–भोला यादव
युवा देशका कर्णधार हुन् । देशको भविष्य उनीहरु नै हुन् । देशले उनीहरुमाथि नै आशा भरोसा गरेको हुन्छ । तर पछिल्लो समय त्यही युवा दुव्र्यसनीको दलदलमा फँस्दैछन् । ती युवा जसमाथी उसको परिवार, समाज, देशले भरोसा गरेका छन्, त्यहीं युवा लागु औषधीको कुलत र दुव्र्यसनको अँध्यारो संसारमा आफ्नो भविष्यलाई गुमराह गारिरहेका छन् । यसलाई समयमा रोक्न सकिएन भने पुरै समाज कुलतका शिकार हुन्छ ।
गुटका, पुकार, राजनिवास रजनिगन्धा, चुरोट सुर्ती गांजा आदि जस्ता नसालु पदार्थको सेवन गर्नु आजका युवाका लागि आम कुरा भइसकेका छन् । त्यस्ता युवाका लागि टिकटक, अश्लिल फोटो र भिडियो तथा चलचित्रको लत र मल्टीमिडियाको दुरुपयोग त फेसन नै भईसकेको छ । यी र यस्ता थुप्रै कुलतले युवालाई नराम्रोसँग गाजिसकेका छन् । स्कूल कलेजमा पढ्ने अधिकाँस युवा युवती जानेर वा नजानेर लहलहैमा लागेर यस्ता कुलतमा फँसेका छन् । र आफनो जिन्दगी बर्बाद गरिरहेका छन् ।
युवा युवतीका लागि अहिले देखिएका सबैभन्दा डरलाग्दो पदार्थ ड्रग्स भएको छ । नेपाल–भारतको खुल्ला सीमा कारण ड्रग्सको व्यपार निकै फस्टाएको छ । अहिले त गाउँघरमा जताततै ड्रग्स पाउन थालेका छन् । ती सबै भारतबाट नै आउँछन् भने कुरामा दुई मत छैन । ड्रग्स सेवनले गर्दा तराई मधेशमा विभिन्न प्रकारका अपराध फस्टाउदै छन् । ज्यान मार्नेदेखि लिएर लुटपाट, चोरी, बलत्कार जस्ता घटना समान्य जस्तो हुन थालेका छन् ।
बिहार सरकारले मदिरा वेचविखनमा रोक लगाएको छ । तर त्यसको प्रभाव नेपाल सीमावर्ती क्षेत्रमा परेका छन् । नेपालको सीमावर्ती क्षेत्रमा ठूला ठूला मदिरा पसलहरु खुलेका छन् । ती सबै पसलमा साँझ पर्ने बित्तिकै भारतीय ग्राहकबाट भरिभराउ हुन्छ । मातिने गरि खान्छन् र त्यसबाट नेपालमा दिनहुँ जस्तो अपराधिक घटनाहरु हुने गरेका छन् । चोरी लुटपाट तथा बलात्कारसम्मको घटना पनि हुने गरेको छ । त्यसमा नेपालका युवा पनि संलग्न भएको भेटिन्छन् । लागु औषधीको यस्ता अपराधी क्रियाकलपाका कारण युवाहरु विभिन्न मुद्दामा जेलसम्म पुगेका छन् । तैपनि सचेत भएको देखिदैनन् ।
यी युवा प्राय घरमा आमाबावु होस् या छरछिमेक कसैलाई मतलब नै गरेका हुँदैनन् । दैनिक रुपमा आमा बुवाबाट रुपियाँ मागेका हुन्छन् । रुपियाँ नदिएपछि मर्ने मार्नेसम्मको धम्की दिएका हुन्छन् । रुपियाँ नपाएपछि आफ्नै घर वा छरछिमेकमा जे पाए त्यही चोरी गर्छन् र बजारमा गएर बेच्छन् र त्यसले ड्रग्स खरिद गरी सेवन गरेका हुन्छन् ।
त्यस्ता युवाको झुण्ड नै हुन्छ । कही कतै झगडा भयो भने एक फोन कलमा सबै भेला हुन्छन् र ग्याङ् फाइट गर्छन् । यी युवासँग कोही पनि मुख लगाउन चाहदैनन् । एउटा बाइकमा ३÷३ जना सवार भएका हुन्छन् । कहिले काही दुर्घटना गरेका हुन्छन् । त्यसले कतिपयको ज्यान पनि गएको हुन्छ । उनीहरु नसालु पदार्थान टेबलेट वा सिरफ खान्छन् । त्यसले पनि नासा लाग्दैन भने आफै सूइँ पनि लगाउँछन् । यस्ता ड्रगिसहरु नेपाल–भारत सीमाबाट ओहर दोहर गरिरहेका हुन्छन् । प्रहरीले पनि समान्य सोधपुछ गरेर छाडि दिएका हुन्छन् ।
विशेषत लागुऔषधले मस्तिष्कलाई उतेजित बनाउने वा त्यसको कार्यमा परिवर्तन ल्याउने गर्दछ । यसलाई मुख्यत दुई कार्यमा बाँडिएको छ । पहिलो, साईको ट्रपिक ड्रगस र दोस्रो, साईकोडेलिग ड्रग्स पहिले बजारमा देखिने औषधिहरु नासाका लागि प्रयोग हुन्छन् । उष्डयहष्अबm. ष्लकभअतष्यल, म्थअथभयिmष्लष् ल्थकतझयच, म्भअयिmबह ष्ल, क्उबकmय(उचयहथखयल, लष्तचबशयउब तबद, ल्ष्ष्च्ब्ख्भ्त् ईत्यादी औषधीहरु जतातै पाइरहेका छन् । यी औषधी प्रयोगले कुलतमा फँसेका युवाको स्मरण शक्ति कमजोर बनाउनुको साथै शारिरीक कमजोरी तथा डिप्रेशनमा समेत पुगि सकेका हुन्छन् ।
दुव्र्यसनमा फसेका युवालाई रोक्ने प्रयास हामी सबैको तर्फबाट हुनुपर्छ । जहाँ यस्तो गतिविधि देखिन्छ, त्यही आफ्नो ठाउँबाट रोक्ने प्रयास भयो भने यसलाई रोक्न सकिन्छ नत्र फलानोको छोरा, फलानोको छोरीले खाइरहेका छन् मलाई के मतलब भनेर छाडियो भने भोली तपाईको छोराछोरी पनि त्यसमा पर्न सक्छन् । त्यसैले समाजबाट यसलाई हटाउनका लागि हामी आआफ्नो ठाउँबाट एकजुट भएर यसको विरुद्धमा लाग्नुपर्छ ।
स्थानीय सरकार गाउँ गाउँमा सिंहदरवारलाई वास्तविक रूपमा व्यवहारिक कार्यन्वयनमा लैजानुपर्छ गाउँ गाउमा हरेक सुविधा कmबचत खष्ििबनभ अवधारना लागु गर्नुपर्छ । स्थानीय सरकारमार्फत सामुदायीक कार्यलाई प्रभावकारी तबरबाट अगाडि बढाउदै लैजानुपर्छ । स्थानीय श्रोत साधन मातृभाषा भेषभुसा सीप जनशक्तिको समुचित उपयोग र परिचालन गरेर त्यसको संरक्षणर सम्बद्र्धन गर्नुपर्छ । (लेखक भोला यादव सहारा टाइम्सका मधेश प्रदेश संयोजक हुनुहुन्छ)
तपाईको प्रतिक्रिया