Khadya Bibhag

मधेश प्रदेशका कृषि मन्त्रीको विभिन्न योजनाको प्रस्ताव

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले आर्थिक वर्ष २०८०÷०८१ को वजेटका लागि संघीय कृषि तथा पशुपन्छी मन्त्रालयमार्फत सरोकारवालासँग चैत २६ गते छलफल गर्नुभयो । राष्ट्रिय आयोगको सभकक्षमा भएको छलफलमा आयोगका सदस्य डा.जयकान्त राउत, कृषि मन्त्रालयका सहसचिव डा.प्रकाशकुमार सञ्जेल र अर्थ मन्त्रालयमा कृषि हेर्ने पदाधिकारीसहितको छलफलमा मन्त्री कुशवाहाले मधेश प्रदेशका लागि कृषिमा आवश्यक ठूला परियोजना तथा कार्यक्रमको बारेमा आफ्नो प्रस्ताव पेस गर्नुभयो ।
छलफलमा आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि हरेक वडामा जैविक मलखाद उद्योग स्थापना, हरेक पालिकामा साना कृषि बजार व्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ठूल कृषि वजार व्यवस्थापन र कृषि औजार कस्टरम हायरिगं सेन्टर स्थापनाका लागि प्रस्ताव उहाँले गर्नुभयो । त्यस्तै मधेश प्रदेशका हरेक जिल्लामा कृषि पर्यटनका लागी पूर्वाधार विकास, घुम्ती माटो परीक्षण प्रयोगशाला, घुम्ती भेट एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने मन्त्री कुशवाहाले प्रस्ताव गर्नुभएको छ । किसान कार्ड तथा किसान पेन्सन, सुलभ तथा सहुलियत ऋणको ब्यवस्था, बालीनाली तथा पशु पन्छीको बीमा, कृषि विद्युतीकरण, सिंचाई तथा निःशुल्क कृषि मीटरको व्यवस्थाप हुनुपर्ने उहाँले प्रस्ताव गर्नुभएको छ ।्
खेती प्रणालीलाई सेटेलाइट डिजिटल इमेजिङ सिस्टमसँग जोड्नुपर्ने, मधेश प्रदेशका कृषि उत्पादनका लागि काठमाडौं उपत्यकाभित्र बजार क्षेत्र निर्माणको प्रस्ताव उहाँले गर्नुभएको हो ।
कृषिमा देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यका साथ संघ, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी आगामी योजनाहरु परिचालन गर्ने कुरामा पनि बैठकमा छलफल भएको मन्त्री कुशवाहाले बताउनुभयो । वजेट निर्माण गर्ने तीनै पक्षमा छलफलमा बसेको कारण आफूले प्रस्ताव गरेको योजनाहरु वजेटमा अवश्य आउने विश्वास आफूले गरेको उहाँले बताउनुभयो ।
आर्थिक समृद्धिको मुख्य मेरुदण्ड कृषि भएकाले यसको वजेट विनियोजनमा कञ्जुस्याईँ नहुने कुरामा आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया