एक जना भाइ छन् उ पढी रहेका छन् र घर खर्चका लागि पार्टटाइम काम पनि गरिरहेका छन् । बहिनीले पनि बिहान कलेज पढ्छन् र दिउँसो काम गरेर घर परिवार चलाई रहेकी छिन् ।
सोलुखुम्बुकी २९ वर्षीया बिनु यादव यतिखेर आफ्नो अधिकारको लडाईमा हुनुहुन्छ । आफ्नै परिवारबाट अन्याय भएको भन्दै न्यायलयदेखि प्रहरी निकायसम्म भौतारिनु भएका बिनु यादव बाध्य भएर बैशाख २७गतेदेखि मैतीघर मण्डलामा अनसन बस्नु भएको थियो ।
जेठ १० सरकार र बिनु यादवबीच पाँचबुँदे सम्झौता भएपछि अनसन तोडेर कपनस्थित भाडाको घरमा बस्नु भएको छ । स्वास्थ्य उपचार गराई रहनु भएको बिनु यादव भन्नुभयो, ‘सरकारले मसँग गरेको सम्झौताको पाँचदिनमात्रबितेको २५ दिनबाँकी छ, एक महिना म केही बोल्दिन केही गर्दिन सरकारले मेरो लागि के गरिरहेको छ त्यो हेरेर बस्छु असार १० गतेसम्म केहीनभए त्यसपछि यो राज्यसँग अन्तिम लडाई लड्छु ।’
के छ पाँचबुँदे सम्झौतामा?
१. सत्याग्रही बिनु यादवका सत्याग्रहका मागहरुमध्ये रामेछाप जिल्लामा चलेको जाहेरवाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जवरजस्ती करणी उद्योग मुद्दाको बदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६÷०१÷३० गते बिनु यादव जाहेरवाला र प्रतिवादी प्रदिप कठायत भएको जवरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६÷०१÷३० गते नै पिडितको स्वास्थ्य परीक्षण समेत भई सकेको अवस्थामा पिडितलाई सुरज कार्की समेतले त्रासमापारी २०७६÷०२÷०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित बिनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानूनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानविन र अनुसन्धानकालागि आफ्नो तर्फबाट गृह मन्त्रालयमार्फत पेश भएको निवेदन उपर कारवाहीकालागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने ।

२. सत्याग्रही बिनु यादवका मागहरुमध्ये सम्मानित अदालतमा विचाराधिन रहेका विषयका हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण हुने नै छ ।
३. अन्यमागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।
४. सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी स्वास्थ्य उपचार गर्न र नीजको जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने ।
५. मिति २०८० वैशाख २७ गतेदेखि सत्याग्रह (अनसन) गरेकी बिनु यादवले आजैका मितिबाट सत्याग्रह अन्त्य गर्ने ।
घटनाको सुरुवात
सिरहाका (सोलुखुम्बु बस्दै आएको) बिनु यादव रामेछापका २५ वर्षीय प्रदीप कठायतबीच २०७४ फागुनमा काठमाडौंमा चिनजान भएको थियो । चिनजान प्रेममा परिणत भएपछि कुरा बिवाहसम्म पुग्यो । बिनुले बिवाहको प्रस्ताव गरेपछि प्रदीपले पनि बिवाह गर्ने भनि विश्वास दिलाउनु भएको थियो । विवाहको आश्वासन पाएपछि बिनु र प्रदीपको सम्बन्ध अझै गहिरिदै गयो । र, त्यो सम्बन्ध शरिरीक सम्बन्धमा परिणत भयो ।
बिनुका अनुसार २०७५ मंसिरदेखि नै दुबै जनाको बीचमा शारीरिक सम्पर्क सुरु भएको थियो ।
त्यही सम्पर्कका कारण बिनु गर्भवती हुनुभयो । गर्भवती भएको थाह पाएपछि प्रदीपले बिनुलाई गर्भपतन गराउन दबाव दिन थाल्नुभयो । तर बिनुले मानि रहनु भएको थिएन । दुबै जनामा त्यहीबाट विवाद सुरु भयो । प्रदीप बिनुलाई त्यतिकै छाडेर रामेछाप फर्किनुभयो । तर बिनु कुमारी आमा भएर पेटमा बच्चा पाल्न थाल्नुभयो । उता, प्रदीपले बिनुलाई वास्ता गर्न छाड्नु भयो ।
गर्भपतन
बिनुले सम्पर्क गर्न चाहदा सम्पर्कमा नआउने सम्पर्कमा आएपछि झर्केर कुरा गर्न थालेपछि बिनु निकै पिडामा जानुभयो । बिनुलाई अचानक स्वास्थ्यमा समस्या देखेपछि उहाँ २०७५ चैत २० गते स्वास्थ्य जाँचका लागि टिचिङ अस्पताल जानुभयो । स्वास्थ्य जाँच गराउँदा डाक्टरले गर्भ नलीमा गर्भ बसेको र त्यही कारण नली फुटेर रगत फैलिएको जानकारी गराएका थिए । डाक्टरले सल्लाह दिएपछि बिनुले अप्रेशन गराएर ६ साताको गर्भ पतन गराइदिनु भयो ।
प्रदीप त्यतिबेला रामेछाप नगरपालिका १ गोठगाउँस्थित घरमा हुनुहुन्थ्यो । खबर पाएपछि उहाँ पनि काठमाडौं आउनु भयो र बिनुलाई अस्पतालबाट डिसचार्ज गराएर सिनामंगलस्थित श्री गेस्ट हाउसमा राख्नुभयो । एक छिनका लागि बाहिर निस्किन्छु भनेर गेस्ट हाउसबाट निस्कनु भएका प्रदीप धेरैपछि फर्किनु भएको थियो । फर्केपछि बिनुसँग त्यो अवस्थामा पनि जवर्जस्ती यौन सम्पर्क राख्नुभयो । बिनुले निकै रोक्ने प्रयास गर्नुभयो तर प्रदीपले जर्बस्ती यौन सम्पर्क गरेपछि अप्रेशन गरी लगाएको टाका टुट्यो र रगत आयो । रगत आउन थालेपछि प्रदीपले ट्याक्सी मगाएर उहाँलाई फेरि शिक्षण अस्पताल पुर्याउनु भएको थियो ।
समान्य उपचारपछि फेरि बिनुलाई लिएर प्रदीप जडीबुटीस्थित दोलखाली फेमिली गेस्ट हाउसमा लागेर राख्नुभयो । त्यहाँ राखेर प्रदीप बेपत्ता हुनुभयो । प्रदीप सम्पर्कमा नआएपछि बिनुले आफन्त बोलाएर गेस्टहाउसको पैसा तिरेर निस्किनु भयो । त्यहाँबाट निस्केपछि फेरि जाने कहाँ उहाँलाई तनाब भयो । घरमा अन्य कसैलाई त्यो विषयमा जानकारी पनि थिएन ।
ज्यान मार्ने धम्की
त्यसपछि बिनुले आफू कामगर्दै गरेको चाबहिलस्थित दूधकुण्ड एक्सप्रेस प्रालिको अफिसमा जानुभयो । त्यहाँ उहाँ १५ दिनसम्म बस्नुभयो । त्यसपछि उहाँकपनस्थित डेरा जानुभयो । घरमागएर परिवारका सदस्यहरुलाई सम्पूर्ण घटना सुनाउनुभयो । परिवारको सल्लाहमा उहाँले २०७६ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा गएर प्रदीप विरुद्ध बलात्कार आरोपमाउजुरी दिनुभयो ।
प्रहरीमाउजुरी दिएको थाह पाएपछि रिसले आगबबुला हुनु भएका प्रदीपले आफ्नो काका पवन कठायतलाई लिएर बिनुसँग भेटेर विभिन्न किसिमका दबाव दिनथाल्नुभयो । ज्यान मार्नेसम्मको धम्की पनि दिनुभयो । बिनुमाथि डर देखाउन र धम्की दिन उहाँले कुनै कसर बाँकी राख्नु भएन । तैपनि बिनु उहाँहरुका डर धम्कीबाट डराउनु भएन, आफ्नो अडानमा कायम रहनुभयो र जसरी भए पनि कानुन कारवाही गराउने चेतावनी उहाँहरुलाई दिनुभयो ।
बिनु यादव भन्नुहुन्छ, ‘एक दिनमअफिसकालागि डेराबाटनिस्किरहेको बेला प्रदीपका मामा सुरज कार्की जो डीएसपी हुनुहुन्छ उहाँ जवर्जस्ती मेरो घरभित्र छिर्नुभयो र डर, धाक, धम्की दिन थाल्नुभयो । उहाँसँग एक जना गार्ड पनि हुनुहुन्थ्यो । त्यो दिन संयोजकले मेरो भाइ र बहिनी कलेजका लागि निस्कि सक्नु भएको थियो म र मम्मी मात्र थिए । उहाँले पेस्तोल देखाएर मलाई धम्की दिनुभयो ।’
पेस्तोल देखाउँदै बिनु र उहाँको ममीलाई डर धाक धम्की दिदै प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्काइ रहनु भएको थियो । प्रदीपको मामाले यहाँसम्म धम्की दिनुभयो कि उजुरी फिर्ता गर नभए तेरो भाइलाई लागूऔषध मुद्दामा १० वर्ष जेल पठाइदिन्छु ।’ तैपनि बिनु टसमस हुनुभएन । जेजे गर्नुछ गर्नुस् आफूले कुनै पनि हालतमा त्यो उजुरी फिर्ता नलिने अडानमा बिनु बस्नु भएको थियो ।
‘एक दिनमअफिसकालागि डेराबाटनिस्किरहेको बेला प्रदीपका मामा सुरज कार्की जो डीएसपी हुनुहुन्छ उहाँ जवर्जस्ती मेरो घरभित्र छिर्नुभयो र डर, धाक, धम्की दिन थाल्नुभयो । उहाँसँग एक जना गार्ड पनि हुनुहुन्थ्यो ।
भोलिपल्ट सुरज कार्कीका भाइ सुरेन्द्र, प्रदीप, पवन र सुदर्शन थापा आएर बिनु र उहाँको आमालाई अपहरण शैलीमा गाडीमा हालेर कालीमाटी प्रहरी चौकीमा लगे । कालिमाटी लगि रहँदा बाटामा सुरजले बिनु र उहाँको आमालाई बेस्सरी धम्क्याए । ‘सुनेकै हौला, तिम्रा भाइ बहिनीको पछि मान्छे लगाएको थाहा पाएकै हौला, खुरुक्क महिला सेलमा गएर कसैसँग नबोलीचुपचाप मुद्दा फिर्ता गरेर आउनु, नभए ठीक हुँदैन ।’ भन्दै धम्कीदिँदै कालिमाटीसम्म लगेका थिए तर बिनुले मुद्दा फिर्ता लिनुभएन ।
तर पछि प्रदीपले बिवाह गर्ने आश्वासन दिएपछि बिनुले सो उजुरी फिर्ता लिनुभएको थियो । बिनु भन्नुहुन्छ, ‘त्यो दिन मबाट बडो चलाकीपूर्वक मुद्दा फिर्ता लिनलगाउनुभयो । बिहे गरेर घर लान्छु सबै कुनै प्रकारको भेदभावहुँदैन, सबै कुरा ठिक हुन्छ भन्नुभयो उहाँका परिवारका अन्य सदस्यहरु पनि बिहेका लागि राजिहुनु भएको थियो ।’
बिनुको विवाह
उजुरी फिर्ता लिएको १५ दिनपछि प्रदीपले बिनुलाई भक्तपुरको ठिमीस्थित घरमा लाग्नुभयो । उहाँ २०७६ जेठ २० देखि मंसिरसम्म ठिमीकै घरमा बस्नुभयो । घरमा पनि जेल जस्तो राखिएको थियो । कसैसँग बोलचाल थिएन, चुपचाप एक्लै घरमा बसिरहनु उहाँका लागि साजय नै थियो ।
सोही सालको मंसिर २५ मा भद्रकाली मन्दिरमा दुवैजनाको बीचमा विवाह भयो । २६ गते दुलही लिएर प्रदीप, उहाँका काका पवन, बुवा र आमा रामेछाप गोठगाउँको आफ्नै घर जानुभयो । त्यतिबेलासम्म बिनु निकै खुशी हुनुहुन्थ्यो । बिनुलाई सन्चो नभएपछि प्रदीपले उहँलाई लिएर काठमाडौँ आउनुभयो । उपचारपछि प्रदीप रामेछाप जानुभयो । बिनु ठिमीमै बस्नुभयो । केही समयपछि प्रदीप काकाका बिनुलाई रामेछाप लाग्नुभयो । पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पनि हुनुहुन्छ ।
रामेछाप सदरमुकाम मन्थलीस्थित उहाँको मनकामना एयरपोर्ट भ्यु होटल छ । त्यही होटलमा उहाँलाई राख्यो । होटलमा काम गराउने, दुरव्यहार गर्ने जस्ता काम सुरु भयो । होटलको एक कोठामा बस्नदिइएको थियो । खाना पकाउने, काका ससुराको परिवारको लुगाधुने, भाँडा माझ्ने, सरसफाइका सबै काम बिनुलाई गर्न लगाएका थिए । त्यसरी काम गरिरहेको बेला काका ससुराले बिनुको जिउ जथाभावी छुन थाले । एक्लै पाएको बेलामा जिस्काई दिने, बेलाबेला जवर्जस्ती तान्ने गर्नुहुन्थ्यो ।
यो कुरा बिनुले आफ्नो आफ्ना श्रीमानलाई पनि जानकारी गराउनु भएको थियो । तर उहाँहरुले बिनुमाथि उल्टै विभिन्न लान्छना लगाउथे । बिनुसँग काका सुसुराको हिंसा सहेर त्यो होटलमा बस्नु बाहेक अरु कुनै विकल्प थिएन । सोही क्रममा बिनु फेरि गर्भवतीहुनुभयो । गर्भवतीभएको थाहपाउने बित्तिकै बिनुले आफ्नो पति प्रदीपलाई जानकारी गराउनु भएको थियो ।
घरका अन्य सदस्यले पनि थाह पाए । सबैले उहाँलाई गर्भ पतन गराउन नै दवाव दिए । उहाँले कसैको कुरा सुन्नु भएन । गर्भ पतन गराउन उहाँ राजि हुनु भएन । घरमा प्रदीप नभएको मौकामा काका ससुराले उहाँलाई ७० लाख रुपैयाँ दाइजो लिएर आउनु नत्र अस्वीकार गर्ने भनि धम्क्याउन थाल्नुभएको थियो । बिनुले भन्नुभयो, ‘मैले गर्भपतन गराउन मानिनन्, दाइजो पनि ल्याउन मानिनन् त्यसपछि प्रदीपका परिवारका सदस्यले हातखुट्टा बाँधेर गर्भपतनका पाँच गोली एकै पटक मेरो मुखमा हालिदिए र जबर्जस्ती निल्न लगाए, औषधी खाएको केही बेरमा रगत हलहल्ती आयो र मेरो गर्भ तुहियो, मैले त्यो दिन निकै रोए, पिडा पनि बेस्सरी भइरहेको थियो एक गलास पानी दिने पनि केही भएन, मेरो वास्ता गर्न पनि छाडि सकेको थियो उहाँहरुले यही बेला मरि जाओस् जस्तो व्यवहार गर्नु भएको थियो ।’
रामेछाप सदरमुकाम मन्थलीस्थित उहाँको मनकामना एयरपोर्ट भ्यु होटल छ । त्यही होटलमा उहाँलाई राख्यो । होटलमा काम गराउने, दुरव्यहार गर्ने जस्ता काम सुरु भयो । होटलको एक कोठामा बस्नदिइएको थियो ।
काका ससुराबाट बलत्कारको प्रयास
बिनु बिरामीहुनुभयो । तर कसैले वस्ता गरेनन् बरु होटलमा पहिले जस्तै उहाँबाट काम गर्न लगाउनुभयो । कामगर्दा गर्दै एक दिन बिनु बेहोस् भएपछि उहाँलाई मन्थलीस्थित तामाकोसी अस्पताल पु¥याइको थियो । औषधि बिहान–बेलुकी २÷२ गोलीका दरले प्रदीप र पवनले खुवाउनु हुन्थ्यो बिनुलाई । तर के को औषधी थियो त्यो कुराको जानकारी थिएन बिनुलाई । पछि उहाँले थाह पाउनु भयो कि आफूलाई उहाँहरुले ‘स्लिपिङ ट्याब्लेट’ औषधी खुवाउँदो रहेछन् ।
त्यही औषधी खाएको कारण राती बेहोस् भएर कोठामा सुतिरहेको बेला काका ससुराले कोठाको ढोका ढक्ढक्याए । होटलको बिल, कागजात लिने निहुँमा ढोका खोल्न उहाँले लगाउनुभयो । भित्र पसि सकेपछि काका ससुराले जबर्जस्ती करणी गर्ने प्रयास गर्नुभयो । बिनुको आँखा खुल्यो उहाँले काका ससुरालाई हेरेपछि जोडले चिच्याउन थाल्नुभयो । काकी सासू, काकाकी छोरी सबै आएर उल्टै बिनुलाई नै गाली गर्नुभयो ।
‘तँ ठीक छैनस्, तैंले नै झूट्टा आरोप लगाकीहोस् भनेर मैमाथि कुटपिट गरेर, कपाल लुछे, काका ससुराले रडले पेटमा हाने, लात्ताले शरीरमाहाने,’ बिनुले त्यो दिन सम्झदै भन्नुभयो, ‘त्यो दिन प्रदीप घरमा हुनुहुन्थेन, मैले निकै पिडा सहे ।’
बिनुमाथि परिवारका सदस्यबाट हिंसा रोकिएन । बिनुलाई कतै बाहिर निस्कन दिइरहोक थिएनन् । बिनुको मोबाइल समेत खोसेर राखेको थियो । एक दिन मौका छोपेर बिनुले पतिको मोबाइलबाट रामेछापका तत्कालीन डीएसपी वसन्त पाठकलाई मेसेज गरेर उद्धारका लागि आग्रह गर्नुभएको थियो । डीएसपी पाठकलाई पठाएको म्यासेजमा लेखिएको थियो, ‘एकदमतनावमा छु म, एउटा केटाले रेप ग¥यो, मैले केस गर्दिएँ, त्यसपछि उसको फेमिलीहरू आएर बिहे गर्छौं केस फिर्ता गर भनेर त्यही दिन गएर केस फिर्ता लिए, अनि बिहे पनि भयो, तर त्यो सब नाटक रै’छ, अहिले केसको म्याद सकियो, त्यसपछि घरबाट अब म्याद सकियो तँ जता जा जे गर भन्नुहुन्छ, मेरो लाइफबर्बाद भयो सर, म के गरौं अब, बिरामी छु खर्च पनिदिँदैन ।’
बिनुको म्यासेज पढेर डीएसपी पाठकले यस्तो जवाफ दिनुभएको थियो, ‘बिहे गरेपछि जता जा जे गर भन्न मिल्दैन नि, खर्च माग्ने नि ।’ त्यसको डीएसपी पाठक भोलिपल्ट बिहान ७ बजे होटलमा आएर उहाँले पठाएको म्यासेज काका ससुरालाई देखाउनु भएको थियो । तर त्यहाँबाट पाठकले बिनुलाई उद्धार गर्नुभएन । डीएसपीले बिनुसँग कुरा पनि गरेनन् । डीएसपी पाठक फर्केर गएपछि बिनुमाथि झन हिंसा बढ्यो ।
होटलबाट यसरी निस्किन बिनु
प्रहरीबाट सहयोग पाउने आस मरेपछि बिनु कसैले थाहै नपाउने गरी सुटुक्क निस्किनु भयो र तामाकोसी अस्पताल जानुभयो । त्यहाँ गएर बिनुले ‘बन्धक परेकी छु, गाह्रो अवस्थामा छु, मलाई तुरुन्तै सुरक्षित हुने गरी प्रहरीमा पठाइदिनुहोस् भनेर गुहार्दै थिएँ कि त्यतिकैमा प्रदीप र उहाँ काकाका ससुरा आइपुग्नु भयो ।
उहाँले बिनुलाई जवर्जस्ती त्यहाँबाट घर लानखोज्नुभयो । तर उहाँले मान्नु भएन । बिनुले भन्नुभयो,‘घर नजाने भन्दै म अस्पतालको बेडमै सुतें ।’ बिनुले त्यहाँका डा. केशव धामीलाई आफूलाई काठमाडौं पठाइदिन अनुरोध गर्नुभयो । डा. धामीले बिनुको आग्रहलाई स्विकार गर्दै प्रदीप र उहाँका काकासँग आग्रह गर्नुभयो । उहाँहरुले पनि काठमाडौँ पुर्याई दिने आश्वासन दिएर अस्पतालबाट घर लग्नुभयो ।
त्यसपछि त बिनुमाथि झन यातना थपियो । अस्पतालमा के औषधी खुवायो थाह छैन तर घर फर्केपछि बिनु झनझन विरामी हुनुभयो ।
होटलको बिल, कागजात लिने निहुँमा ढोका खोल्न उहाँले लगाउनुभयो । भित्र पसि सकेपछि काका ससुराले जबर्जस्ती करणी गर्ने प्रयास गर्नुभयो ।



तमा पनि न्यायधिशबाट पटक पटक अपमानित भएको हुँ, न्यायधिशले पनि मलाई जिस्काउनु हुन्थ्यो त्यो कुरा मेरा श्रीमान प्रदीप पनि सुन्नु हुन्थ्यो तर केही फर्काउनु हुन्थेन अदालतमा हुँदासम्म मेरो आँखाबाट आँसु बन्द हुँदैन्थ्यो । अदालतले एकतर्फी कुरा सुनेर फैसला गरेको छ । मैले गत असार १६ गते उच्च अदालतमा पुनाराबेदन गरेको छु एक वर्ष हुन लागेको छ तर मेरो मुद्दामा किन यति ढिलो गरिरहेको छ मलाई थाह छैन ।’
तपाईको प्रतिक्रिया