Khadya Bibhag

जहाँ बाबुराम त्यही लफडा

अहिले नेपाली राजनीतिमा एउटा थेगो बनेको छ, ‘जहाँ बाबुराम त्यही लफडा’ । अर्थात नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई जहाँ जुन पार्टीमा हुन्छ त्यहाँ लफडा हुने निश्चित हुन्छ । कुनै पनि पार्टीमा उहाँ न आफू चयनले बस्न सक्नु भयो न अरुलाई बस्न दिनुभयो । अहिले आफूले नेतृत्वको गरेको नेपाल समाजवादी पार्टी विवादमा फँसेको छ र पार्टी विभाजनको संघारमा पुगेको छ ।
जनयुद्धकालमा पनि माओवादीभित्र जहिले पनि लफडा गरिरहनु भएका बाबुराम शान्ति प्रकृयामा आइसकेपछि पनि माओवादीभित्र कुनै नकुनै बहानामा विवाद गरिरहनु हुन्थ्यो । कहिले पदका लागि त कहिले पार्टीको दस्तावेजका लागि । माओवादी शान्ति प्रकृयामा आएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीभित्र गरेको लफडा कसैबाट लुकेको छैन । प्रधानमन्त्रीबाट हटेपछि उहाँले माओवादीको अध्यक्ष नै दावी गर्न थाल्नुभयो ।
प्रचण्डलाई हटाएर आफू अध्यक्ष बन्ने भनि पार्टीभित्र अनेक चक्रभ्यु रचन थाल्नुभयो । त्यो लफडा लामो समय चल्यो । प्रचण्डले कुनै पनि हालतमा पार्टीको नेतृत्व नदिएपछि उहाँ त्यहाँबाट अलग भएर नयाँ शक्ति पार्टी खोल्नुभएको थियो । तर त्यो नयाँ शक्ति पार्टी पनि चलाउन सक्नु भएन । पार्टी खोल्न साथ दिनुभएका नेताहरुले धमाधम उहाँको साथ छाड्न थाल्नुभयो । त्यसपछि उहाँले पार्टी चलाउन नसकेपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुभयो ।
एकीकरण गर्दा उहाँले उपेन्द्र यादवको नेतृत्व स्विकार गर्ने बाबुरामले सहमति गर्नुभएको थियो । तर एकीकरण गर्ने बित्तिकै पार्टीमा संघीय परिषद् बनाउनु भयो र त्यसको अध्यक्ष आफू बन्नुभयो । परिषद्का अध्यक्ष पनि एक नम्बरको बरियताक्रममा राख्नुभयो । त्यसका लागि पनि पार्टीमा विवाद गर्नुभयो । समाजवादी पार्टीको पहिलो नम्बरको आफू अध्यक्ष रहेको उहाँले भन्न थाल्नुभएको थियो ।
उपेन्द्र यादवसँग त्यो विवाद चलिरहेकै बेला महन्थ ठाकुर नेतृत्वको राजपा नेपालसँग समाजवादी पार्टीको एकीकरण भयो र जनता समाजवादी पार्टी बन्यो । त्यो पार्टीमा पनि उपेन्द्र यादव र महन्थ ठाकुर दुवै जना अध्यक्ष बन्नुभयो । बाबुराम परिषद्को अध्यक्ष बन्नुभयो । त्यसमा पनि एक नम्बरका अध्यक्ष आफू रहेको बाबुरामले दावी गर्न थाल्नुभयो । त्यो दावीलाई न उपेन्द्रले स्विकार गर्नुभयो, न महन्थ ठाकुरले ।
त्यसपछि उहाँले उपेन्द्र यादव र महन्थ ठाकुरबिच झगडा लगाउनु भयो । महन्थ ठाकुरविरुद्ध उपेन्द्र यादवलाई उचालेर पार्टी विभाजन गराई दिनुभयो । महन्थ ठाकुरहरु पार्टीबाट निस्किेपछि त्यो ठाउँ आफूलाई चाहिने भनि पार्टीमा प्रस्ताव गर्न थाल्नुभयो । पार्टीमा दुईजना अध्यक्षको प्रावधान छ, महन्थ ठाकुर गइसकेपछि त्यो ठाउँमा आफूलाई राख्न उपेन्द्र यादवमाथि दबाव बढाउन थाल्नुभयो । तर उपेन्द्र यादवले एक जना मात्र अध्यक्ष रहने भनि अडानमा बस्नुभयो ।
अन्ततः सोही अडानका कारण बाबुराम पार्टी छाडेर निस्किनुभयो । र, उहाँलाई साथ दिनुभयो महेन्द्रराय यादवले । दुवै जना मिलेर नेपाल समाजवादी पार्टी गठन गर्नुभयो । त्यो पार्टीमा दुवै जना अध्यक्ष बन्नुभयो । उपेन्द्र यादवबाट अलग हुँदा महेन्द्रले साथ दिएको कारण बाबुरामले तत्काल अध्यक्षमा स्विकार त गर्नुभयो तर अहिले त्यही कुरा पचिरहेको छैन । बाबुरामले महेन्द्रराय यादवलाई अध्यक्ष स्विकार गर्ने पक्षमा दिखिनु भएको छैन ।
पार्टी एकीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महेन्द्र राय यादव र बाबुरामलाई सम्बोधन गरेर पत्र पठाउनुभयो । त्यो कुरा बाबुरामलाई असहय भएको छ । महेन्द्रलाई आफ्नो बराबरमा राखेको भन्दै बाबुरामलाई निकै पिडा भइरहेको छ । नेसपा र माओवादीबीच एकीकरणका लागि पहिलादेखि कुरा चलिरहेको थियो । बाबुरामले पार्टीको नाम फेर्नु पर्ने प्रस्ताव गर्नुभएको थियो । सो प्रस्ताव स्विकार गर्दै माओवादी पार्टीको नाम फेर्न तयार भएको जानकारी महेन्द्र र बाबुरामलाई एक साथ गराएका थिए ।
बाबुराम भारतको दिल्लीमा भएको कारण प्रचण्डले दुवै जनालाई मेल गरेर पत्र पठाउनु भएको थियो । तर बाबुरामले आफूले पत्र नपाएको दावी गर्न थाल्नु भएको छ ।
मुख्य कुरा बाबुरामले महेन्द्रराय यादवलाई स्विकार नगरेको कारण सो पत्रको बारेमा अनभिज्ञता जनाउनु भएको छ । महेन्द्रलाई पत्र पठाएको कारणले नै बाबुराम माओवादीसँग एकीकरण हुँदैन भन्न थाल्नुभएको छ ।
–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया