई भन्नुभएको थियो । त्यसवापत मिथिलालाई दैनिक पाँचसय रुपियाँ र पेन्टिङको छुट्टै पैसा दिनुहुन्थ्यो । २०४४–४५ तिर त्यति रकम धेरै नै थियो ।
उता, कारखानामा पनि काम गर्दै हुनुहुन्थ्यो । मिथिलाको राम्रो आम्दानी हुन थाल्यो । दुखको दिन हरायो जस्तो मिथिलालाई भएको थियो । बच्चाहरुलाई पनि स्कूलमा नाम लेखाएर पढाउन थाल्नुभयो । तर अकस्मात चुरोट कारखाना बन्द भयो । त्यसपछि पेन्टिङका काम दिएकी इन्जिनियरका श्रीमती काठमाडौँ फर्किनुभयो ।
मिथिलादेवीको काम बन्द भयो । श्रीमान पनि बेरोजगार हुनुभयो । एकैपटक सबै समस्या आइलागे ।
तर मिथिलादेवीले पेन्टिङ बनाउन छाड्नु भएन । पेन्टिङका लागि चाहिने सामाग्री किन्ने पैसा उहाँसँग थिएन तैपनि पेन्टिङ गर्नका लागि गोबर, सीमको पात, तोरीको पात, सेतो चुनलगायतबाट कलर बनाउनु हुन्थ्यो । त्यसैबाट पेन्टिङ बनाउनु हुन्थ्यो ।
पहिलो पटक पेन्टिङ बिक्रि
अमेरिकाकी किलियराले जनकपुरमा नारी विकास केन्द्र खोल्नु भएको थियो । सोही केन्द्रको अवलोकनमा जनकपुर पुग्नुभएको थियो । किलियराले मिथिलादेवीको पेन्टिङबारे थाह पाएर उहाँको घरमा पुग्नुभएको थियो । मिथिलादेवीको पेन्टिङलाई किलियराले निकै प्रसंशा गर्नुभएको थियो । मिथिलादेवीले तयार पार्नुभएको पेन्टिङ २५० रुपियाँ दरले ११ वटा पेन्टिङ खरिद गर्नुभएको थियो । मिथिलादेवीका लागि सबभन्दा खुशीको दिन थियो त्यो ।
मिथिलादेवीको पेन्टिङ र उहाँको सक्रियता देखेर किलियराले उहाँलाई आफ्नो स्वकीय सचिवमा राख्ने प्रस्ताव गर्नुभएको थियो । तर मिथिलादेवीले बस्न चाहनु भएन । अमेरिकाबाट आएर नेपालमा एउटा संस्था चलाउन सक्छन् भने म नेपालमै बसेर संस्था किन चलाउन सक्दिन भन्दै मिथिलादेवी किलियरासँग बस्न इन्कार गर्नुभयो । त्यसैबेला उहाँले मिथिला हस्तकाला पेन्टिङ उद्योग खोल्नु भएको थियो ।

मिथिलाले भनेको कुरा डा.राजेन्द्र विमलले ट्रान्सलेट गरेर सुनाएपछि किलियरा खुशी हुनुभएको थियो । मिथिलादेवीको भावनालाई किलियराले प्रसंशा गर्नुभएको थियो । त्यसको केही दिनमै (२०४५) एउटा घर भाडा लिएर महिलाहरुलाई मिथिला चित्रकाला सिकाउन थाल्नुभयो । गाउँघरमा ४५ जना महिलाहरु त्यहाँ तालिम लिन थाले । तालिम दिएसँग उनीहरुलाई काम पनि दिनुभयो । उनीहरुले तयार पारेको पेन्टिङको पैसा पनि मिथिलादेवीले दिन थाल्नुभयो ।

मिथिलादेवीको भावनालाई किलियराले प्रसंशा गर्नुभएको थियो । त्यसको केही दिनमै (२०४५) एउटा घर भाडा लिएर महिलाहरुलाई मिथिला चित्रकाला सिकाउन थाल्नुभयो ।

उनीहरुले तयार पारेको पेन्टिङ लिएर मिथिलादेवी २०४८ मा काठमाडौँ आउनु भएको थियो । ठमेलमा गएर पसल पसलमा कुराकानी गर्नुभयो । मिथिलादेवीले भन्नुभयो, ‘एउटा पसलवालाले भन्नुभयो कि तपाईको पेन्टिङ राम्रो छ, तर एउटै सर्तमा खरिद गर्छु तपाईले मबाहेक अरु कसैलाई यो पेन्टिङ बेच्न पाउनु हुन्न तपाईले बनाउने सबै पेन्टिङ मैले नै खरिद गर्छु । मैले उहाँको त्या सर्त स्विकार गरे ।’ त्यो पसलेले मिथिलादेवीको सबै पेन्टिङ खरिद गर्दिनुभयो ।
मिथिलादेवीको पहिलो पटक ७० हजार रुपियाँ पेन्टिङ बिक्रि भएको थियो । मिथिलादेवीले जनकपुरबाट ल्याउने जति सबै पेन्टिङ त्यही बेच्नु हुन्थ्यो । मिथिलादेवीलाई भ्याई नभ्याई भयो । ४५ जना महिलाले पुगिरहेको थिएन, अझै महिला थप्नुभयो तैपनि अर्डर अनुसार दिन सकिरहनु भएको थिएन । आफूले बनाउन नसकेपछि अरु अरु ठाउँबाट पनि लगेर त्यहाँ दिनुहुन्थ्यो । दुई वर्षसम्म लगातार त्यहाँ पेन्टिङ तथा विभिन्न क्राफ्टहरु दिनुहुन्थ्यो ।
कहिले काहीं उहाँको श्रीमान पनि काठमाडौं आउनु हुन्थ्यो । कहिले काहीं दुवैजना सँगै आउनु हुन्थ्यो । मिथिलादेवीको काममा उहाँका श्रीमान शिवराजले पनि सघाइ रहनुभएको थियो । छोराहरुको पनि साथ थियो ।
कामधन्दा राम्रै चलिरहेको थियो । ठमेलमा रहेको त्यो पसलबालाको निधन भएपछि मिथिलादेवीले कुपण्डोलमा रहेको ट्रस्टलाई दिन थाल्नुभयो । काठमाडौँको अन्य ठाउँबाट पनि डिमाण्ड आउन थाले । व्यपार राम्रै चल्न थाले । सोही अनुसार आम्दानी हुन थाल्यो । जति पनि कारोवार हुन्थ्यो मिथिलादेवीको नामबाट हुन्थ्यो । उहाँकै बैंक एकाउन्ट प्रयोग हुन्थ्यो ।
श्रीमानसँग विछोड
यो कुरा मिथिलादेवीका श्रीमान शिवराजलाई पचेन । शिवराजले बैंक खाता आफ्नो नामबाट हुनुपर्ने भन्न थाल्नुभयो । मिथिलादेवीमाथि विभिन्न आरोपहरु लगाउन थाल्नुभयो । काठमाडौँ जाँदा के के गरेको जस्ता आरोपहरु लगाउनु थाल्नुभयो । गाली, कुटपिट समेत गर्न थाल्नुभयो । मिथिलादेवी भन्नुहुन्छ, ‘सायद मेरो श्रीमानलाई कसैले सिकाई दिनुभयो, मेरो काम देखेर कसैले घर झगडा लगाई दिनुभएको जस्तो लाग्यो नत्र हामीसँगै काम गथ्र्यौ कहिले केही भन्नुभएन एकदिन एकाएक उहाँले यस्तो कुरा उठाउनुभयो र लगातयार त्यस विषयलाई लिएर झगडा गर्न थाल्नुभयो ।’

संस्था मिथिलादेवीको नाममा भएको कारण खाता पनि उहाँकै नाममा थियो । अरु कसैको नाममा दिन पनि मिल्दैन्थ्यो । यो कुरा शिवराजले बुझ्न मान्नुभएन । मिथिलादेवीलाई काम नगर्न भन्नुहुन्थ्यो ।
अनापसनाप गाली गर्नुहुन्थ्यो । कति राम्रो चलिरहेको काम लथालिङ भयो । शिवराज छुट्टै भाडाको कोठा लिएर बस्न थाल्नुभयो । घरको झगडा हेरेर जेठो छोरा सरोज यादव भारतको दिल्ली भागेर जानुभयो । मिथिलादेवी निकै तनावमा जानुभयो । दिनरात रुनुहुन्थ्यो । श्रीमानको टर्चरका कारण काम नै छाड्ने निर्णयमा पुग्नुभएको थियो ।
तर डा.राजेन्द्र विमलले उहाँलाई सम्झाउनुभयो । यति राम्रो चलिरहेको कारोवार नछाड्नुस् । घरमा यस्ता झैझगडा हुन्छ । तपाईले काम छाडि दिनुभयो भने यी तीनजना बच्चाको के हालत हुन्छ ? यो काम छाडेपछि अरु के गर्नुहुन्छ जस्ता कुराहरु भनेर राजेन्द्र विमलले सम्झाउनुभयो । मिथिलादेवी धरै दिनसम्म काम गर्नुभएन । सबै कामदारलाई घर पठाई दिनुभयो । धेरै दिनसम्म उहाँ घर झनझन्टमा रहनुभयो । डा.राजेन्द्र विमल छिमेकी भएको कारणले बेलाबेलामा सम्झाउनु हुन्थ्यो मिथिलादेवीलाई ।

‘सायद मेरो श्रीमानलाई कसैले सिकाई दिनुभयो, मेरो काम देखेर कसैले घर झगडा लगाई दिनुभएको जस्तो लाग्यो नत्र हामीसँगै काम गथ्र्यौ कहिले केही भन्नुभएन एकदिन एकाएक उहाँले यस्तो कुरा उठाउनुभयो र लगातयार त्यस विषयलाई लिएर झगडा गर्न थाल्नुभयो ।’

किनभने सानैदेखि मिथिलादेवीले गरेको संघर्षलाई राजेन्द्र विमलले नजिकबाट हेर्नुभएको थियो । त्यही भएर उहाँले पटक पटक सम्झाउने प्रयास गर्नुभएको थियो । एकदिन मिथिलादेवीले आफ्नो ११ वर्षीय कान्छो छोरा सन्तोष यादवलाई जनाकपुरमै छाडेर अढाई वर्षको छोरी रिमा यादवलाई लिएर काठमाडौँका लागि हिड्नुभयो ।
काठमाडौमा आएपछि उहाँ तुलसी श्रेष्ठको सम्पर्कमा जानुभयो । तुलसी श्रेष्ठलाई पेन्टिङ र क्राफ्ट दिइरहेको कारण उहाँसँग पहिलादेखि चिनजान थियो । तुलसी श्रेष्ठले मिथिलादेवीलाई कुपण्डोलस्थित आफ्नै घरमा राख्नुभयो । त्यहाँ काम गर्ने ठाउँमा पनि दिनुभयो । मिथिलादेवीले पेन्टिङ गर्न थाल्नुभयो । त्यो घरमा एउटा परिवारको सदस्य जस्तो बस्न थाल्नुभयो ।
मिथिलादेवी दुई वर्षसम्म जनकपुर फर्किनुभएन । कहिले काहीं फोनमा भारत र जनकपुरमा रहेका छोराहरुसँग फोनमा कुरा गर्नुहुन्थ्यो । उहाँले जनकपुरबाट पाँचजना कामदारलाई बेलाएर काठमाडौँमा काम सुरु गर्नुभयो । जनकपुरमा पनि अर्डर दिन थाल्नुभयो । काम राम्रै चल्न थाल्यो । पहिला जस्तै गति लिन थाल्यो ।
मिथिलादेवीसँग भाडा पनि लिएन बरु उल्टै उहाँको पेन्टिङ खरिद गर्नुहुन्थ्यो मिथिलादेवीले पाँच वर्षको उमेरमा छोरीको नाम स्कूलमा लेखाई दिनुभयो । तुलसी श्रेष्ठले आफ्नो घर बेच्नुभयो र अर्को ठाउँमा किन्नुभयो । तुलसीले त्यहाँ पनि आएर बस्न भन्नुभयो तर मिथिलादेवीले मान्नुभएन । २०५५ सालतिर डल्लुमा डेरा लिएर उहाँ बस्नथाल्नु भयो । पछि दुवै छोरालाई पनि काठमाडौँमै राख्न थाल्नुभयो । छोराहरुले पनि मिथिलादेवीको कारोवारमा सघाउन थाले ।
छोराको निधन
२०५५÷५६ तिर काठमाडौँमा रहेका मिथिलादेवीका छोरा सरोज केही कामका लागि जनकपुर जानुभयो । जनकपुरमा उहाँलाई हर्टअट्याक भयो र त्यसैबाट उहाँको निधन भयो । यो थाह पाएर मिथिलादेवीका श्रीमान पनि छोरालाई हेर्न जनकपुरस्थित घरमा पुग्नुभयो । तर जब उहाँले मिथिलादेवी आउँदै हुनुहुन्छ भनि थाह पाउनुभयो अनि त्यहाँबाट आफ्नो घर फर्किनुभयो । मिथिलादेवीसँग भेट्न चाहनुभएन । छोराको शव छाडेर घर फर्किनु भएको थियो ।
काठमाडौँबाट आएपछि छोराको काजक्रिया मिथिलादेवीले एक्लै गर्नुभयो । मिथिलादेवी डिप्रेसनमा जानुभयो ।
क्षणक्षणमै मुर्छित हुनुहुन्थ्यो । भूँइमा लड्नु हुन्थ्यो । जतिखेर पनि टोलाएर बस्नु हुन्थ्यो । रोइ रहनुहुन्थ्यो । बिस्तारै बिस्तारै मिथिलादेवी रोगी हुनुभयो । कामकाज लगभग बन्दकै अवस्थामा थियो । राजेन्द्र विमललगायत अन्य छरछिमेकले सभ्झाउनु हुन्थ्यो । काममा ध्यान दिन सबैले सुझाव दिनुहुन्थ्यो तर उहाँलाई छोराको वियोगले छाडिरहेको थिएन । संसार नै उजाड भयो जस्तो मिथिलादेवीलाई लागिरहेको थियो । यस्तो अवस्था हुँदा पनि श्रीमान शिवराज एकपटक पनि मिथिलादेवीको हालचाल सोध्न आउनु भएको थिएन ।

मिथिलादेवीका छोरा र छोरीको बिहे उहाँको आमाले गराई दिनुभयो । मिथिलादेवीको उपचार पनि चलिरहेको थियो । डाक्टरले तनाव नलिन भनिरहेको थियो । मिथिलादेवी भन्नुहुन्छ, ‘डाक्टरले भन्नुहुन्थ्यो रोग केही छैन तपाई तनाव मात्र लिनुहुन्छ तनाव नलिनुस् सबै ठिक हुन्छ तर छोराको सम्झना दिमागबाट हटिरहेको थिएन ।’

आमाको हेरचाह गर्नुपर्छ भनि उहाँहरु साथसाथै आउनुभएको थियो । काठमाडौँमा त मिथिलाको झन हालत खराब भयो । बेलाबेलामा उहाँ घर छाडेर भाग्नु हुन्थ्यो ।

एक वर्षपछि केही नर्मल भएपछि मिथिलादेवी पुनः काठमाडौं फर्किनुभयो । साथमा कान्छो छोरा, बुहारी र छोरी पनि काठमाडौँ आउनुभयो । आमाको हेरचाह गर्नुपर्छ भनि उहाँहरु साथसाथै आउनुभएको थियो । काठमाडौँमा त मिथिलाको झन हालत खराब भयो । बेलाबेलामा उहाँ घर छाडेर भाग्नु हुन्थ्यो । छोरा, छोरीहरुले खोजेर ल्याउनु हुन्थ्यो । मिथिलादेवी पागल जस्तो गर्न थाल्नुभयो । बाँच्छ कि बाँच्दैन जस्तो अवस्था भयो । काठमाडौदेखि भारतको पटनासम्म उहाँको उपचार चलिरहेको थियो ।
बुहारीको बच्चा भयो तर त्यो बच्चा २४ घण्टा पनि बाँच्न सकेन । त्यो कुराको चिन्ता मिथिलादेवीलाई थियो । बुहारीको अर्को बच्चा हुँदा मिथिलादेवीको आमाको निधन भयो । त्यसले झन तनाव थप्यो । तर विस्तारै विस्तारै मिथिलादेवीले आफूलाई सम्हाल्दै जानुभयो । काममा आफूलाई इुगेंज गराउन थाल्नुभयो । जनकपुरमा पनि कारोवार सुरु गर्नुभयो यता काठमाडौँमा पनि अर्डरहरु लिन थाल्नुभयो । जनकपुरको कारोवार उहाँका छोरा र बुहारीले सम्हाल्न थाल्नुभयो । यता काठमाडौँ मिथिलादेवी आफै ।
प्रतिष्ठानको सभा सदस्य
एक दिन अचानक उहाँलाई नेपाल हस्तकाला प्रज्ञा प्रतिष्ठानबाट फोन आउँछ र बधाई दिँदै भन्छन् ‘म्याडम तपाई प्रतिष्ठानको सभा सदस्य हुनुभएको छ यहाँ आएर कार्यभार सम्हाल्नुपर्यो ।’ मिथिलादेवी आश्चर्यमा पर्नुहुन्छ, यो कसरी भयो उहाँलाई थाह थिएन । यो कसको सिफारिसमा भयो कसले गराई दियो त्यसको बारेमा उहाँलाई आजसम्म थाह भएन । उहाँ २०७१ देखि २०७४ सम्म उहाँ सभा सदस्यमा रहेर त्यहाँ काम गर्नुभयो ।
त्यहाँबाट हटेपछि २०७५ मा ललितकला प्रज्ञा प्रतिष्ठान परिषद्को सदस्य र लोककला विभागको प्रमुख हुनुभयो । उहाँ त्यहाँ एमाले पार्टीको नेपाल ललितकला आर्टिस्ट मञ्चमार्फत जानुभएको थियो । २०७९ पुसमा कार्यकाल सकिएपछि त्यहाँबाट हट्नुभयो ।
प्रदर्शनी
२०५५ सालदेखि नै मिथिलादेवीको आर्ट तथा क्राफ्टहरु प्रदर्शन हुँदै आएको छ । २०५५ मा भृकुटीमण्डपमा १३औं घरेलु तथा साना उद्योग प्रदर्शनी भएको थियो । त्यहाँ उहाँको पनि क्राफ्ट तथा पेन्टिङ प्रदर्शनीमा राखिएको थियो । त्यसपछि दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रि प्रदर्शनीमा मिथिलादेवीले आफ्नो पेन्टिङ तथा क्राफ्ट राख्नुभयो । २०७५ मा मात्र उहाँले एकल मिथिला चित्रकाला प्रदर्शनी गर्नुभयो । मिथिलायें आर्ट ग्यालेरी र सिल्पी थिएटरमा एकल चित्रकाला प्रदर्शन भएको थियो ।
२०७५ मा सुप्रबल जनसेवाश्री सम्मानबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएका मिथिलादेवी ललितकाला पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएका

तपाईको प्रतिक्रिया