सिके राउतले भन्नुभयो, ‘आशा छ तपाईंहरूले सही ठाउँमा मतदान गर्नु भएको छ’

काठमाडौँ बैशाख १० गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बारा जिल्लाका सम्पूर्ण जनतालाई धन्यवाद दिनुभएको छ । सही ठाउँमा मतदान गरेको भन्दै उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जनमत पार्टीले बारा–२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । अध्यक्ष राउतले आफ्नो सचिवालयको फेसबुक पेजबाट भन्नुभएको छ, ‘आशा छ तपाईंहरूले सही ठाउँमा मतदान गर्नु भएको छ।’

उहाँले निर्वाचनमा जनमत पार्टीलाई जिताउनका लागि चर्को गर्मीमा, दिनरात, भोकैप्यासै भए पनि अथक खटेका सम्पूर्ण स्वराजी नेता तथा कार्यकर्ताहरूमा पनि धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले भन्नभएको छ, ‘तपाईंहरूको मेहनत, लगनशीलता र जुझारूपन देखेर म विश्वस्त छु, जनमत पार्टी नम्बर १ ठूलो पार्टी बनेरै छाड्छ, यो देशको नेत्तृत्व लिएरै छाड्छ। यसको लागि तपाईंहरू सबैमा कोटिकोटि नमन ।’

तपाईको प्रतिक्रिया