Khadya Bibhag

किन फुट्छ पटक पटक जसपा ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुनः विभाजन भएको छ । अशोक राइको नेतृत्वमा सात जना सांसदले सो पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेका छन् । जसपा नेपाल हालसम्म सात पटक विभाजन भएका छन् । मधेशी जनअधिकार फोरम नेपालले विभिन्न दलसँग एकीकरण गर्दै नाम परिवर्तन गर्दै जसपा नेपालसम्म आइपुगेको हो । तर फाउण्डेशन फोरमकै हो ।
अहिलको जसपा नेपाल मधेशी जनअधिकार फोरमको रुपमा जो निर्वाचन आयोगमा २०६३ मा दर्ता भएको थियो । २०६४ देखि हालसम्म सात पटक विभाजन भइसकेको छ । १८ वर्षमै सात पटक फुट्नु यो कम गम्भीर र त्रुटीपूर्ण कुरा होइन तर जसपा नेपालकै अध्यक्ष उपेन्द्र यादव भन्नुहुन्छ, कम्युनिष्ट पार्टी ३६ पटक फुटि सकेका छन्, त्यसैले पार्टी फुट्नु कुनै ठूलो कुरा होइन, तर किन र के कारणले फुटे त्यो मुख्य कुरा हो ।’
एकातिर पार्टी फुटेको छ, त्यसको समिक्षा गर्नु कता हो कता, कमीकमजोरी स्विकार गर्नु कता हो कता अरु पार्टी विभाजन भएका छन् भने जसपा नेपाल फुट्नु मामुली कुरा हो भनि प्रतिकृया दिनुभएको छ । तर आफ्नो पार्टी सात पटक किन विभाजन भयो त्यसको समिक्षा गर्नुभएको छैन । विगतमा पनि पटक पटक पार्टी विभाजन भएको हो तर कहिले त्यसको बारेमा समिक्षा भएको जस्तो लाग्दैन । पार्टी विभाजन भएपछि अरुमाथि दोष थुपारेर पन्छिने गर्नुभएको छ । कहिले भारतले फुटाई दियो भन्नुहुन्थ्यो भने कहिले काँग्रेसले फुटाई दियो भन्नुभयो भने कहिले माओवादी र एमालेले फुटाई दिएको भन्नुभयो तर उहाँले आफ्नो कमजोरी कहिले देखाउनु भएन ।
भिडभाडमा धक्का लाग्ने कमजोरलाई नै हो । हावाहुरी आएपछि कमजोर घर वा संरचनालाई उडाउँछ । ताल्चा कमजोर छ भने त्यसलाई ताडेर चोर घरमा पस्छन् नै । ताल्चा बलियो नलगाउने अनि घरमा चोरी भयो भने चोरलाई आरोप लगाउने, घर बलिया नबनाउने हावाहुरीले उडाई दियो भने हावाहुरीलाई आरोप लगाउने । जसपा नेपालमा पनि त्यही भइरहेको छ । आफ्नो पार्टीभित्रको कमीकमजोरीका कारण पार्टी विभाजन भएको हुन्छ तर अरुतिर देखाएर पन्छिने गरेको हुन्छ ।
कमजोरी त पक्कै पनि उपेन्द्र यादवमा पनि छ । उहाँले यो कुरा स्विकार गरोस् या नगरोस् । नत्र एउटै पार्टी सात पटक कसरी फुट्छ ? उपेन्द्र यादवसँग देशका ठूला ठूला नेता जोडिएका थिए । तर आज उहाँसँग कोही पनि छैनन् किन ? पक्कै पनि सबै दोषी थिएनन् होला । कुनै नकुनै रुपमा सबै पार्टी विभाजन भएका छन् । हरेक दलबाट नेताहरु यताबाट उता भइरहेका हुन्छन् । तर जसपा नेपाल छोटो समयमा जसरी विभाजन भयो, नेताहरु जसरी उपेन्द्र यादवलाई छाडेर गए त्यसका आधारमा त सोचनीय विषय हो । अब उपेन्द्र यादव गम्भीर हुनै पर्छ । निर्मम ढंगले आफ्नो र आफ्नो पार्टीको समिक्षा गर्नुपर्छ ।
उपेन्द्र यादवलाई एउटा आरोप लाग्ने गरेको छ कि उहाँ कसैलाई नेता बनाउन चाहनु भएको छैन, अरुलाई कार्यकर्ता जतिको पनि व्यवहार गर्नुभएको छैन । जो उहाँका नजिक हुन्छन्, उहाँको गुनगान गाइ रहेका हुन्छन् । त्यसलाई अलिअलि पार्टीमा क्रियाशिल बनाउनु भएको हुन्छ, त्यसबाहेक अरु सबै बेरोजगार जस्तै बनेका हुन्छन् । पछिल्लो समय उहाँले देशभर प्रशिक्षण दिनुभएको छ । तर सबै प्रशिक्षणमा आफै जानु भयो । कहि कतै कुनै नेतालाई सहभागी गराउनु भएन । त्यो पनि पार्टीभित्रको एउटा असन्तुष्टिको कुरा थियो ।
उहाँमा अर्को समस्या भनेको उहाँले कसैमाथि विश्वास गर्नुहुन्न । हरेकलाई आशंकाको नजरले हेर्नुहुन्छ तर कसैमाथि विश्वास गर्नुभयो भने आँखा चिम्लेर गर्नुहुन्छ । अरु चाहे पार्टीका लागि समाजका लागि चाहे जस्तो योगदान किन नगरेको होस् त्योसँग कुनै मतलब हुँदैन । अर्को कुरा, उहाँले वान आर्मीको शैलीमा पार्टी चलाउन चाहनु भएको छ । हैकमवादी शैलीमा पार्टी चलाउनु भएको कुरा उहाँका साथ छाडेका नेताहरु भन्ने गर्नुहुन्छ ।
संगठनप्रति प्रतिवद्ध, विचार र सिद्धान्तप्रति प्रतिवद्धतामा उपेन्द्र यादवमा कुनै कमी छैन । कुशल संगठनकर्ता हुनुहुन्छ भने कुरामा कुनै दुईमत छैन । त्यही भएर पटक पटक फुटेको पार्टीलाई उहाँले जिवित र क्रियाशिल राख्नु भएको छ । तर उहाँको कार्यशैलीमाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । उहाँ कुशल संगठन निर्माता, विचारक, आन्दोलनकारी हुनुहुन्छ तर व्यवहारिक ज्ञान र व्यवहारको अभावको कारण धेरै जना उहाँबाट बिचिकएका छन् । र, पार्टी विभाजन हुनुको विभिन्न कारणमध्ये यो पनि एक कारण हो ।
यसपाली माओवादी केन्द्र र एमालेले जसपा नेपाल विभाजन गरेको हो । यो कुरा घाम जतिकै छर्लङ छ । तर अरु पार्टीले चाहदैमा पार्टी विभाजन हुन्छ त्यो कस्तो धरातलको पार्टी बनेको हो, फाउण्डेशन कस्तो छ कि कोही चाहदैमा विभाजन भइहाल्छ । जग बलियो नभएपछि सानोतिनो हावाले पनि घरलाई हलाई दिन्छ । जसपामा त्यही भएको हो । दोष अरुलाई दिनुभन्दा पनि आफू बलियो हुनुपर्छ । कमजोर छैन भने बहालवाला मन्त्री किन पार्टी छाड्छन् । भनिन्छ, सत्ताका लागि पार्टी फुट् भन्छन् तर बहालबाला मन्त्री किन

तपाईको प्रतिक्रिया