Khadya Bibhag

सरकारको समर्थन जुटाउनका लाग रणनीति बनाउन जसपा नेपालको संसदीय दलको बैठक

धनुषा जेठ ३ गते । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश संसदीय दलको बैठक जनकपुरको मधेश भवनामा चलिरहेको छ ।
जसपा नेपाल भित्रको पछिल्लो घटनाक्रम र मधेश सरकारमा विश्वासको मतलगायतको विषयमा छलफलका लागि संसदीय दलको बैठक चलिरहेको छ । जसपा नेपालमा १९ जना सांसद छन् । जसपा नेपाल विभाजन भएर अशोक राइको नेतृत्वमा जसपा गठन भइसकेको छ । यद्यपी सर्वोच्च अदालतले हिजो पार्टीलाई यथास्थितिमा राख्न निर्देशन दिएको छ ।
जसपा नेपाल नेतृत्वको मधेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएपछि सरोज यादव नेतृत्वको सो सरकार अल्पमतमा परेको छ । अरु दलहरुलाई कसरी विश्वासमा लिन सकिन्छ त्यसको रणनीति बनाउन छलफल केन्द्रीत रहेको एक नेताले बताउनुभयो ।

तपाईको प्रतिक्रिया