प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् विस्तारका लागि हतारिनु भएको छ । उहाँले मन्त्रीपरिषद्लाई पूर्णता दिएर भारत भ्रमणमा जाने सोच बनाउनु भएको छ तर काँग्रेसको हाइडिमाण्डले सत्ता गठबन्धनमै असर पर्ने अवस्था देखिसकेको छ ।
काँग्रेसले आठ वटा मन्त्रालय पाएको छ । त्यसमध्ये चार जनालाई सपथ खुवाई सकेको छ । चार जना अझै बाँकी छन् । चार जनामध्ये देउवाले आफ्ना पक्षका दुईजना र दुई जना शेखर कोइराला पक्षबाट मात्र पठाउन चाहनु भएको छ तर कोइराला पक्षले मानिरहेको छैन ।
कोइराला पक्षले एक त मन्त्रालयमा चित्त बुझाएको छैन अर्कोतिर सँख्यामा असहमित जनाएको छ । स्रोतका अनुसार कोइरालाले चार वटै मन्त्रालय आफूलाई चाहिएको भनिरहनु भएको छ ।
तर देउवाले दिन मान्नुभएको छैन । देउवाले आफ्ना पक्षका नेतालाइ रिझाउने कि कोइराला पक्षका नेतालाई रिझाउने तनावमा हुनुहुन्छ । काँग्रेसका सभापति देउवा पक्षमा पनि मन्त्री बन्नेहरुको लाइन लागेका छन् । मन्त्री बनाउनका लागि चारैतिरबाट देउवालाई दवाव दिन लगाई रहेका छन् । तर देउवासँग मन्त्रालय थोरै छन् ।
जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय पनि सभापति देउवाले माग गर्नुभएको छ । माओवादी केन्द्रका एक नेताले भन्नुभयो, ‘देउवाजीले थप एउटा मन्त्रालय माग गर्नुभएको छ, सिके राउतको पार्टीले छाडेको मन्त्रालय काँग्रेसले माग गरेको छ । त्यो सम्भव नै छैन ।’
माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पनि सरकारमा ल्याउन चाहनु भएको छ तर सभापति देउवाले मानिरहनु भएको छैन ।
उहाँले प्रभुलाई सरकारमा ल्याउन नहुने भनिरहनु भएको तर प्रधानमन्त्री प्रचण्डले प्रभुलाई वचन दिइसक्नु भएको छ । अब हुने मन्त्रीपरिषद् विस्तारमा प्रभु साहलाई पनि सपथ खुवाउने तयारी प्रचण्डको रहेको तर देउवाले मान्नुभएको छैन ।
प्रचण्डले त प्रभु नभए बरु अमरेश सिंहलाई नै सरकारमा ल्याउ भन्दा पनि देउवाले मान्नुभएको छैन ।
देउवाले प्रभु साहभन्दा खतरनाक अमरेशकुमार सिंहलाई देख्नु भएको छ । अमरेश सिंह काँग्रेसबाट बिद्रोह गरेर सर्लाहीबाट चुनाव जित्नु भएको हो । चुनाव जितेर आएपछि अमरेशकुमार सिंहले काँग्रेसलाई कही सहयोग गरेको छैन । प्रचण्डले जे जे भन्नुहुन्छ, अमरेशले त्यही गर्नुभएको काँग्रेस नेताको गुनासो रहेको छ ।
काँग्रेसका लागि प्रभु साहभन्दा खतरनाक अमरेश सिंह रहनु भएको उहाँहरुको गुनासो छ । सभामुख, उपसभामुखलगायत चुनावमा कही पनि अमरेशले काँग्रसलाई साथ दिएको छैन । प्रधानमन्त्री प्रचण्डले जहाँ जहाँ मत हाल्ने भनेको छ त्यही उहाँले मत हाल्नु भएको छ ।
त्यही भएर सभापति देउवाले अमरेशलाई फिटिक्कै मन पराउनु नपराएको काँग्रेसका ती नेताले सहारा टाइम्ससँग भन्नुभयो । यदि मन्त्रीमा दुई जनामध्ये एक जनालाई रोज्नुपर्ने दिन आयो भने देउवाले प्रभुलाई नै रोज्नु हुन्छ ती नेताको पनि बुझाई रहेको छ ।
तपाईको प्रतिक्रिया