प्रचण्डको भारत भ्रमण र नेपालीको आकांक्षा

–श्रीमन नारायण,,
प्रधानमन्त्री पुष्पमकमल दाहाल “प्रचण्ड” जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जान लाग्नु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणले दुई देश बीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै परस्पर विश्वास र मित्रतालाई पनि सदृढ बनाउने निश्चिअत छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला दुई देश बीचको परस्परहितसित जोडिएका विभिन्न विषयमा छलफल हुनुका साथै महत्वपूर्ण सम्झौताहरु पनि हुने सम्भावना रहेको छ ।
खास गरि पूर्वाधार, निर्माण, विकास परियोजना ऊर्जा, व्यापार, सीमा तथा जलस्रोत लगायतका विषय छलफल हुने सम्भावना रहेको छ । इतिहास, संस्कृति, परम्परा तथा धार्मिक समानता आदिका कारण नेपाल र भारत बीचको सम्बन्ध अटुट तथा अद्धीतिय रही आएको छ । यस सम्बन्धलाई थप प्रगाढता प्रदान गर्न समय समयमा उच्चस्तीय राजनीतिक भ्रमण पनि हुँदै आएका छन्  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण पनि यसैको निरन्तरता हो ।
नेपाल र भारतीय कुटनीतिक सम्बन्ध कायम भएको सात दशक भन्दा बढी भइसकेको छ तर यस लामो अवधीको सदुपयोग राष्ट्र र जनताको हितमा गर्न सकिएन जबकी यस अवधिमा संसारका धेरै देश विकसित पनि भइसके । भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब रहेन तर धेरै राम्रो पनि रहेन  । नेपाल एंव भारतबीच कतिपय कुरामा समानता रहेको भए पनि आर्थिक प्रगतिको मामिलामा भारत नेपाल भन्दा किन र कसरी अगाडी बढयो ? भन्ने विषयमा हामीले गम्भीर चिन्तन गर्नु आवश्यक छ ।

भारतका स्थापित कम्पनीहरुले नेपालको ऊर्जा विकासमा देखाएको चासो बहुपक्षीय छलफल तथा केही आयोजनाका लागी सन्निपकट आयोजना विकास सम्झौताले पनि नेपालको पानी दक्षिण एशियाका लागी वरदान सावित हुने दिशामा अग्रसर रहेको सहज अनुमान गर्न सकिन्छ । 

भारतसँग रहेको परम्परागत बहुआयमिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । परस्पर विश्वासमा आधारित सम्बन्धले देशको प्रगतिमा मद्दत पुर्यागउन सक्दछ यसको ठीक विपरीत सबै कुरामा अनर्थ मात्रै हेर्ने मनसायले स्वछभाविक प्रगतिको बाटोलाई पनि अवरोध पुर्याउने काम गर्दछ ।
नेपाल र भारतबीच विद्युत व्यापार एंव विद्युत विकास सम्झौता भएपछि विजुली खरिद बिक्री सहज हुन थालेकोले अब नेपालले आफ्नो बढी उत्पापदित बिजुलीलाई भारतमा निर्यात पनि गरिएको छ । अहिलेसम्म नेपालले ८ अर्व भन्दा बढी रुपैयाँको बिजुली भारतमा बिक्री गरिसकेको छ जबकी यस आर्थिक वर्षको अन्तयसम्म यो अझ बढीसम्म पुग्ने अनुमान छ । नेपाल–भारत दुई पक्षीय व्यापारमा नेपालको निर्यातलाई अझ बढी कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्री दाहालको भारत भ्रमण केन्द्रित रहने सम्भावना छ ।
भारतसँग दुईपक्षीय व्यापारमा नेपालले भोग्दै आएको घाटाको पूर्ति पनि बिजुलीको निर्यात अथवा बिक्रीबाट नै सम्भव हुन सक्नेछ । नेपालले आफ्नो जलसम्पदाको समुचित दोहन गर्न सक्नुपर्छ । यो नेपालको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुन सक्दछ तीन दशकदेखि अड्केका पञ्चेश्वर परियोजनाको डिपिआरमा सहमतिको प्रयास पनि हुन सक्दछ ।
 प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतलाई विद्युत बिक्री गर्ने विषयमा पनि सम्झौता हुनसक्ने संभावना रहेको छ । भारतसँग २५ वर्षको सम्झौता गर्नका लागि नेपालले प्रस्ताव गर्ने अनुमान छ । फेब्रअरीमा भएको उर्जा सहयोग सञ्चालक समितिको १० औं सचिवस्तरीय बैठकमा नेपालले उर्जा खरिद सम्बन्धी प्रस्ताव अगाडी सारेको थियो ।
राजस्थानको माउन्ट आबुमा भएको बैठकमा ढल्के–बर मुज्फफरपुर ट्रान्समिसन लाइनको क्षमतालाई ६ सय मेगावटबाट बृद्धि गरी ८ सय मेगावाट बनाउने विषयमा सहमती भइसकेको छ । यस कारण प्रधानमन्त्रीको भ्रमणमा उर्जा सम्बन्धित महत्वपूर्ण सम्झौता हुने विश्वास रहेको छ । हाल नेपालले भारतीय बजारमा १० जलविद्युत परियोजनाद्धारा उत्पादन भएको ४५२.२ मेगावाट विद्युत विक्री गर्ने अनुमती पाएको छ । नेपालले जाडो मौसममा भारतवाट बिजुली खरिद गर्ने गरेको छ ।
भारतका ऊर्जा निर्माण कम्पनीहरुले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न पनि उत्साही भएका छन् । विशेष गरी भारतको सरकारी कम्पनी सतलज जलविधुत निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सुरु गरेपछि सकारात्मक सन्देश प्रवाहित भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना पनि करिब नौ सय मेगावाट क्षमताको नै रहेको छ । भारतीय शीर्ष उधोगपति गौतम अडानीको कम्पनीले पनि कर्णाली चिसापानी आयोजनामा चासो देखाउनु र भारतीय कम्पनी एनएच पिसीले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तयार हुनु खुशीको कुरा हो । विद्युत र विकास बीच गहिरो सम्बन्ध रहेको हुन्छ ।
जुन देशमा विद्युतको विकास भएको हुन्छ, त्यस देशले आर्थिक प्रगती गर्न पनि बढी समय लाग्दैन तर जुन देशमा विद्युतको विकास भएको हुदैन अध्यारो रहेको हुन्छ त्यस देशले आर्थिक प्रगति गर्न धेरै समय लाग्ने गर्छ । नेपालको बिजुली भारत निर्यातका लागी सहज देखिनु तथा बंगलादेशका लागी मार्ग प्रशस्त गर्न भारत एककदम अगाडी बढनुले पनि नयाँ सम्भावनाका ढोका खोलिदिएको विश्लेरषण गर्न सकिन्छ । भारतका स्थापित कम्पनीहरुले नेपालको ऊर्जा विकासमा देखाएको चासो बहुपक्षीय छलफल तथा केही आयोजनाका लागी सन्निपकट आयोजना विकास सम्झौताले पनि नेपालको पानी दक्षिण एशियाका लागी वरदान सावित हुने दिशामा अग्रसर रहेको सहज अनुमान गर्न सकिन्छ ।
भारतले नेपालकै शर्तमा समेत उर्जामा लगानी गर्न तयार हुनु असल छिमेकी र सच्चा मित्रको ठोस उदाहरण हो, उदारता हो । नेपालले यस अवसरबाट लाभ उठाउनु पर्छ । प्रधानमन्त्रीको भारत भ्रमणमा उर्जा सम्झौता प्राथमिकतामा रहने निश्चिलत छ ।
नेपाल एंव भारतबीच सन् १९५० को शान्ति एंव मैत्री सम्बन्धलाई समीक्षा गर्ने काम भइरहेको छ । इतिहासको समीक्षा गर्ने कामलाई गलत भन्न त मिल्दैन तर आशंका धेरै हदसम्म पुग्दा केही नहुदाँ पनि अनर्थ भईरहेको जस्तो लाग्छ, यस्तो आशंका उत्पन्न हुने बित्तिकै संवादको संस्कृति विकसित गरी यसलाई निर्मूल पार्ने काम हुनुपर्छ एउटा मित्र अथवा छिमेकीले अर्को छिमेकीबाट अपेक्षा राख्नु स्वभाविकै हो । रक्सौल–काठमाण्डौ रेलमार्ग तथा तराईमा पूर्व पश्चिम रेलमार्गको विषय पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणमा चर्चामा आउन सक्दछ । हाल जयनगर– जनकपुर विजलपुरा कुर्था सम्म रेलमार्ग संचालनमा रहेको छ । यसको निर्माणमा भारतको सहयोग रहेको छ । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्नका निम्ति आग्रह गर्ने सम्भावना रहेको छ ।
गतवर्ष भारतले आफ्नो सेनामा भर्तिका लागी लागु गरेको अग्नीविर संरचनामा नेपाली गोर्खाको भर्तीको विषयवारे निर्णय हुन सकेको छैन । हाल भारतीय सेनामा करिब ३२ हजार नेपाली गोर्खा सैनिक कार्यरत रहेका छन् । उनीहरुको तलब, पेन्सन र भत्तामा मात्रै पनि भारतको ८० अर्ब भन्दा बढी खर्च भईरहेको छ । भारतमा कार्यरत गोरखा सैनिकहरु त्यहाँ तलब भत्ता र पेन्सनका अतिरिक्त मान र सम्मान पनि कमाइ रहेका छन् ।
तिनीहरु नेपाल भारत दुईपक्षिय घनिष्ट सम्बन्धका एक बलियो स्तम्भ रही आएका छन् । भारतको नया सैन्य संरचना “अग्नीविर” मा नेपाली युवाहरुको भर्तिको बारेमा सरकारले चाँडै नै निर्णय लिने सम्भावना रहेको छ । अहिलेको विश्वरव्यापी आर्थिक संकटको समयमा नेपालले पाउदै आएको रेमिट्यान्सको एउटा महत्पूर्ण स्रोतको बारेमा तत्काल निर्णय लिने सम्भावना रहेको छ । यसबाहेक नेपाल र नेपाली जनताको आर्थिक  हितलाई प्राथमिकतामा राखी ठोस एंव महत्पूर्ण सम्झौता हुने अपेक्षा छ ।
अन्तराष्ट्रिय सम्बन्धमा नवीन दृष्टिकोण देखा परेको र राष्ट्र–राष्ट्र सम्बन्धमा पनि आर्थिक कुटनीतिले प्रमुखता पाउन लागेको सन्दर्भमा हामीले पनि सोही अनुसारको नीती बनाउनु आवश्यक छ । राष्ट्रहित, राष्ट्रिय सुरक्षाको प्रश्न र परराष्ट्र सम्बन्ध संचालनका पक्षलाई दलीय सोच एंव चिन्तन भन्दा माथी उठेर साझा एंव राष्ट्रिय मान्यताका साथ अघि बढनु पर्छ । भारत अहिले उदाउँदो आर्थिक शक्ति हो । यसले गरेको आर्थिक प्रगतिको विश्वमै प्रंशसा भईरहेको छ, तसर्थ हामीले पनि हाम्रो राष्ट्रिय हितलाई प्राथमिकतामा राखी भारतसित अधिकतम लाभ उठाउने काम हुनुपर्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालबाट निकै प्रभावित छन् तसर्थ दुई देशबीचको सुमधुर सम्बन्धले हाम्रो समग्र विकासमा सहयोगी भूमिकाको निर्वाह गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणले परस्पर विश्वासलाई बढाउनुका साथै हाम्रो दुई पक्षीय सम्बन्धलाई पनि प्रगाढ बनाउनेछ ।
(लेखक श्रीमननारायण राजनीतिकर्मी र लेखक हुनुहुन्छ)

तपाईको प्रतिक्रिया