अमेरिकी कृषि विभागले तयार पारेको एक रिपोर्ट अनुसार एउटा रूखले तीन हजार लिटरभन्दा बढी वर्षाको पानी सोस्न सक्छ, जसले भूमिगत पानी र मुहानको दूषिततालाई ७ प्रतिशतले घटाउँछ ।’ एउटा रूखले प्रति वर्ष करिब १२० किलोग्राम अक्सिजन उत्पादन गर्छ । एक हेक्टरको रुखले ४० जना मानिसको आवश्यकता बराबरको अक्सिजन उत्पादन गर्छ ।
त्यस्तै, विभिन्न अध्ययनका अनुसार ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्नका लागि सन् २०२५ सम्ममा उत्सर्जन रोक्न आवश्यक छ र दशकको अन्त्यसम्ममा ४३ प्रतिशतले घटाउनुपर्छ । यो लक्ष्य हासिल गर्ने सबैभन्दा प्रभावकारी तरिका हावा र सौर्य जस्ता दिगो स्रोतहरूबाट ऊर्जा उत्पादन गर्नु हो । उर्जा उत्पादन गर्ने मुख्य स्रोत नै रुख हो भनि प्रमाणित भइसकेको छ । यसले मानव जीवनका लागि रुखको कति महत्व छ भन्ने दर्शाउँछ ।
अहिले विकासका नाममा रुखहरु काट्ने काम मात्र भइरहेका छन् । जुन रुपमा रुख कटान भइरहेका छन्, त्यो अनुपातमा रुख रोप्ने काम भइरहेको छैन । एउटा रुख काटेपछि दुईटा रुख रोपे मात्र त्यसका क्षति पूर्ती हुन्छ । विकास नाममा वन जङ्गल सखाप हुँदैछ, चुरे विनाश हुँदैछ जसको प्रत्यक्ष असर जनताले भोगि रहेका छन् । रुख कटान, चुरै विनाशले तराई मधेश मरुभुमीमा परिणत हुँदैछ । त्यहाँका मान्छेलाई स्वास लिन पनि गाह्रो भइरहेको छ । गर्मी र चिसोले वर्षेनी त्यहाँ मान्छे मर्ने गरेका हुन्छन् ।
त्यहाँ पोखरी, इनार, धारा, कललगायत पानीका अन्य स्रोतहरु सुक्दैछन् । पानी नहुँदा किसान मर्कामा छन् नै खानेपानीको समेत हाहाकार भइरहेका छन् । तराई मधेशमा काकाकुलको अवस्था सृजना भएको छ । गर्मीमा बढी गर्मी, चिसोमा बढी चिसो, अनावृष्टिले बाढी, जमिन सुख्खा रहनुको मुख्य कारण नै पर्यावरण हो । पर्यावरण बिग्रेको कारण नै रुख हो । पर्यावरण जोगाउने मुख्य स्रोत नै रुख हो । रुख नभएको कारण पर्यावरणको चक्रिय प्रणाली नै बिग्रेको छ ।
मानवका लागि रुख नभइ नहुने चिज हो । मानवको वरीपरी रुख बोटविरुवा भएन भने स्वास लिन गाह्रो हुन्छ मात्र होइन बाँच्न नै गाह्रो हुन्छ । अक्सिनका लागि अन्य उपायहरु निकाल्नु पर्ने हुन्छ । कोरोनाको समयमा अक्सिनको मात्रा कम हुने व्यक्तिलाई रुखको छेउछाउ बस्न डाक्टरले सल्लाह दिन्थे वा घरमा अक्सिन राख्न भन्थे । कोरोनाको समयमा अक्सिनको मात्रा काम भएको कारण कतिपयको निधन भएको थियो । रूखहरूले कार्बन डाइअक्साइड सोस्छन्, कार्बन हटाउँछन् र भण्डारण गर्छन्, जबकि, पातहरूद्वारा गरिएको प्रकाश संश्लेषणद्वारा, तिनीहरूले हावामा अक्सिजन छोड्छन्, हामीले सास फेर्ने हावालाई समृद्ध र सफा गर्छ ।
वन जङ्गल भएको ठाउँमा वर्षा भइरहने कारण पनि यही हो । वन जङ्गल भएको ठाउँमा हरियालीको कारण बादल नजिक आएका हुन्छन् । त्यसको वतावरणीय प्रभावले पानी परिरहेका हुन्छन् । जहाँ वन जङ्गल हुँदैन, रुख, बोट विरुवा हुँदैन, त्यहाँ प्राय पानी पर्दैन, मरुभुमीमा पानी नपर्नुको कारण पनि त्यही हो । त्यही भएर अहिलेको अवश्यकता सक्दो रुख रोपौं नै हो । पछिल्लो समय खाडी मुलुकमा त्यहाँका सरकारले पनि रुख रोप्ने अभियान चलाएका छन् । सबभन्दा बढी गर्मी हुने तथा पानी कम पर्ने कतार, अरब जस्ता देशले अभियानकै रुपमा रुख रोप्ने कार्यक्रम सञ्चालन गरेका छन् ।
तर नेपाल जङ्गलै जङ्गलै भएको देश भएपनि यहाँको अवस्था दिनदिनै बिग्रिदै गइरहेको छ । हरियो वन नेपालको धन भनाइ मात्र बाँकी रहेको छ । अहिले राजनीतिक दलदेखि लिएर विभिन्न संघ, सस्था तथा संगठनले विभिन्न कार्यक्रम गरी अभियानकै रुपमा रुख रोप्ने कार्यक्रम राखेका हुन्छन् । लाखौको सँख्यामा रुख रोपेका हुन्छन् । तर पछि ती रुखहरु कतै देखिएका हुँदैनन् । त्यसको स्यहार सुसारमा ध्यान नदिएको कारण ती रुखहरु हुर्किएका हुँदैनन् र विस्तारै हराउँदै जान्छन् । त्यसैले वतावरण बचाउनका लागि रुख रोपौं पर्यावरण जोगाउ ।
तपाईको प्रतिक्रिया