नर्सिङ पढ्न हिड्नु भएका पार्वता यसरी बन्नुभयो पत्रकार
४ भाद्र २०८०, सोमबार २२:२४
झापाका लालु चौधरीले आफ्नो छोरी पार्वता चौधरीलाई डाक्टर पढाउनु चाहनु भएको थियो । तर छोरी पार्वतालाई साइन्स पढ्न गाह्रो लागेर उहाँ अर्कै विषयमा प्लस टु गरेर नर्सिङको तयारीमा लाग्नु भयो त्यो पनि घरकै कारकापमा ।
नर्सिङमा प्रवेश परीक्षा दिन बिराटनगर, धरान हुँदै वीरगञ्जसम्म पुग्नुभएको थियो । तर सबै ठाउँमा उहाँको नाम बैकल्पिकमा मात्र निस्के । सायद उहाँलाई डाक्टर बन्न भाग्यमा लेखेकै थिएन होला । नर्सिङको तयारीका लागि वीरगञ्जमा बस्नु भएका पार्वता त्यहींको ठाकुरराम बहुमुखी क्याम्पसमा बीए पढ्न थाल्नु भएको थियो । ब्याचलर पढ्दै पत्रकारितामा लाग्नुभएका उहाँको यात्रा कान्तिपुर एफएमसम्म पुग्यो । कुनै बेलामा कान्तिपुर एफएममा काम गर्ने सपना देख्नु भएका पार्वता अहिले त्यहाँ उपसम्पादक भएर काम गरि रहनु भएको छ ।
पढाईमा सधै अब्बल
एक कक्षादेखि १० सम्म फस्ट पोजिसनमै रहनु भएका पार्वता २०६३ सालको एसइमा जिल्ला टप नै गर्नुभएको थियो । पढाईमा यति राम्रो हुँदाहुँदै पनि साइन्स पढ्न किन डराउनु भएको भनि जिज्ञासामा उहाँले भन्नुभयो, ‘मलाई पहिलादेखि साइन्सको नाम सुनेर नै डर लागि रहेको थियो त्यही भएर एसइ सकाएर गाह्रो होला भनेर साइन्स पढ्नेतिर लागिनन् ।’
झापा गरामनीकै दुर्गा माविबाट एकदेखि १० सम्म पढ्नु भएका पार्वता बिर्ता हायर सेकेण्डरी स्कूलबाट प्लस टु सकाउनु भएको थियो । घरको सल्लाह अनुसार डाक्टरी पढ्न नपाए पनि नर्सिङसम्म अध्ययन गर्ने भनि सोचका साथ त्यसको तयारीमा उहाँ लाग्नुभयो । २०६५ मै विराटनगर, धरान र वीरगञ्जमा आलोपालो नर्सिङ पढ्नका लागि प्रवेश परीक्षा दिनुभयो । जहाँ पनि वैकल्पिकमा नाम निस्किन्थ्यो । नर्सिङकै प्रवेश परीक्षा दिन वीरगञ्ज पुग्नु भएका पार्वता त्यसको तयारीमा केही समय त्यहीं बस्नु भएको थियो । नर्सिङमा नाम ननिस्केपछि उहाँ त्यहीको ठाकुरराम बहुमुखी क्याम्पसमा अंग्रेजी विषय लिएर बीए पढ्न थाल्नुभयो । झापाका पार्वतालाई विस्तारै विस्तारै वीरगञ्ज पनि मन पर्न थाल्यो । त्यहाँको वतावरण, रहन सहन, भाषा, सँस्कृति उहाँलाई खुबै मन पर्न थाल्यो । साथीहरु पनि बन्न थाले । रौतहटमा पार्वताका दिदी रामरती चौधरीको विहे भएको थियो । पर्साबाट रौतहट नजिकै भएको कारण पार्वता कहिले काही त्यहाँ पनि आउ जाउ गर्नुहुन्थ्यो ।
त्यसले पनि उहाँलाई वीरगञ्जमा टिक्न सजिलो बनाएको थियो । पार्वताका लागि वीरगञ्ज यति प्यारो भयो कि उहाँले त्यसलाई कर्मभूमी नै बनाउनुभयो । उहाँको पत्रकारिताको यात्रा त्यहींबाट सुरु भएको थियो । पढाई र पत्रकारिता सँगसँगै गर्दै आउनु भएका उहाँले काठमाडौँको सेफर्डमा पत्रकारिता पढ्ने अवसरको बारेमा जानकारी पाउनु भएको थियो । काठमाडौँ आएर सेफर्ड कलेजबाट मेडिया टेक्नोलोजीमा मास्टर्स गर्नुभयो । अहिले उहाँले पत्रकारितामै पिएचडी गर्ने तयारी गरिरहनु भएको छ ।
पत्रकारिताको यात्रा
पार्वताको उद्देश्य पत्रकारिता गर्नु थिएन । उहाँका आमा–बुवाले डाक्टरी पढाउन चाहनु भएको थियो । दाइ भोला चौधरीले पार्वतालाई प्रहरीको जागिर गर्न भन्नुभएको थियो । त्यसमध्ये उहाँको रोजाईमा कुनै परेनन् । उहाँले पत्रकारितालाई नै पेसा बनाउनु भयो, जसको बारेमा न उहाँले सोच्नु भएको थियो न उहाँको परिवारका सदस्यमध्ये कसैले सोच्नु भएको थियो ।
उहाँमा बोल्ने काला स्कूल जीवनदेखि नै थियो । स्कूलमा हुने अधिकाँश कार्यक्रममा उहाँले उद्घोषण गर्नुहुन्थ्यो । यो काला उहाँको ‘गड गिफ्ट’ नै थियो । १० प्लस टुमा अध्ययन गर्दा उहाँले उद्घोषणको तालिम लिनुभएको थियो । तर त्यो पत्रकारितासँग सम्बन्धित थिएन । कुनै पनि कार्यक्रम कसरी सञ्चालन गर्ने, कसरी अरुको सामुने बोल्ने विषयमा उहाँले तालिम लिनुभएको थियो ।
त्यतिबेला उहाँलाई थाह थिएन कि एक दिन देशकै सबभन्दा प्रतिष्ठित र पहिलो एफएममा बोल्न पाउँछु । पढाईका लागि वीरगञ्जमा बसिरहँदा त्यहाँ पनि उहाँले उद्घोषकको तालिम लिनुभयो । त्यो पत्रकारितासँग सम्बन्धित थियो । त्यहाँ स्क्रिप्ट लेख्ने देखि लिएर रेडियोमा बोल्ने शैलीको बारेमा तालिम दिएको थियो ।
तालिम लिनेमध्ये पार्वता सबभन्दा उत्कृष्ट हुनुभयो । तालिमको अवधिमा लिइने विभिन्न जाँच तथा प्रयोगात्मक परीक्षामा पार्वता एक नम्बर नै ल्याउनुहुन्थ्यो । त्यसले गर्दा पनि उहाँ वीरगञ्जका लागि परिचित हुनुभयो । त्यो ट्रेनिङमा सहभागी हुनुभएका ध्रुव अधिकारीलाई पार्वताको भ्वाइस र लेखन शैली मन परेको थियो ।
पत्रकारिताको पहिलो खुड्किलो इन्द्रेणी
उहाँ इन्द्रेणी एफएममा काम गर्नुहुन्थ्ययो । सोही एफएममा काम गर्न पार्वतालाई उहाँले अफर दिनुभयो । त्यतिबेला पार्वता ब्याचलरमा अध्ययनरत हुनुहुन्थ्यो । पढाईका साथै उहाँले रेडियो इन्द्रेणीमा काम गर्न थाल्नुभयो । इन्द्रेणीमा जनसरोकार कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । उहाँलाई प्रोग्राम चलाउनमा त्यति इन्ट्रेस्ट थिएन । उहाँको चाहना न्युजमा थियो । न्युज पढ्न र लेख्न उहाँले निकै प्रयास गर्नुभयो उहाँले ।
न्युज डिपार्टमेन्टले कहिले त्यहाँ छिर्न दिएन । एफएममा न्युज पढ्ने उहाँको सपना थियो तर त्यहाँ एक वर्षसम्म काम गर्दा कहिले न्युज रुपमा छिर्न दिएन । न्युज पढ्न दिएन । त्यसका लागि उहाँले पटक पटक कुरा उठाउनु हुन्थ्यो तर उहाँको कुराको कहिले सुनुवाई भएन ।
उहाँले त्यहाँ एक वर्ष जति काम गर्नुभयो । त्यहाँबाट उहाँले छ सय रुपियाँ मात्र पाउनु भयो । उहाँ भन्नुहुन्छ, ‘इन्द्रेणीमा काम गर्नुअघि मौखिक सहमति भएको थियो कि प्रोग्राम अनुसार पैसा दिन्छौं तर त्यो सहमति अनुसार दिएन ।’ पार्वताले पैसाको लागि कुरा नउठाएको होइन तर आज दिन्छु, भोली दिन्छु भन्दा भन्दै टारि रह्यो । एक त न्युज पढ्न दिएन, अर्कोतिर गच्छे अनुसार पैसा पनि दिएन अनि उहाँलाई त्यहाँबाट मन उप्कियो ।
सत्रुधन नेपाल जो पर्सा जिल्ला नेपाल पत्रकार महासंघका अध्यक्ष हुनुहुन्थ्यो । उहाँले त्यहाँको गढीमाइ एफएममा काम गर्नुहुन्थ्यो । पार्वताको काम पहिलादेखि नै सत्रुधनलाई मन परिरहेको थियो । पार्वताले न्युजमा काम गर्ने इच्छा देखाएपछि सत्रुधनले आफ्नो एफएममा बोलाइ हाल्नु भयो ।
इन्द्रेणी एफएम छाडेर पार्वत गढीमाइमा जानुभयो । त्यहाँ मासिक पारश्रमिक लिएर नै त्यहाँ काम गर्न थाल्नुभयो । उहाँले त्यहाँ न्युज पढ्नेदेखि लिएर न्युज संकलन, लेखनदेखि न्युजसँग सम्बिन्धित सबै काम गर्न थाल्नुभयो ।
गढीमाइ एफएममा काम गरिहँदा उहाँ एउटा बोर्डिङ स्कूल पनि ज्वाइन गर्नुभयो । उहाँले त्यहाँ अंग्रेजी पढाउनु हुन्थ्यो । उहाँको आफ्नो पढाई पनि चलि रहेको थियो ।
यसरी काम गर्न थालेपछि उहाँको मासिक आम्दानी राम्रै हुन थाल्यो । त्यसपछि उहाँले घरबाट पैसा लिन छाडि सक्नु भयो । उहाँले त्यहाँको अस्मिता प्रकाशन गृहको एउटा प्रोजेक्टमा काम गर्न थाल्नुभयो । सो प्रकाशन गृहले मिडियामा महिलाको विषय कसरी उठाउने अभियान चलाएको थियो । सो अभियानमा पार्वताका साथै सलमा खातुन र अञ्जु न्योपाने पनि हुनुहुन्थ्यो ।
होस्टल बसाईको क्रममा सलमा खातुनसँग पार्वताको चिनजान भएको थियो । त्यो अभियान छ महिनासम्म चल्यो । गढीमाइ एफएममा काम सुरु गर्दा उहाँ ब्याचलरको तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।
आफ्नो सुरक्षाका लागि चक्कु
न्युजमा काम गरेको कारण उहाँलाई विहान पाँचै बजे एफएम पुग्नु पथ्र्यो । त्यहाँका लोकल केटाहरुले थाह पाएपछि दुई तीन जना केटाले विहानै विहानै पार्वता र उहाँका साथमा रहेका अर्को साथी सविता मैनालीको बाटो छेक्न आउथे ।
बाटोमा जिस्काउँथे, कहिले काहीं झम्टिन खोज्थे । त्यसले पार्वतालाई निकै डर लागिरहेको थियो । उहाँले यो कुरा एफएममा पनि राख्नुभयो । बाटोघाटोको सुरक्षाको ग्यारेन्टी लिन सकिदैन, आफू सतर्क भएर हिड्नु, आफ्नो सुरक्षा आफै गर्नु भनि एफएमले जवाफ दिएको थियो । सतर्क रहनुस् थप केही भयो भने यस विषयमा प्रहरीसँग कुरा राख्ने पनि भनिएको थियो । त्यसपछि पार्वता र उहाँका साथी सविताले आफ्नो सुरक्षाका लागि चक्कु लिएर हिड्न थाल्नुभयो ।
पार्वता भन्नुहुन्छ, ‘जुन दिनदेखि चक्कु बोक्न थाले त्यहीं दिनदेखि ती केटाहरु बाटोमा देखिन छाडे, त्यो संयोग थियो कि के थियो थाह भएन तर बाटो छेक्न आउन नै छाडे ।’ अस्मिताले त ठूलै चक्कु बोक्नु भएको थियो । तर त्यो चक्कु उहाँहरुलाई कहिले काम लागेन । उहाँहरुले त्यो चक्कु कम्तीमा १५ दिनसम्म बोकेर हिड्नु भएको थियो ।
काठमाडौँको यात्रा
पार्वताले त्यो एफएममा सात महिना काम गर्नुभयो । सत्रुधन नेपालले नै काठमाडौँको सेफर्ड कलेजबाट पत्रकारिताका लागि छात्रवृतिको कोटा आएको छ, तपाईलाई पत्रकारिता पढ्ने इच्छा पनि देखिएको छ, तपाईलाई जाने इच्छा छ भने जानुस् भनि पार्वतालाई भन्नुभएको थियो ।
पार्वता सुरुदेखि नै पत्रकारिता पढ्न इच्छुक हुनुहुन्थ्यो । त्यतिबेला नेपाल पत्रकार महासंघको अध्यक्षमा सुरेश आचार्य हुनुहुन्थ्यो । उहाँ सेफर्ड कलेजमा पनि हुनुहुन्थ्यो । त्यहाँको छात्रवृतिको बारेमा उहाँले पर्सा नेपाल पत्रकार महासंघलाई जानकारी गराउनुभएको थियो । पर्साका अध्यक्ष सत्रुधनले पार्वतालाई सो अफर दिनुभयो ।
उहाँ काठमाडौँ आउनुभयो । सेफर्ड कलेजमा भर्ना हुनुभयो । सेफर्डमा पढ्न थालेको १२–१३ दिन भएको थियो उहाँले काम खोज्न थाल्नु भएको थियो । एउटा पत्रकारितासम्बन्धी तालिम थियो । त्यसमा उहाँले भाग लिनुभयो । त्यहाँको तालिममा लिएको जाँचमा पार्वता फस्र्ट हुनुभयो । त्यसै आधारमा उहाँले नेपाल वाणी नेटवर्कमा काम पनि पाउनुभयो ।
त्यहाँ पनि उहाँले न्युज पढ्नुदेखि लिएर लेखन तथा रिर्पोटिङको काम पनि गर्न भयो । मास्टर्स पढाईका साथै उहाँले कामलाई पनि निरन्तरता दिनुभयो । उहाँले नेपाल वाणीमा सात महिना काम गर्नुभयो । सात महिना काम गरेपनि उहाँलाई तीन महिनाको मात्र पैसा दिएको थियो, अरु आज दिन्छु भोली दिन्छु भन्दा भन्दै टारिरहेकिो थियो । त्यहाँ पैसाको लफडा चलिरहेको थियो । त्यहाँबाट निस्किनु भयो । निस्केपछि पनि उहाँ आजसम्म त्यो पैसाका लागि त्यहाँ जानुभएको छैन ।
त्यहाँ काम गर्दै गर्दा कान्तिपुर एफएममा विज्ञापन निस्केको थिण्ण्यो ।
उहाँले त्यहाँ फर्म भर्नुभयो । उहाँ वीरगञ्जमा काम गरिहँदा कान्तिपुर एफएममा काम गर्ने सपना देख्नुभएको थियो । ‘घुम्ने मेच’मा बसेर समाचार पढ्ने मन पार्वतालाई सुरुदेखि नै थियो । विज्ञापन भर्दा त्यो सपना पुरा होला कि नहोला भनि उहाँलाई त्यति बेलासम्म थाह थिएन । कान्तिपुर एफएममा काम गर्ने एक जना तेजेन्द्र काफ्लेलाई उहाँले चिन्नुहुन्थ्यो । उहाँहरुको बीचमा झापादेखि नै चिनजान थियो ।
पार्वता नर्सिङको लागि झापामा कोचिङ पढ्दा तेजेन्द्र काफ्लेले त्यहाँ म्याथ पढाउनु भएको थियो । तेजेन्द्रले पनि पार्वतालाई चिन्नुहुन्थ्यो । उहाँले पनि फर्म भर्नका लागि पार्वतालाई सुझाव दिनुभएको थियो । पार्वताले त्यहाँ जागिरका लागि लिखित, मौखिक परीक्षा दिनुको साथै प्रयोगत्मक परीक्षा दिनुभयो । उहाँ सबै परीक्षा पास गर्नुभयो । र २०६७ देखि उहाँले कान्तिपुर एफएममा ज्वाइन गर्नुभयो ।
त्यहाँ त ज्वाइन गर्नुभयो तर न्युज पढ्न दिइरहेका थिएन उहाँलाई । उहाँसँगै आएकाहरु न्युज रुम छिरिसकेका थिए तर उहाँलाई विभिन्न बहानामा न्युजरुम छिर्न दिइरहेका थिएनन् । उहाँसँग त्यस्तो एक महिनासम्म भयो । उहाँले एक महिनापछि मात्र न्युज पढ्न थाल्नुभयो । न्युज संकलनदेखि लिएर त्यसलाई सम्पादन गरेर पढ्नेसम्मको काम यहाँले गर्नुभयो । उहाँले शिक्षा, मातृ भाषा, स्वास्थ्य जस्ता विषयमा अन्तरवार्ता तथा कार्यक्रमहरु बनाउन थाल्नुभयो । हालसम्म उहाँले त्यहीँ एफएममा गरिरहनु भएको छ ।
प्रेम त्यसपछि विवाह
पार्वता एफएम समाचार तथा कार्यक्रम सञ्चालन गर्दा उहाँको आवाजको दिवान थुप्रै् थिए । तर सप्तरीका सुवाष चौधरीले पार्वताको पिछा नै गर्नुभयो । पार्वतालाई फेसबुकमा फ्लो गर्न थाल्नुभयो । म्यासेन्जरमा हेलो हाइ भयो । हेलो हाइ भएको केही दिनमै सुवाषले पार्वतासँग विवाहको लागि प्रस्ताव गर्नुभयो । पार्वतालाई आश्चर्य लाग्यो, कस्ता मान्छे रहेछन्, म्यासेन्जरमा दुई चार दिन कुराकानी हुँदैमा सिधै विवाहका लागि प्रस्ताव गरेका छन् पागल हो कि क्या हो जस्तो उहाँलाई लागेको थियो ।
सुवाषको प्रस्तावलाई पार्वताले इग्नोर गर्न थाल्नुभयो । तैपनि उहाँले पार्वताको पिछा छाड्नु भएन । सामाजिक सञ्जालमा पछाई रहनुभयो । म्यासेन्जरमा पनि कोट्याई रहनुभयो । त्यसपछि दुवै जनाको बीचमा पुनः कुराकानी शुरुभयो । त्यसपछि सुवाषले सिधै भेट्ने प्रस्ताव नै गर्नुभयो । पार्वता चौधरी साहित्यकार शान्ति चौधरीलाई भेट्न प्रसुती गृह जानुभएको थियो । उहाँले सुवाषलाई पनि त्यही बोलाउनुभयो ।
दुवै जनाको बीचमा पहिलो प्रत्यक्ष भेट त्यही प्रसुती गृहमा भएको थियो । म्यासेन्जरमा कुरा हुँदा सुवाषको बारेमा जे कल्पना उहाँले गर्नुभएको थियो, प्रत्यक्ष भेट्दा पनि त्यस्तै पाउनुभयो । सामान्य कुराकानी भयो । भेट्दै गरौं भनि सहमति दुवै जनाको बीचमा भयो ।
२०७२ जेठदेखि म्यासेन्जरमार्फत उहाँ दुवै जनाको बीचमा चिनजान भएर कुराकानी अगाडि बढेको थियो । भदौंसम्म दुवै जना डेटिङ गर्नुभयो । असोजमा दुवै जनाले विहे गर्नुभयो । दुवै जनालाई घरमा कुरा मिलाउन कुनै गाह्रो थिएन ।
सबभन्दा ठूलो कुरा जात मिल्यो । त्यसपछि व्यवहार पनि मिल्दै गयो । पार्वताले फोनबाट नै आ
फ्नो बुवालाई सुवाषको बारेमा जानकारी गराउनुभएको थियो । पार्वताको प्रस्तावलाई बुवाले इन्कार गर्नुभएन । छोरी आफैले हेरेकी छिन् राम्रै होला नि भनेर ओके भन्नुभएको थियो ।
त्यसपछि सुवाष आफै पार्वताको बुवालाई भेट्न झापाको बिर्तामोड पुग्नुभएको थियो । सुवाष सप्तरीका भए पनि उहाँको परिवार सबै झापामा नै बस्छन् । त्यसले गर्दा सुवाषलाई सजिलो पनि भयो । सुवाषले भेटेपछि सबै कुरा सकारात्मक भएको थियो ।
त्यसपछि सुवाषले आफ्नो घरमा पनि कुरा राख्नुभएको थियो । सुवासका घरमा पनि सबै सकारात्मक हुनुहुन्थ्यो । २०७२ असोज २८ गते विहे भयो । अहिले पार्वताका दुई छोरा छन् । स्वर्णीम चौधरी युकेजीमा र अर्को छोरा सुप्रिम चौधरी एलकेजीमा पढ्दैछन् । परिवार
बुवा लालु चौधरी र आमा भंगीया चौधरीका कान्छी छोरी पार्वताका चार जना दाजु र एक जना दिदी हुनुहुन्छ । दाजु भोला चौधरी किसान हुनुहुन्छ भने राजु चौधरी व्यपार गर्नुहुन्छ । अर्का दाजु लिलाप्रसाद चौधरी प्रध्यापक हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ, थारु पत्रकार संघ र मधेशी पत्रकार संघमा आवद्ध पार्वता महिला बालबालिका तथा समाजकल्यण मन्त्रालय र अरेक नेपालबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघबाट उहाँले लेखनवृद्धि पनि पाउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘यदि म वीरगञ्ज नआएको भए सायद नर्स हुन्थे, वीरगञ्ज आएपछि वतावरणले साथ दियो र पत्रकारितामा लागेको थिए र आज मेरो पेसा पत्रकारिता हुनुमा वीरगञ्जको धेरै ठूलो हात छ ।’ पार्वताको जन्मभूमी झापा हो भने कर्मभूमी वीरगञ्ज हो ।
ब्याचल पढ्दा नै पार्वताले काम गर्न सुरु गर्नुभएका थियो । जुन कुरा उहाँका आमा बुवालाई मन परेको थिएन । उहाँहरुको चाहना छोरी पहिला मज्जाले पढुन् त्यसपछि मात्र जागिरतिर जाउन भन्ने थियो तर पार्वता आफ्नो खुट्टामा उभिएर अगाडि बढ्ने सोचिसक्नु भएको थियो र यही कुरा भनेर आफ्नो आमा–बुवा र दाजुहरुलाई सम्झाउनु हुन्थ्यो ।
पार्वताको परिवार हुनेखाने परिवार हो । कुनै कुराको अभाव थिएन । आफनो गाउँ ठाउँको जमिन्दार नै हुनुहुन्थ्यो पार्वताका बुवा । त्यसैले आर्थिक अभावको सामना कहिले गर्नुपरेन । तर पार्वता आफ्नो खर्च आफ्नै कमाईबाट गर्न चाहनुभएको कारण पढाईसँग काम गर्न थाल्नुभएको थियो । अहिले पनि उहाँ पत्रकारिताका साथै कलेज पनि पढाउनु हुन्छ । अन्त्यमा उहाँले भन्नुभयो, ‘मधेशी त्यसमा पनि थारु भएको कारणले बेलाबेलामा विभेदको अनुभव गर्छु र त्यसले गर्दा कतिपय अवस्थामा पछाडि पनि परेको छु तर हरेक कुराको सामना गर्दै अगाडि बढि रहेको छु ।’
तपाईको प्रतिक्रिया