Khadya Bibhag

सिके राउतको ब्याक फायर

काठमाडौँ चैत ११ गते । ‘बारा जिला में कोई आदमी नहीं हैं, बारा जिला मे कोइ माइ का लाल पैदा नहीं हुवा हैं कि बाहर का उमेदवार यहां पर आएगें, बारा जिला मे कोइ नेता नहीं कि बाहर का नेता यहां आएगें, बारा जिला बासिंयो के चुनौती हैं कि यहां पे कोइ माइका लाल है कि नहीं, चुनौति दिया हैं’ जनमत पार्टीले बारामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्नु हुँदै सो पार्टी अध्यक्ष डा.सिके राउतले यी धारणा राख्नुभएको हो ।

बारा जिल्ला कोही माइका लाल (आमाको छोरा) छैन जो बाहिरबाट यहाँ चुनाव लड्न आइरहेका छन् भनाई उहाँको थियो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम नलिए पनि उहाँलाई नै लक्षित गरेर यो मन्तव्य दिनुभएको थियो । बारा २ का प्रतिनिधि सभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा विजय भइसकेपछि सो क्षेत्र खाली भएको छ ।

सो क्षेत्रका लागि बैशाख १० गते चुनाव हुँदैछ । सो चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवारी दिने लगभग निश्चित छ । त्यसैलाई लक्षित गर्दै अध्यक्ष राउतले यो विवादस्पद अभिव्यक्ति दिनुभएको हो ।
यो अभिव्यक्तिपछि अध्यक्ष राउतको चौतर्फी आलोचना भइरहेको छ । समाजिक सञ्जालदेखि लिएर अन्य सार्वजनिक कार्यक्रममा पनि राउतको त्यो अभिव्यक्तिको आलोचना भइरहेको छ ।

लोकतन्त्रमा चुनाव लड्ने अधिकार सबैलाई दिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सोही लोकतान्त्रिक प्रकृयाका आधारमा चुनावमा भाग लिइरहनु भएको छ । जनमत पार्टीले सोही प्रकृया अनुसार भाग लिन पाउनुपर्छ । कसैलाई निषेध गरेर राजनीति गर्न नहुने भन्दै उहाँको आलोचना भइरहेको छ ।

अध्यक्ष सिके राउतले दिएको अभिव्यक्ति बाराका जनतालाई नै मन परेको छैन । अध्यक्ष राउतले उपेन्द्र यादवका लागि चुनौती दिनुभएको होइन, त्यो अभिव्यक्ति दिएर आफ्नो पार्टीका लागि पनि चुनौती बढाउनु भएको छ । बारा जिल्लाका सुन्दर महतोले भन्नुभयो, ‘सिके राउतले दिनुभएको अभिव्यक्तिले त्यहाँका जनताको चित्त दुखेको छ, राजनीतिक गर्ने अधिकार सबैको हो तर समग्रमा सबैलाई जोडेर कसैलाई होच्याउनु राम्रो होइन, यसले बाराबासीको चित्त दुखाएको छ ।’

बारा बासीले हरेक आन्दोलन र परस्थितिमा आफ्नो बुद्धि प्रयोग गरेका छन्, बाराले आफ्नो बेग्दै पहिचान बनाएको छ, त्यसैको नतिजा हो आज मुख्यमन्त्री र उपराष्ट्रपति पनि यहीीं जिल्लाले पाएको छ, अब अगामी दिनमा बारा बासीले के गर्छ त्यो उसको सुझबुझको कुरा हो, कसैले उचालेर उचालिने होइन भन्दै सिके राउतको आलोचना गर्नुभयो ।

समाजिक सञ्जालमा यतिसम्मका कुरा आएको छ कि बाराका रामसहाय यादव उपराष्ट्रपतिमा उम्मेदवारी दिँदा सिके राउतले उहाँलाई हराउन आफ्नो पार्टीबाट ममता झालाई उठाउनु भयो के त्यो बेला सिके राउतलाई माइका लाल याद आएन ।

बारा कलैयाका विरेन्द्र गुप्ताले भन्नुभयो, ‘सिके राउतले माइका लाल शब्द प्रयोग गरेर आफ्नो मत घटाउनु भएको छ, बाराका जनता जनमतप्रति केही मात्रामा सकारात्मक थिए तर उहाँको त्यो अभिव्यक्तिले धरैको चित्त दुखेको छ त्यसले उहाँलाई नै क्षति गरेको छ ब्याक फायर भएको छ ।’

चुनावमा प्रतिस्पर्धा हुन्छ, यदि सिके राउतलाई सप्तरी जस्तै दम छ भने चुपचाप उपेन्द्र यादलाई हराई दिए भैगो नि बारा बासीलाई उचालेर गाली गलौज गरेर फिरिङ्गी, माइका लाल जस्ता शब्दहरु प्रयोग गरेर उपेन्द्र यादवलाई हराउन नसकिने उहाँको तर्क थियो ।

तपाईको प्रतिक्रिया