Khadya Bibhag

मधेश हुँदै भारत छिर्छन् रुसी नागरिक

भारतले सीमा सुरक्षालाई लिएर नेपालसँग पटक पटक त्यतिकै गुनासो नगरेको होइन । नेपाल–भारत बिच रहेको खुल्ला सीमाका कारण भारत सरकार सुरक्षाको विषयलाई लिएर निकै चिन्तित देखिन्छन् । भारतमा हुने अधिकाँश आतङ्की हमलालाई नेपाल–भारतको खुल्ला सीमासँग जोेडेर हेरेका हुन्छ ।
पाकिस्तान होस् वा अन्य देश प्रायः आपराधिक समूह नेपाल–भारतको सीमा प्रयोग गरेको पाइएको छ । यो कुरा भारत सरकारले नेपाल सरकारसँग पटक पटक भन्दै आएका छन् । पहिला पहिला भारतलाई नेपालको सीमा प्रयोग गर्नेमा पाकिस्तान मात्र रहेको बुझाई थियो र सोही अनुसारको विश्लेषण पनि गथ्र्यो तर अहिले नेपाल–भारतको सीमा प्रयोग गरेर चाइनिजहरु पनि भारत छिर्न थालेका छन् ।
भारतीय अधिकारीले सीमामा चिनियाँ नागरिकदेखि रुस, ताइवान, अफगानी नागरिकलाई पनि समात्न थालेका छन् तर पछिल्लो तथ्यांक अनुसार नेपाल–भारत सीमामा सबभन्दा बढी चिनियाँ नागरिक समातिएका छन् । पुस १४ गते राती नेपालको तराई मधेशको बाटो हुँदे भारतको विहार किसानगञ्ज छिरेका रुसी नागरिक एलेक्सन ड्रव पावेल समातिनु भएको छ । किसानगञ्ज जिल्लासँग टांसिएको नेपाल–भारत बोर्डरमा तैनाथ एसएसबी ४१ औं बटालियनको बाजारुचाट बीओपीका सुरक्षा अधिकारीले उहाँलाई समातिएको हो । नेपालबाट भारत छिर्ने क्रममा उहाँमाथि भारतीय सुरक्षा अधिकारीलाई आशंका लागेपछि केरकार गरेको थियो ।
केरकारको क्रममा मागिएको कुनै पनि परिचयपत्र उहाँको साथमा थिएन । उहाँ आफू रुसी नागरिक रहेको मात्र बताउनु भएको छ । तर नेपाल किन आएको कहिले आएको, चोर बाटोबाट भारत किन छिर्न लागेको केही कुरा हालसम्म उहाँले बताउनुभएको छैन ।
एसएसबीद्वारा सबै जाँच पुरा गरेपछि उहाँलाई भारतका पश्चिम बङ्गालको खोरीबारी प्रहरीलाई बुझाई दिएको छ । अब खोरीबारी प्रहरी चौकीले उहाँको बारेमा जाँच गरिरहेको छ । जाँच पुरा भएपछि उहाँलाई अदालतमा पेस गर्ने बताइएको छ । त्यसैगरि, केही समय पहिले केही चिनियाँ नागरिक नेपाल–भारतको भैरहवा नाका हुँदै भारत छिर्ने क्रममा पक्राउ गरेको थियो ।
उनीहरुसँग सोधपुछ गर्दा आफूहरु नेपाल घुम्न आएको र बाटो बिर्सेर भारत छिर्न लागेको बताएको थियो । उनीहरुको कागजात जाँचगर्दा टुरिस्ट भिसामा नेपाल आएका थिए । अन्य केही सोधपुछ गरेर उनीहरुलाई सीमाबाट नेपाल फर्काइ दिएको थियो ।

तपाईको प्रतिक्रिया