सुनैनाकुमारी यादव
अमेरिकामा सम्पन्न महासभामा भाग लिन असोज ३० गते त्यता लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन हिड्नु भएको थियो । असोज ६ गतेदेखि सुरु भएको चीन भ्रमणको बारेमा नेपालमा विभिन्न बहसहरु भइरहेका छन् । चीन भ्रमणले गर्दा प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण पनि ओझेलमा परेका छन् । असोज १ गतेदखि सुरु भएको महासभामा प्रधानमन्त्री प्रचण्डले भाग लिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले महासभालाई असोज ३ गते सम्बोधन गर्नुभएको थियो । त्यहाँ उहाँले महत्वपूर्ण कुराहरुको सम्बोधन गर्नुभयो । अमेरिकामा पुगेको पहिलो दिन प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको थियो । सो भेट निकै अर्थपूर्ण रह्यो । अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना श्रीमती जिल बिडेनसहित नभेट्न पनि सक्नु हुन्थ्यो तर नेपाल र त्यसका प्रधानमन्त्री प्रचण्डलाई विशेष महत्व दिएर भेट्नु हाम्रो देशका लागि निकै नै महत्वपूर्ण कुरा हो । तर चीनका राष्ट्रपति सी चिन फिङसँगको भेटलाई बढी चर्चा भयो । बाइडेनसँगको भेटलाई ओझेलमा पार्यो ।
भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको कुरामा प्रधानमन्त्री प्रचण्डका सचिवालयले नै सार्वजनिक गरेको थियो । त्यो भेट र न्यानो स्वागतलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद पनि दिनुभएको कुरा स्वयं प्रधानमन्त्रीको आधिकारिक फेसबुकबाट बाहिर आएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग न्यूयोर्कस्थित मुख्यालयमा भेटवार्ता गर्नुभएको थियो । त्यहाँ नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको थियो ।
त्यसपछि उहाँले श्रीलंकाका राष्ट्रपति रानी विक्क्रेमेसिङ्हेलगायत विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिसँग भेट्नु भएको थियो । त्यहाँ पक्कै पनि दुई देशको हितको विषयमा कुराकानी भएको होला । चीनको होहल्ला बीच ती सबै ओझेलमा पर्यो । प्रधानमन्त्री प्रचण्डका सचिवालय पनि त्यसलाई प्राथमिकतामा राखेन । प्रधानमन्त्री प्रचण्डका सचिवालयले चीनको भ्रमणलाई जति प्रचार गर्यो, त्यति प्रचार अमेरिकाको भ्रमणलाई गरेन ।
के के भए महासभामा ?
महासभामा प्रधानमन्त्री प्रचण्डले ‘महामारी रोकथाम, तयारी र प्रतिक्रिया’, विश्वव्यापी स्वास्थ्य कभरेज जस्ता उच्च स्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभएको थियो ।
सञ्चारमाध्यममा आएका समाचार तथा विचारहरुलाई अध्ययन गर्ने हो भने अधिकाँशले चीन भ्रमणलाई असफलको रुपमा दर्साएको छ । घुमघाम भयो, मानसरोवरको दर्शन भयो, चीनका विभिन्न शहरको भ्रमण भयो,


तपाईको प्रतिक्रिया