जब विस्तारै उपेन्द्र यादव आफूलाई क्षेत्रीय पार्टी वा मधेश केन्द्रित पार्टीबाट आफुलाई अलग्याएर राष्ट्रिय पार्टीका नेता बन्ने धुनमा लाग्नुभयो त्यसपछि उहाँको राजनीतिक ग्राफको गम्भीरता पूर्वक अध्ययन गर्नुभयो भने तपाईले सजिलै अनुमान सक्नु हुन्छ ।
–अनन्त अनुराग,
राजनीतिमा एउटा नेता बन्न धेरै कुराले भूमिका खेलेका हुन्छन् । राजनीतिक नेतृत्व निर्माणका कैयौं चरण पार गरेपछि मात्रै नेतृत्वको गुण हासिल गरेका हुन्छन् । मधेशको समकालिन इतिहासमा धेरै नेतृत्व उदाए र समयसँगै धेरै अस्ताए पनि । एउटा नेतृत्व निर्माण गर्न समाजको धेरै ठूलो लगानी भएका हुन्छन् । एउटा नेतृत्वको गलत निर्णय वा अवसानले व्यक्तिलाई त खासै फरक नपर्ला तर समाज र समुदायले एउठा ठूलो मूल्य चुकाउनु परेका हुन्छन् ।
नेता र नेतृत्वमा तात्विक भिन्नता छ । दुःखद के छ भने हाम्रो मुलुकमा नेता धेरै छन् तर नेतृत्वको क्षमता भएका कोही पनि भएनन् । जुन देशको जनताले नेतृत्व क्षमता नभएका नेता पाएका छन् त्यहाँका जनताले पाउने दुःख नै हो । नेपाली शब्दकोशले नेता भन्नाले कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने, कुनै समाजमा नेतृत्व दिने, अगुवा, नाइकेलाई जनाउँदछ भनेको छ । शाब्दिक अर्थ हेर्दा नेता व्यक्ति विशेष हुन्छ । नेता विभिन्न प्रक्रियाबाट जन्मन्छन् वा जन्माइन्छ । काम गर्दै जाँदा उसको कार्य, विचार वा व्यवहारबाट प्रभावित भई नेता मान्ने तथा नेता बन्ने परम्परागत अवधारणा हो ।
नेतृत्व भनेको कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग प्रदर्शन हो । नेताको काम नेतृत्व हो भनि नेपाली बृहत शब्दकोशले शाब्दिक अर्थ लगाएको छ । नेतृत्व व्यक्ति नभएर गुणसँग सम्बन्धित विषय हो । नेता हुँदैमा नेतृत्व र नेतृत्वको गुण हुँदैमा नेता बन्ने अवसर पाउँदछन् भन्ने पनि हुँदैन । माथि उल्लेख गरिएका विधि र प्रक्रियाबाट आएको नेताको सफलता वा असफलता यही नेतृत्वशैलीको कसीमा परीक्षण हुने गर्दछ र गर्नुपर्दछ ।
माथिको परिभाषालाई आधार मानेर भन्नुपर्दा, मधेश र मधेशी जनताले नेता कहिले पनि खोजेको हुदैं होइन, एउटा असल नेतृत्व खोजेका थिए । दुर्भाग्य अपवादबाहेक वर्तमान अवस्थामा कोही पनि असल नेतृत्वको कित्तामा उभिन सकेनन् वा उभिने लायक भएनन ।
यद्यपी, चार दशकदेखि मधेशका जनता र समाजले नेताहरुमाथि थुप्रै लगानी गरे र अझै पनि गरी रहेका छन् । मधेशी जनताले नेतामाथी लगानी गरे अनुसारको फल प्राप्ति भयो कि भएन ? यो प्रश्नको सपाट उत्तर भने कसैले दिन सक्ने स्थिती छैन । कसैले उत्तर दिए पनि गोलमटोल उत्तरबाहेक सन्तुष्ट हुने उत्तर पाउन कठिनै छन् ।
खैर सैद्धान्तिक बहसको विषयलाई अर्काे कुनै लेखमा बुद्धिबिलास गरौंला । तर, अहिलेको यो विषय किन उठान गरे भने २०६३\०६४ पछि मधेशका जनताले सबै भन्दा बढी लगानी गरेका नेता कोही हुनुहुन्छ भने उहाँ हुनुहुन्छ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ‘उपेन्द्र यादव’ । उपेन्द्र यादव आफूलाई नेता भन्दा उठेर आफनो नेतृत्व क्षमता कति देखाउन सफल हुनुभयो वा विफल हुनुभयो, उहाँको पक्षमा वकालत गर्नेहरुले अनेकाअनेक तर्कहरु पेश गर्न सक्छन् । विपक्षमा भएकाले पनि सैयौं तर्कहरु अगाडि सारेर विफल भएको पुष्टि गर्न सक्लान तर केही यस्ता यो गर्ने जिम्मा तपाईमाथि नै छाडे ।
उपेन्द्र यादवलाई लाग्दो हो, मैले प्रचण्डलाई यति गुण लगाएको छु, प्रचण्डले मलाई एक पटक कसो ‘नैयापार’ नलगाउलान् र ? तर स्थिती फेरिएको छ, प्रचण्ड फेरिएका छन, प्रचण्डका दृष्टिकोण फेरिएको छ, प्रचण्डका प्राथमिकताहरु फेरिएका छन ।
तपाईको प्रतिक्रिया