पशु सेवा विभागले पशुलाई पैदल ढुवानी गर्दा आठ घण्टा बढी हिडाउन निमल्ने मापदण्ड तोकेको छ । तर रात रात भर २४ घण्टासम्म पैदल हिडाएर पशु ढुवानी भएको पनि पाइएको विभागले जनाएको छ ।
मापदण्ड अनुसार गाई र भैंसीलाई २५ किलोमिटर भन्दा बढी हिडाउन पाउने छैन भने भेंडा र बाख्रालाई ३०, सुगुंर र बंगुरलाई १२ र पाडापाडी, बच्छा बाच्छी, पाठापाठीलाई १५ किलोमिटर भन्दा बढी हिडाउन नपाउने मापदण्ड रहेको विभागका उपमहानिर्देशक प्रेरणा सेढाइ भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार शारिरीक बनोट फरक फरक हुने विभिन्न जात, उमेर, लिङ्गका पशुलाई एउटै गाडीमा राखेर ढुवानी गर्न नहुने पशु ढुवानी मापदण्डमै उल्लेख रहेको उहाँले बताउनुभयो । विभागले अनुगम गर्दा एउटै गाडीमा विभिन्न जातका पशु, फरक फरक उमेरका तथा लिङ्गका पशुहरु राखेर ढुवानी गरेको भेटिएको उहाँले बताउनुभयो ।
त्यस्तै पशु ढुवानी गर्दा गाडीभित्र पर्याप्त स्थान उपलब्ध गराउनुपर्ने मापदण्डले भनेको छ । गाई, भैंसीका लािग ०.८४ देखि १.२७ वर्ग मिटर ठाउँ रहनु पर्ने अनिवार्य गरेको तर गाडीमा ल्याउँदा गाईवस्तुलाई कोचेर राखेका हुन्छन् त्यसमा पनि मुख, पुच्छर, सिंहलाई डोरीले बाँधेर झुण्ड्याइएका हुन्छन् ।
पाडा बाच्छका लागि ०.३ देखि ०.४ वर्गा मिटर, सुगुँर, बगुँरका लागि ०.३ देखि ०.४ वर्ग मिटर, भेडा बाख्राका लागि ०.२ देखि ०.३ वर्ग मिटर ठाउँ राख्नुपर्ने मापदण्डमा उल्लेख छ । दशैंको चहल पहल सुरु भइसकेको छ, यस बेला गाडीको छतमा, डिकीमा राखेर खसी बोका पर्याप्त मात्रामा ल्याई रहेको भेटिन्छ । सरकारले त्यसमा पूर्ण रुपमा बन्देज लगाएको छ तैपनि व्यपारीले लुकाई छिपाई ल्याई रहेका हुन्छन् ।
मापदण्ड विपरित काम गरेका ढुवानीकर्तालाई पाँच हजार जरिवाना गर्ने प्रावधान राखिएको छ । तर व्यपारीहरु बरु पाँच हजार जरिवाना तिर्छन तर ढुवानीमा लापरवाही बन्द नगर्ने गरेको देखिएको उपमहानिर्देशक भट्टराईले बताउनुभयो । पाँच हजार जरिवाना एकदमै न्युन हो, कडा कारवाही वा जरिवानामा नगरेसम्म जथाभावी ढुवानीलाई नियन्त्रण गर्न गाह्रो हुने बताउँदै उहाँले विगतभन्दा अहिले केही सुधार देखिएको छ तर अझै सुधार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार गाई मारेमा ३ वर्ष कैदको व्यवस्था गरेको छ । त्यस्तै घाइते वा अंगभंग भएमा ६ महिना कैद वा ५० हजार जरिवानाको व्यवस्था सो ऐनमा गरिएको छ । त्यसैगरि पशुपन्छी राख्दा लापरवाही गरेमा एक वर्ष कैद वा १० हजार जरिवाननको व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया