जनता समाजवादी पार्टीले सिरहाका लहानमा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मधेश प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सो प्रदेशका आठ वटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागी थिए । कात्तिक २०, २१ र २२ गतेसम्म चलेको प्रशिक्षणमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले मुख्य प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकका रुपमा पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि जानु पर्ने तय भएको थियो तर उहाँ अन्तिम समयमा कार्यक्रम क्यान्सिल गरेपछि त्यो ठाउँ लालबाबु राउतले पाउनु भएको थियो ।
प्रशिक्षणमा सहभागी एक नेताका अनुसार नेता राउतले पार्टीको सैद्धान्तिक तथा वैचारिक कुरा राख्नुभन्दा बढी आफू मुख्यमन्त्री भएको बेला यो गरे, त्यो गरे, यस्तो बनाए, उस्तो बनाए भन्नुभएको थियो । अहिले मेधशमा केही देखि रहनु भएको छ, ती सबै आफ्नै पालामा भएको दावी गर्दै यतिका काम कुनै प्रदेशमा नभएको दावी उहाँले गरेपछि प्रशिक्षण कार्यक्रममा रहनु भएका पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष समुनले राउतजी यदि तपाईले मधेश प्रदेशमा राम्रो काम गर्नुभएको छ भनि पार्टीको सीट किन घट्यो भनि प्रश्न गर्नुभएको थियो ।
तत्कालिन मधेश सरकारले राम्रो काम नगरेको कारण चुनावमा पार्टीका हालत यस्तो भएको पार्टीको निष्कर्ष निस्केको हो, पार्टीका अन्य कार्यकर्ता तथा आम जनताले पनि त्यही कुरा भनिरहेको धारणा राख्नुभएको थियो । मनिष सुमन बोल्न थालेपछि नेता राउत हातमा माइक लिएर अलमलमा पर्नुभएको थियो । प्रवक्ता सुमनले जोड लिएर भन्नुभएको थियो, ‘तत्कालिन मधेश सरकारको काम गर्ने स्टाइलका कारण पार्टी कमजोर भएको हो यो कुरा कम से कम तपाई स्विकार गर्नुस् ।’
यो कुरा सकिन नपाउँदै जसपा संघीय परिषद्का सदस्य विजय यादव (लहान)ले पनि उठेर राउतको विरुद्धमा बोल्न थाल्नुभयो । उहाँले भन्नुभएको थियो, ‘नेताजी बर्दिवासमा भएको टिकट खोसाखोसका कारण चुनावमा पार्टीको हालत यस्तो भएको हो ।’
प्रत्येक क्षेत्रमा नेताहरुले आआफ्नो उम्मेदावरका लागि टिकट लगेका थिए, जसलाई मन लाग्यो त्यसलाई वितरण गर्यो त्यसले गर्दा चुनावमा पार्टी कमजोर भयो ।’
टिकटमा बदमासी भएपछि एक नेताले अर्को नेतालाई हराउने काम भएको कुरा पार्टीमा पनि रिर्पोटिङ भइसकेको छ तर तर अहिलेसम्म त्यसलाई कुनै कारवाही नभएको बताउँदै नेता विजय यादवले गल्ती गर्नेलाई कारवाही भएन भने मनोबल बढ्दै जान्छ र त्यो गल्ती पटक पटक दोहोरिन्छन्, त्यसैले पार्टीमा अनुशासन कडाईका साथ पालन गर्न लगाउन आग्रह गर्नुभयो ।
विजयको मन कसरी पराजय
मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवलाई जनता समाजवादी पार्टी नेपालका लागि सिरहा जिल्लाका लागि खम्बा नै मानिन्थ्यो । तर एउटा भ्रष्टार मुद्दामा मुछिए पछि उहाँ नराम्री गल्नुभएको छ । उहाँ सार्वजनिक कार्यक्रम आउजाउ गर्न छाड्नुभएको छ । यहाँसम्म कि पार्टीको सम्पर्कमा पनि हुनुहुन्न । झलनाथ खनाल प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालन कार्यक्रममा पूव मन्त्री यादवविरुद्ध झन्डै १८ करोड अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
मुद्दा दायर भएदेखि उहाँ कसैको सम्पर्कमा जानुभएको छैन पार्टीका कार्यक्रमहरुमा जान छाड्नु भएको छ । सिरहाको लहानमा आयोजित प्रशिक्षण कार्यक्रममा समेत उहाँ सहभागी हुनुभएको थिएन । प्रशिक्षणमा उहाँको खोजी भइरहेको थियो । नेताहरुले विजय यादव किन आउनु भएन भनि चर्चाको विषय बनेको थियो । तर विजयको एउटा सानो गल्तीले उहाँको मन पराजय भएको छ भनि कसैलाई थाह छैन ।
तपाईको प्रतिक्रिया