कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा देवेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ । कात्तिक १६ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार कृषि मन्त्रालयले उहाँलाई बढीमा एक वर्षका लागि परिषद्को अध्यक्षमा मनोनयन गरेको मन्त्रालयले जनाएको छ ।
पशु सेवा विभागमा ३० वर्षको अनुभव बटुलेका ६५ वर्षीय यादव कृषि मन्त्रालयबाट सहसचिवबाट अवकास प्राप्त गर्नुभएको छ । मलेसियाबाट पशु आहारमा एमएससी अध्ययन गर्नुभएका यादवलाई पशु क्षेत्रका विज्ञ मानिन्छ । उहाँ हिमाल, पहाड, तराईका विभिन्न १५ वटा जिल्लामा काम गरिसक्नु भएको छ । सरकारले हालै सो परिषद् गठन गरेको हो । परिषद्ले पशु स्वास्थ्य तथा सेवा, व्यवसायीको क्षेत्रमा काम गर्नेछ ।
तपाईको प्रतिक्रिया