काठमाडौँ पुस २५ गते । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछन् । दुई दिनसम्म चल्ने सो बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बस्ने जसपा नेपालले जनाएको छ ।
राजनीतिक समितिको बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनुको साथै पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रस्तुत हुने बताइएको छ । भोली राजनीतिक समितिको बैठक सकिए पछि पर्सी पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया