-डा.सुर्यप्रसाद यादव
मैथिली भारतीय आर्यभाषा परिवारको एकटा स्वतन्त्र र सम्पन्न भाषा हो। यो भाषा विशेष गरेर दक्षिण एसियाका दुई घनिष्ट राष्ट्र नेपालको तराई र भारतको बिहार राज्यको पूर्वी तथा उत्तरी क्षेत्रमा बोलिन्छ। राष्ट्रिय जनगणना २०११ अनुसार नेपालमा मैथिलीभाषीहरूको जनसङ्ख्या ३,०९२,५३० (प्रदेश २ को मैथिलीभाषीहरूको सङ्ख्या २,४४७,९७८) रहेको छ। यो जनसङ्ख्या नेपालको कुल जनसङ्ख्याको ११.७% हो।
यसरी हेर्दा मैथिली भाषा तराईको परिपेक्षमा पहिलो र राष्ट्रिय स्तरमा दोस्रो भाषाको रूपमा स्थापित भएको छ। अघिल्लो जनगणना (२००१) को तथ्याङ्कसँग तुलना गर्दा मैथिलीभाषीको सङ्ख्यामा बृद्धि भए पनि प्रतिशतमा ह्रास आएको देखिन्छ, जस्तो: २,८००,००० (१२.३%; २००१) र ३,०९२,५३० (११.७%;२०११)। सरसर्ती हेर्दा यसको प्रमुख कारणमा केही स्थानीय भाषाका वक्ताहरूमा आएको वृद्धि हुन सक्छ।यसको अतिरिक्त यो वर्तमान अबस्थामा लगभग तीन करोड़ मानिस द्वारा बोलिन्छ।
यो भाषा पी.इ.एन. (कवि, निबंधकार, उपन्यासकारको लागि भाषाको एउटा अंतर्राष्ट्रीय संगठन) र साहित्य अकादमीको अनुसार भारतको सोरहौं र विश्वको चौवालिसौ स्थानमा रहेको छ (http://en.wikipedia.org/wiki/List_of_languages_by_number_of_native_speakers) ।
नेपालको पूर्व, दक्षिण र पश्चिममा भारतसँग साझा सिमाना भएकाले यी क्षेत्रमा बोलिने भाषाहरू अन्तरसीमावर्ती छन्।भारतको विहार प्रदेशको उत्तरपूर्वी भागमा बोलिने मैथिली भाषा नेपालको पूर्वी तराईमा पनि बोलिने भएकाले यो भाषा दुबै राष्ट्रको साझा भाषा हो।यो भाषा नेपालका ७ जिल्लाहरू (धनुषा, सिरहा, महोत्तरी, सप्तरी, सर्लाही, सुनसरी र मोरङ) र भारतको विहार प्रदेशका मधुबनी र दरभंगा जिल्लाहरूमा मुख्यत: बोलिन्छ।यसको अतिरिक्त, विहारको पूर्णिया, भागलपुर र मुंगेर जिल्लाहरू, पश्चिम बङ्गाल, महाराष्ट्र, मध्य प्रदेश र नेपालको मध्य तराई र काठमाडौं उपत्यकामा पनि मैथिलीभाषी अल्पसङ्ख्यक समुदायको बसोवास पाइन्छ। यी क्षेत्रहरूमा मैथिली मातृभाषाका रूपमा, दोस्रो भाषाका रूपमा र सम्पर्क भाषाका रूपमा प्रयोग हुन्छ।
नेपालमा जनगणनाको सुरुवात १९६८ (१९११ ई.) देखि भए तापनि यसमा भाषाको उल्लेख २००९/११ देखिमात्रै भएको छ। यसका कारणहरूमध्ये राष्ट्रिय योजनामा भाषालाई कम महत्त्व दिइनु, अतिरिक्त राष्ट्रभाषा र सरकारी कामकाजको माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाबाहेक अन्य भाषाहरूको अस्तित्व नस्वीकार्नु आदि हुन सक्छन् (यादव र शाक्य २०६५)।तालिका १ मा २००९/११ देखि २०६८ सम्मका जनगणनामा उल्लेख भएका मैथिली मातृभाषीहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।
तालिका १: विभिन्न जनगणनामा मैथिली मातृभाषीहरूको सङ्ख्या
|
|
जनगणना |
जम्मा सङ्ख्या |
प्रतिशत |
टिप्पणी |
१. |
१९५२/५४ |
१०२४७८० |
१२.४४ % |
४४ वटा भाषाहरू |
२. |
१९६१ |
११३०४०२ |
१२.१०% |
३६ वटा भाषाहरू |
३. |
१९७१ |
१३२७२४२ |
११.४९% |
१७ वटा भाषाहरू |
४. |
१९८१ |
१६६८३०९ |
११.११% |
१८ वटा भाषाहरू |
५. |
१९९१ |
२१९१९०० |
११.८५% |
३१ वटा भाषाहरू |
६. |
२००१ |
२७९७५८२ |
२१.३०% |
९२ वटा भाषाहरू |
७. |
२०११ |
३०९२५३० |
११.७०% |
१२३ वटा भाषाहरू |


तपाईको प्रतिक्रिया