Khadya Bibhag

आज बालकोटमा प्रधानमन्त्री प्रचण्डसहित तीनदलको छलफल हुने

काठमाडौं बैशाख ४ गते । काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच आज छलफल हुने भएको छ ।
विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल हुँदै आइरहेको छ ।
यो बीचमा ३ दिन यता पुर्वप्रधानमन्त्री तथा नेकपा९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भइ राखेको छलफल हन नसकेकाले आज विहान छलफल हुन लागेको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ ।
आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझ, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसुची रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया