Khadya Bibhag

ढाडमा टेकेर टाउकोमा प्रहार

काँग्रेसमा पनि देउवा पक्षका नेताहरु फँसिरहेका छन् । त्यसको फाइदा देउवा इतर पक्षका नेताहरुले उठाई रहेका छन् । नक्कली शरणार्थी प्रकरणमा कोही पनि उम्किनु हुँदैन भनि अवाज उठाउने काम काँग्रेसका गगन थापा, शेखर कोइराल पक्षका नेता तथा कार्यकर्ताहरुले गरिरहनु भएको छ ।

माओवादीले जनयुद्धमार्फत् नै सत्ता कब्जा गर्ने योजनामा प्रत्याक्रमणको निर्णायक चरणमा ‘ढाडमा टेकेर टाउकोमा हान्दै’ सहर केन्द्रित रणनीति बनाएको थियो । त्यही रणनीतिअन्तरर्गत माओवादीले राजधानी वरिपरी आफ्ना शक्ति केन्द्रित गरेको थियो र त्यही बेला उपत्यका हेर्ने गरी छुट्टै विशेष कमाण्ड निर्माण गरेको थियो र त्यसको इन्चार्ज बनाएको थियो वर्षमान पुन ‘अनन्त’लाई ।
त्यतिबेला ढाडमा टेकेर टाउकोान हान्ने रणनीति सफल नभए पनि शान्ति प्रकृया आइसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक पटक त्यो रणनीति अपनाउँदै आउनु भएको छ । कहिले काँग्रेसको ढाडमा चढेर एमालेलाई हान्ने त कहिले एमालेको ढाडमा चढेर काँग्रेसलाई हान्ने काम गर्दै आउनु भएका प्रचण्ड अहिले काँग्रेस र एमाले दुवैको ढाडमा टेकेर एकै पटक टाउकोमा प्रहार गर्नुभएको छ । संसदमा तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रले पहिलो शक्ति काँग्रेस र दोस्रो शक्ति एमालेलाई एकै पटक हानेको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा हालसम्म काँग्रेस र एमालेका नेताहरु मात्र फँसेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने वारेन्ट जारी थियो बैशाख ३१ गते काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेउको छ ।
यता, काँग्रेसका शक्तिशाली नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेर थुनामा हुनुहुन्छ । काँग्रेसका सभापति शेरबहादुर दउवाका पत्नी आरजु देउवा राणा र बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँणप्रति विभिन्न आरोपहरु लागि रहेका छन् । प्रहरीलाई ठोस प्रमाण हात नलागेको कारण उहाँहरुलाई पक्राउ गर्न सकिरहेको छैन । तर उहाँहरु पनि यो काण्डमा मुछिनु भएको छ । त्यस्तै, यही नक्कली शरणार्थी प्रकरणमा जोडिएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि बैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको छ ।
उता एमालेकै अर्का नेता रामबहादुर थापा ‘बादल’ छोरा प्रतीक थापाविरुद्ध प्रहरीले बैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको छ । यो घटनामा बादल पनि मुछिनु भएको छ । तर ठोस प्रमाण नभएको कारण पक्राउ पर्नुभएको छैन तर बादल गृहमन्त्री भएको बेला सल्लाहकार रहनु भएका इन्द्रजित राइ पक्राउ परेर थुनामा हुनुहुन्छ भने राइका छोरा निरज राइ फरार हुनुहुन्छ ।
यसरी काँग्रेस र एमालेका अरु थप कति जना नेता तथा कार्यकर्ता यसमा मुछिने हुन्, कति जना जेल जाने हुन् अहिले भन्ने अवस्था छैन । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्र सुरु भएको हो, पूरा फिल्म आउन बाँकी छ भन्नुभएको छ । त्यसले पनि अझै ठूला नेताहरु यसमा फँस्ने सम्भावना बाँकी रहेको बुझ्न सकिन्छ । काँग्रेस र एमालेमा अहिले भागा भाग छन् । कति बेला को कहाँ फँस्ने हो केही ठेगान छैन ।
यो कुरा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मात्र थाह छ । काँग्रेसका एक नेताले सहारा टाइम्ससँग भन्नुभयो, ‘यो प्रकरणमा माओवादीका कोही पनि नेता फँस्दैनन् ढुक्क भए हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले बहुत रणनीतिक तहत एमाले र काँग्रेसलाई नग्यांइ रहेका छन् र हामी काँग्रेस र एमालेका नेता चुँ समेत बोल्न सकिरहेका छैनौं बरु हामी आआफ्नो टाउको जोगाएर भागिरहेका छौं किनभने प्रचण्डले काँग्रेस र एमालेको ढाडमा टेकेर सबैको टाउकोमा हानि रहनु भएको छ ।’ काँग्रेस र एमालेका नेताहरुलाई यसरी मूर्छित बनाएका छन् कि शीर्ष नेतादेखि लिएर दोस्रो, तेस्रो तहका नेताहरु समेत प्रधानमन्त्री निवासमा प्रचण्डलाई गुहार लगाउन जाने गर्नुभएको छ ।
काँग्रेसमा पनि देउवा पक्षका नेताहरु फँसिरहेका छन् । त्यसको फाइदा देउवा इतर पक्षका नेताहरुले उठाई रहेका छन् । नक्कली शरणार्थी प्रकरणमा कोही पनि उम्किनु हुँदैन भनि अवाज उठाउने काम काँग्रेसका गगन थापा, शेखर कोइराल पक्षका नेता तथा कार्यकर्ताहरुले गरिरहनु भएको छ । यहाँसम्म कि प्रधानमन्त्री प्रचण्डलाई भेटेर दोषी देखिएका सबैलाई कारवाहीको घेराभित्र ल्याउन दबाव दिइरहनु भएको छ भने सभापति देउवा पक्षका नेताहरु आरजु देउवा राणालगायतका नेताहरुलाई कसरी जोगाउन सकिन्छ त्यसका लागि प्रधानमन्त्री प्रचण्डलाई भेटेर दवाव दिइरहनु भएको छ ।
अर्थात प्रधानमन्त्री प्रचण्डले एक तीरले दुई शिकार गर्नुभएको छ । काँग्रेसका शक्तिशाली नेताहरुलाई पक्राउ गर्न लगाउनु भएको छ भने अर्कोतिर यही प्रकारणका कारण पार्टीमा विवाद पनि उत्पन्न गराई दिनुभएको छ । देशका सबभन्दा ठूलो पार्टी काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई आफ्नो श्रीमती जोगाउन हम्मेहम्मे भइरहेका छन् भने अरुको कस्तो हालत होला ।
काँग्रेसका कारण माओवादी नेतृत्वको सरकार चलिरहेको छ । काँग्रेसले यसो आफ्नो जीउ हलाए मात्र सरकार ढल्छ तर प्रचण्डले यस्तो बाध्यता सृजना गर्नुभएको छ कि सभापति देउवा र एमालेका अध्यक्ष ओलीले चाहेर पनि केही गर्न सक्नु हुन्न ।
अहिले सरकार तलमाथि भयो भने नक्कली शरणार्थी प्रकरणका कारण काँग्रेस र एमालेले मिलेर सरकार ढालेको आरोप लाग्न सक्छ । प्रचण्डले भ्रष्टाचार विरुद्धमा राम्रो काम गरिरहनु भएको थियो तर काँग्रेस र एमालेले त्यो सहन नसकेर सरकार ढालेको आरोप तुरुन्तै लाग्छ । त्यही भएर काँग्रेस र एमाले माओवादी केन्द्रलाई केही भन्ने अवस्थामा अहिले छैन ।

बरु हामी आआफ्नो टाउको जोगाएर भागिरहेका छौं किनभने प्रचण्डले काँग्रेस र एमालेको ढाडमा टेकेर सबैको टाउकोमा हानि रहनु भएको छ

काँग्रेस–माअ‍ोवादीलगायतका दलको संयुक्त सरकार भएपनि यो प्रकरणमा सम्पूर्ण जस माओवादी केन्द्रले लिएको छ । एमाले र काँग्रेस भ्रष्ट पार्टी हो भनि सन्देश गएको छ । र, यसमा माओवादी केन्द्र राम्रोसँग सफल भएको छ । जनयुद्धकालमा बनाएको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अहिले आएर बल्ल सफल भएको टिप्पणीहरु भइरहेका छन् ।
र, यो रणनीति माओवादी प्रकृयामा आएपछि पनि छाडेका छैनन् । शान्तिपूर्ण तरिकाले अरुले थाह नपाउनेगरि रणनीतिलाई सफल बनाउँदै आउनु भएको छ । नत्र जहिले पनि तेस्रो शक्ति भएर सत्ताको बागडोर पटक पटक सम्हाल्दै आउनुभएको छ । त्यतिबेला सत्तामाथि प्रहार गर्ने गरी माओवादीले बनाएको यो रणनीति अहिले अन्य दल र तीनका नेतामाथि प्रयोग गरिरहेको छ ।
शान्ति प्रकृयामा आएपछि पहिलो कार्यकालमा बहुमत पाउँदा प्रचण्डले प्रधानसेनापति रुक्माङगत कट्वाल विवादका कारण प्रहार गर्न तत्कालिन प्रधानसेनापछि कटवालको ढाड प्रयोग गर्न असफल हुनुभएको थियो । माओवादी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पहिलो र अरू चुनावमा सधैँ तेस्रो शक्ति बनेका माओवादीले जसलाई समर्थन गर्यो उसको नेतृत्वमा सरकार बन्थ्यो । १५ वर्षको निर्णायक भूमिकाको अनुभवले प्रचण्डलाई यो रणनीति कार्यान्वयन गर्न सहज बनाएको जानकारहरु बताउँछन् ।
२०७४ को निर्वाचन अगाडि पहिला एमाले नेतृत्वको सरकार बनाउँदै उहाँ एमाले अध्यक्ष ओलीको ढाडमा टेकेर कांग्रेसको टाउकोमा प्रहार गर्नुभएको थियो । तर सहकार्य लामो समय चल्न सकेन । अनि उहाँले ढाड बदलेर कांग्रेस सभापति देउवाको ढाडमा टेकेर ओलीको टाउकोमा प्रहार गरेर प्रधानमन्त्री हुनुभयो । २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसको ढाडमा चढेर एमालेको टाउकोमा हान्नुभयो । राजनीतिक विश्लेषकहरुको बुझाईमा प्रचण्डले जनयुद्ध कालको आफ्नो रणनीतिमा कायम रहनुभएको छ ।
२०७९ जेठ २० गते माओवादी केन्द्रको पार्टी कार्यालय पेरिडाँडामा भएको एउटा प्रशिक्षण कार्यक्रममा दिनुभएको अभिव्यक्तिलाई अध्ययन गर्न उहाँ त्यतिकै हार मान्ने पक्षमा उहाँ हुनुहुन्न ।
उहाँले त्यो दिनको प्रशिक्षणमा भन्नुभएको थियो, ‘‘कांग्रेसले संघीय निर्वाचनमा स्थानीय तहमा जितेको सिटको आधारमा हामी नै सर्वेसर्वा हौँ र त्यसरी नै मार्जनिलाइज्ड गर्छौ भन्ने किसिमको व्यवहार हुन खोज्यो भने ख्याल गर एमालेलाई फ्याँकिदियौ, स्थानीय तहमा शक्ति क्षय गरायौँ । हामीलाई गनिएन भने कांग्रेसलाई पनि एमालेको अवस्थामा पुर्याउन सक्छौँ ।’
(सहारा टाइम्सको जेठ १ गतेको अंकमा प्रकाशित समाचार)

तपाईको प्रतिक्रिया