काँग्रेसको ७८ वर्षको लामो इतिहासमा महाससचिको बैठक १४ वटा बस्यो । ती सबै बैठक कुनै नकुनै रुपमा काँग्रेसका लागि उपलब्धी मुलक नै रह्यो होला तर यो १४औं महासमिति बैठकले काँग्रेसका लागि मात्र होइन, अन्य दलका लागि महत्वपूर्ण रह्यो । यो बैठकप्रति देश विदेशको कान ठाडो भएको थियो । यो बैठकले सत्ता नै हलाई दिएको छ त्यसैले काँग्रेसको बैठक यो बैठक खास भएको छ ।
खासगरि काँग्रेस पार्टीका महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदन बैठक बस्नुअघि नै चर्चामा आएको थियो । सत्ता गठबन्धनको बारेमा जुन कुरा उहाँले आफ्नो प्रतिवेदनमा प्रस्तुत गर्नुभएको छ । त्यसले गठबन्धन मात्र होइन, सत्ता नै हल्लाउने अवस्था आएको आँकलन गरिएको छ ।
सत्तामा नै धक्का लाग्ने गरि तयार भएको महासचिव गगन थापाको प्रतिवेदनलाई सुरुमा संशोधन गर्नका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा निकै मेहनत गर्नुभएको थियो । आफ्ना निकट नेताहरुलाई पठाएर त्यसलाई रोक्ने प्रयास गर्नुभएको थियो । तर महासचिव थापाले कसैको कुरा सुन्नुभएन । उहाँले आफ्नो प्रतिवेदनमा अगामी चुनावमा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने कुरा उल्लेख गर्नुभएको थियो ।
जुन कुरा काँग्रेसका सभापति देउवालाई मन परेको थिएन । सभापति देउवा यो गठबन्धनलाई पाँच वर्ष निरन्तरता मात्र होइन, अगामी चुनावमा समेत चुनावी गठबन्धन बनाएर अगाडि बढ्ने सोच बनाउनु भएको थियो । तर गगन थापा त्यो कुरालाई स्विकार गर्ने पक्षमा हुनु हुन्थेन ।
उहाँले महासमितिको बैठकमा प्रस्तुत भयो भने यो बहुमतले पास हुन्छ र गठबन्धन भत्किन्छ । गठबन्धन भत्केपछि सत्ता पनि हातबाट जान्छ र प्रचण्डपछि प्रधानमन्त्री बन्ने सपना पनि चकनाचुर हुन्छ भनि भय सभापति देउवामा आइसकेको थियो । र, यो प्रतिवेदन र काँग्रेस पार्टीभित्र देखिएको किचलोलाई गठबन्धन दलका प्रमुख घटक दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले निकै नजिकबाट नियाली रहनु भएको थियो ।
काँग्रेसभित्रको यो किचलो देखेर प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा नै धक्का लाग्ने हो कि भनि डरले रातारात सभापति शेरबहादुर देउवालाई बोलाएर आफ्नो आफ्नो निवासमा फागुन ७ गते छलफल गर्नुभएको थियो । सो छलफलमा रक्षा मन्त्री एवं काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि हुनुहुन्थ्यो । ‘तपाईका पार्टीमा गठबन्धनको बारेमा धारणा के हो, गठबन्धन रहन्छ कि रहदैन’ भनि प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभएको थियो । त्यसको जवाफमा सभापति देउवाले भन्नुभएको थियो, ‘केही पनि हुँदैन यार, तपाई चिन्ता नगर्नुस् म सबै कुरा मिलाउँछु ।’
तर प्रधानमन्त्री प्रचण्ड देउवाको कुरामा विश्वस्त हुन सक्नु भएन । महासमितिमा गगन थापाप्रति देखिएको रुझानले प्रचण्डलाई तर्साएको थियो । त्यही राती प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले काँग्रेसबाट गठबन्धनमा धोका हुने सम्भावना छ, तपाई तयारी अवस्थामा बस्नु होला भन्नुभएको थियो ।
यता, देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वस्त तुल्याएर आएको कारण महामन्त्री थापाको प्रतिवेदन कुनै पनि हालतमा पारित हुन नदिने भनि महासचिवको बैठकमा आफ्नो सम्पूर्ण शक्ति लगाई दिनुभयो । उहाँले एक रातमै के यस्तो जादु गर्नुभयो, जो गगन थापाको पक्षमा हुनुहुन्थ्यो त्यो पनि विपक्षमा उभिनुभयो र थापाको प्रतिवेदनबाट गठबन्धनको विषयलाई संशोधन गरेर पास गर्यो । गठबन्धनको विषय महामन्त्री थापाको प्रतिवेदनमा नआएपछि अब गठबन्धन जोगियो भने काँगेसका सभापति देउवालाई विश्वास लागेको थियो ।
तर प्रधानमन्त्री प्रचण्ड विश्वस्त थिएन । उहाँ भित्रभित्रै एमालेसँग छलफल चलाई नै रहनुभयो । सोही महासमितिको बैठकमा काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रको विषय बैठकमा प्रवेश गराउनुभयो । त्यसले गर्दा प्रधानमन्त्री प्रचण्डलाई झन झस्काइ दियो र काँध फेर्ने बहाना बनाउन थाल्नुभयो । माओवादी केन्द्रका नेताहरुले त्यतिबेला सबभन्दा बढी आपत्ति जनाउन थाल्नुभयो, जतिबेला काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा जनयुद्धको बारेमा टिप्पणी भयो ।’ माओवादीको जनयुद्धको बारेमा उहाँले खर्रो टिप्पणी गर्नुभएको थियो ।
उपसभापति खड्काले सशस्त्र विद्रोहको उठान गलत मनसायले भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको कारण माओवादी पार्टी भित्रैबाट रुष्ट भएको छ । माओवादी जनयुद्धकै कारण देशको अर्थतन्त्र आशातित रूपमा अघि बढ्न नसकेको पनि खड्काले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । यो तीन वटा विषयले माओवादी केन्द्रलाई नराम्री गरी हलाई दिएको छ । माओवादी केन्द्रका नेताहरु भन्न थालेका छन्, या काँग्रेस सच्चिनु पर्छ या गठबन्धन फेर्नुपर्छ । यसका लागि माओवादी केन्द्रले एमालेसँग गोप्य ढंगले वार्तालाई अगाडि बढाइ रहेको छ भने अर्कोतिर गठबन्धनप्रति काँग्रेस कति विश्वस्त छ त्यसको पनि आँकलन गरिरहेको छ ।
अवस्था यस्तो सृजना भएको छ कि अब काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले मात्र चाहेर गठबन्धन जोगिने अवस्थामा नरहेको धेरैको बुझाई छ । राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिहरुको पनि चलखेल सुरु भइसकेको छ । फागुन १० गते महासमितिको बैठक सम्पन्न भए पनि त्यसको कम्पन्न अझै पनि बाँकी छ । माओवादी केन्द्रका नेताहरुले काँग्रेस महासमितिको बैठकमा उठेको कुरालाई लिएर टिका टिप्पणी गरिरहनु भएको छ । हिन्दु राष्ट्र र गठबन्धनको विषयमा महासमितिमा कुरा उठाउँदा त्यति आपत्तिजनक छैन, जति आपत्तिजनक माओवादी केन्द्रको जनयुद्धको बारेमा उठाइएको कुरा हो । माओवादीका नेताहरुले एउटै गठबन्धनमा बस्ने र गठबन्धनकै दलको विरुद्धमा यस्तो टिप्पणी गर्दा सम्बन्ध सौहद्र अवस्थामा नरहने टिप्पणी गरिरहनु भएको छ ।
यस अवस्थामा एमालेका नेताहरु पनि सक्रिय हुनुभएको छ । उहाँहरु पनि माओवादी केन्द्रका नेताहरुसँग लगातार संवाद गरिरहनु भएको छ । यो सत्ता गठबन्धन कसरी भत्काउन पाइन्छ भनि दाउमा रहेको एमालेका नेताहरु सक्रिय भएका छन् । जसबाट काँग्रेसका नेताहरु संशकित हुनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले काँग्रेसका सभापति देउवासँग महासमितिमा उठेका कुराहरुको बारेमा प्रष्ट पार्न भनिरहनु भएको छ । महासमितिको बैठकमा गगन थापा, पूर्णबहादुर खड्का र शंकर भण्डारीले उठाएको कुरा के हो, यसलाई गठबन्धनमा कसरी प्रष्ट गर्नुहुन्छ त्यसको बारेमा प्रधानमन्त्री प्रचण्डले देउवासँग पटक पटक जवाफ मागिरहनु भएको छ ।
हरेक पटक सभापति देउवाले भनिरहनु भएको छ, ‘केही हुँदैन, म सबै मिलाउँछु तपाई चिन्ता नगर्नु । त्यसलाई संशोधन गर्छु वा ती प्रस्तावलाई खारेज पनि गराउन सक्छु गठबन्धन जोगाउनका लागि जे पनि गर्न सक्छु तपाई चिन्ता नगर्नु ।’ तर पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री प्रचण्डमाथि काफी दबाब रहेको छ । त्यसलाई थेग्न सक्नु हुन्छ वा काँध फेर्नु हुन्छ त्यो प्रधानमन्त्री प्रचण्डको तागतमा भर पर्छ ।
तपाईको प्रतिक्रिया