महरालाई च्याप्ने प्रचण्डले जनार्दनसँग किन वैरी

कम्युनिष्ट पार्टी गुटैगुटले चलेको पार्टी हो । यस्तै विभिन्न गुटका कारण कति वटा कम्युनिष्ट पार्टी छन् भनि औला पनि गिन्न साध्य छैन । अब त कम्युनिष्ट पार्टीमा व्यक्तिपिछे पार्टी भएको छ । अहिले माओवादी केन्द्रमा पनि त्यही हालत भएको छ । जति जना शीर्ष नेताहरु छन् ती सबैजनाले आआफ्नो गुट चलाई रहेका छन् ।
जनमोर्चाबाट माओवादीमा आउनु भएका नारायणकाजी श्रेष्ठले आफ्नो आधिकारिक गुट चलाई नै रहनु भएको छ । प्रचण्डले नारायणकाजी श्रेष्ठलाई झेलि नै रहनु भएको थियो कि पार्टीमा अर्को गुटहरुका जन्म भएका छन् । वर्षमान पुन, जनार्दन शर्मा र कृष्णबहादुर महराले पनि आआफ्नै गुट चलाई रहेका छन् ।
त्यसमध्ये प्रचण्डका लागि सबभन्दा टाउको दुखाई जनार्दन शर्मा हुनुभएको छ । जनार्दन शर्माले माओवादी केन्द्रमा प्रचण्ड पछिको नेता आफूलाई ठान्नुहुन्छ तर त्यहाँ न उहाँलाई प्रचण्डले स्विकार गर्नुहुन्छ न अरु कुनै नेताले ।
प्रधानमन्त्री समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबभन्दा प्रिय नेता कृष्णबहादुर महरा हुनुहुन्छ ।
पार्टीको जे काममा पनि प्रचण्डले महरालाई नै खटाउनु हुन्छ । माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘कुनै कार्यदल बनाउनु पर्यो भने महरा, कसैसँग वार्ता गर्नुपरो भने महरा, प्रवक्ता कसलाई बनाउने त महरा, कुनै डकुमेन्ट तयार गर्नुपरो भने महरा अहिले त प्रचण्डको मुखमा महरा बाहेक केह्ी मmुण्डिएको छैन ।’ यही कुराले जनार्दन शर्मा चिढिनु भएको छ । उहाँले पार्टी अलग गर्नेसम्म धम्की पार्टीमा दिइसक्नु भएको छ ।
उहाँले आफूसँग २० जना सांसद छन् भने प्रचण्डसँग बार्गेनिङ गर्नुभएको थियो । त्यो कुराले केही समय प्रचण्डलाई निकै तनाव भएको थियो । ती नेताका अनुसार प्रचण्डले ती २० जना सांसदसँग एकएक भेट्नुभयो । अहिले जनार्दन शर्मासँग पाँचजना पनि सांसद छैन । तैपनि उहाँले पार्टी फुटाई दिने धम्की दिँदै आएको नेताहरु बताउँछन् । राजनीति बिटमा समाचार लेख्न पत्रकारसँगको भेटघाटमा देवेन्द्र पौडेलले भन्नुभएको थियो, ‘जनार्दनजी प्रचण्डलाई हैरान बनाउनु भएको छ, पार्टीमा गुटैगुटै छन् त्यसमा पनि अहिले जनार्दनजीले पनि छुट्टै समूह बनाएर हिडरहनु भएको अनि यसरी कसरी चल्छ पार्टी ।’
कृष्णबहादुर महारालाई प्रचण्डले साथ दिए पनि उहाँ वर्षमान पुन र जनार्दन शर्माको चेपुवामा पर्नुभएको छ । त्यही भएर उहाँले विप्लवलाई पार्टीमा ल्याउन खोज्नु भएको छ । विप्लवलाई पार्टीमा ल्याउनुपर्छ भनि उहाँ पार्टीमा दबाव दिइरहनु भएको छ । महराले पटक पटक विप्लवसँग छलफल गर्नुभएको छ । वार्ता गर्नुभएको छ । प्रचण्डलाई पनि पटक पटक भेट गराइ सक्नु भएको छ । तर जनार्दन शर्मा र वर्षमान पुनको चाहना विप्लव पार्टीमा नआयोस् भन्ने रहेको छ ।
पार्टी स्रोतले भन्यो, ‘जनार्दन शर्माले विप्लवलाई पार्टीमा ल्याउन चाहनु भएको छैन । विप्लव आयो भने महरापछिको नेता उही हुन्छ त्यसपछि आफू झन पछाडी परिन्छ भनि चिन्ता जनार्दन शर्माको रहेको छ । जनार्दन शर्मा पार्टीको महासचिव बन्न चाहनु भएको थियो । तर पम्फा भुसाल, वर्षमान पुन र जनार्दन शर्मामा कुरा नमिलेपछि त्यसको फाइदा देव गुरुङलाई भयो ।
प्रचण्डले महरालाई उपाध्यक्ष र देव गुरुङलाई महासचिव बनाएपछि वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा अलग अलग कुट बनाउन लाग्नु भएको छ । जनार्दन शर्मा अर्थ मन्त्रीको रुपमा आफ्नो छवी खराब गर्नुभएको छ । त्यसले पनि उहाँलाई पार्टीमा एडस्ट गर्न गाह्रो भइरहेको छ । उहाँले भनेको अनुसार न पार्टीले काम गरिरहेको छ न सरकारले । आजसम्म प्रचण्डलाई भनेको कुरा कुनै पनि लागु भएको छैन त्यही भएर उहाँ रन्थिनु भएको छ । माओवादी स्रोतका अनुसार यस्तै अवस्था रह्यो भने जनार्दन शर्मा पार्टीमा नरहन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया