पूर्वमन्त्री यादवले सुरु गर्नुभयो सप्तरी स्वभिमान यात्रा
५ माघ २०८०, शुक्रबार २२:३४
काठमाडौँ माघ ५ गते । नेकपा माओवादीका केन्द्रीय सदस्य उमेश कुमार यादवले सप्तरी स्वाभिमान यात्रा सुरु गर्नु भएको छ । माघ ९ गतेदेखि सुरु हुने सो स्वभिमान यात्रा जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा समापन गर्ने कार्यक्रम रहेको छ । स्वभिमान यात्राको बारेमा जानकारी गराउन उहाँले आज सप्तरीको राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुभएको थियो ।
पूर्व सिचाई मन्त्री रहनु भएका नेता यादवले माघ ५ गते मधेश बलिदानी दिवसको अवसर पारेर अभियानको शुभारम्भ गरेपनि माघ ९ गतेदेखि सप्तरीकै बलानबिहुल गाउँपालिकाबाट स्वाभिमान यात्रालाई सुरु गर्ने हुनेछ ।
सप्तरीको गौरवपूर्व इतिहास र संस्कृतिको संरक्षणका लागि यो स्वभिमान यात्रा सुरु गरिएको जानकारी दिनुहुँदै नेता यादवले यस गौरवपूर्ण जिल्ला सप्तरीको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने भनि सन्देश दिनका लागि पनि यो यात्रा हुन लागेको बतानुभया । सो यात्राका क्रममा सप्तरीको गाथा, त्यसको इतिहास, सँस्कृति, विकासका सम्भावना, शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषयमा अन्तरक्रिया समेत गर्ने उहाँले जानकारी दिनुभयो ।
सप्तरीको विकास र समृद्धिका लागि अगाडि बढौँ’ भन्ने आह्वान गर्दै उहाँले यस स्वभिमान यात्रामा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । सप्तरीको १८ वटै पालिकामा यो अभियान सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया