नेपाल बहुभाषिक, बहुसाँस्कृतिक भएको देश हो । यहाँ जात, भाषा, समुदायमा विविधता भए जस्तै चाडपर्व, काला, कौशल, सँस्कृतिमा पनि विविधता रहेका छन् । राष्ट्रिय जनगणना २०७८ मा जातजातीको सँख्या १४२, मातृभाषा सँख्या १२४, धर्मको सँख्या १० कायम गरिएको छ ।
त्यसमध्ये सबभन्दा बढी ८१.१९ प्रतिशत जनसँख्याले हिन्दु धर्मलाई मान्छन्, त्यसपछि बौद्ध ८.२१, इस्लाम ५.०९, किराँत ३.१७, क्रिश्चयन १.७६, प्राकृतिक ०.३५, बोन ०.२३, जैन र शिख ०.०१ प्रतिशत र बहइको सँख्या ५३७ रहेका छन् । दुई करोड ९१ लाख ६४ हजार जनसँख्या भएको देशमा जातजातीको सँख्या १४२ र धर्मको सँख्या १० हुनु कम्ती होइन ।
यसले नै नेपाल कस्तो विविधता भएको देश हो भनि झल्किन्छन् । नेपाललाई त्यतिकै चार जात छत्तिस वर्णको साझा फुलबारी भनेको होइन । यी सबै नेपालरुपी बगैचामा रहेका विभिन्न फूलहरु हुन् ।
जसरी एउटा बगैचामा विभिन्न फूलले सुन्दरता दिइएका हुन्छन् त्यस्तै नेपालमा रहेका विभिन्न जातजाती, धर्मका व्यक्तिका कारण नेपाल सुन्दर देखिएको हो । ती सबै जात समुदाय तथा धर्मको आआफ्नै चाडपर्व हुन्छ, आआफ्नै रिती रिवाज हुन्छ । एउटा समुदाय तथा धर्मको पर्वका अर्को समुदाय तथा धर्मका व्यक्ति सघाई रहेका हुन्छन् त्यसमा रमाई रहेका हुन्छन् ।
एक अर्काको पर्वमा अतिथी भएर गएका हुन्छन् । हिन्दुले मनाउने चाड पर्वमा मुस्लिम, क्रिश्यचन, किराँतलगायतका धर्म मान्नेहरु रमाई रहेका हुन्छन् । मुसलमानहरुले मनाउने इदमा हिन्दुहरु रमाइरहेका हुन्छन् ।
नेपालको यो सबैभन्दा सकारात्मक पक्ष हो तर पछिल्लो समय धर्म–धर्मको बीच, समुदाय–समुदायको बीचमा रहेको सद्भाव र भाइचारा बिगार्ने प्रयास भइरहेका छन् । कतै हिन्दु–मुस्लिम बीच भिडाई रहेको हुन्छ भने कतै इसाई–हिन्दुबीच भिडाई रहेको छ । स्वार्थ समूहले एक अर्काको धर्मप्रति घृणा फैलाउने काम गरिरहेका छन् ।
यस्तो काम कुनै सच्चा हिन्दु वा मुस्लिम गरेका छैन, धर्मका ठेकेदारहरुले त्यस्तो गराई रहेका छन् । नत्र हिन्दुले गणेशको मुर्ती बिसर्जन गर्न जाँदा त्यसमा ढुगां प्रहार गर्ने मुसलमानबाट कदापी हुनसक्दैन्थ्यो । बरु मुस्लिमहरु पनि ‘गणपती बापा मोरिया’ नारा लगाउँदै मुर्ती बिसर्जन गर्न जान्थे ।
एउटा कुनै मुस्लमानले हिन्दुको बारेमा समाजिक सञ्जालमा लेख्दैमा त्यसका लागि अन्य मुस्लिमको घर तोडफोड जादैन्थे । एउटा कुनै मुसलमानले समाजिक सञ्जालमा लेख्दैमा त्यसको दोषी सबै मुसलमान हुन सक्दैन । सद्भाव बिगार्न केही तत्वहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि यी सब गरिरहेका छन् ।
सरकारले यस्ता तत्वलाई पहिचान गरी कारवाही गर्नुपर्छ । नेपालकै सबभन्दा महत्वपूर्ण र महान चाड दशैं सुरु भएको छ । त्यसपछि तिहार, छठलगायतका पर्वहरु पनि आउँदैछन् । यी पर्वहरु हिन्दुले धुमधामका साथ मनाउने गरिन्छ । जताततै चहल पहल हुन्छन् । गाउँघर, शहर बजारहरुमा भव्य मेला लागेका हुन्छन् । धार्मिक अनुष्ठान, मेलापात, गीत नाचगानहरु भइरहेका हुन्छन् ।
यस्तोमा उत्शृङ्खल समूहले दुई समुहको बीचमा भिडाउने प्रयास गर्न सक्छ । एक अर्कालाई उकास्ने काम गर्न सक्छ । सद्भाव बिगार्ने प्रयास गर्न सक्छ । समाजिक सञ्जालको दुरुपयोग गरी एक अर्कामाथि गाली गलौज गर्न सक्छ । यस्तो अवस्थामा सचेत रहन आवश्यक हुन्छ । राज्यले पनि त्यस्ता समूहमाथि निगरानी राख्नुपर्छ । शंका लाग्ने बित्तिकै नियन्त्रणमा लिनुपर्छ । हिन्दुको चाडपर्व भएपनि यसमा सबै धर्मका मान्छेहरु सहभागी हुन्छन् पर्व मनाई रहेका हुन्छन् । त्यस्तै सद्भाव कायम राख्न आवश्यक छ ।
तपाईको प्रतिक्रिया