फलफूलको राजा आँपलाई भनिन्छ । र त्यो आँपको राजधानी मधेशलाई मान्छ । यसको कुनै आधिकारिकता छैन । तर बोलीचालीमा यसो भन्दै आएको हो । फलफूलको राजा भनिए पनि सबभन्दा बढी अपहेलनामा आँप नै पर्ने गरेको छ । आँपमा राज्यको कुनै लगानी छैन । अरु अरु फलफूलमा राज्यले जति लगानी गरेका छन् त्यति लगानी आँपमा गरेको छैन ।
तराई मधेशमा रहेका सरकारी अनुसन्धान केन्द्र, कृषि फार्म तथा बागवानीमा आँपका बोट छन् । बागवानीमा रहेका अन्य फलफूलको बोटसँग त्यसको स्याहार सुसार हुने गरेका हुन्छन् । तर आँपकै लागि प्रोप्रली कही अनुसन्धान केन्द्र, बागवानी केन्द्र छैन । तराई मधेशका किसान तथा त्यहाँका समुदायले आँपको खेती स्वतस्फूर्त गरेका छन् ।
हरेक किसान तथा परिवारले आफ्नो लागि भए पनि खानका लागि दुई चार वटा बोट लगाएका हुन्छन् । कसै कसैले त व्यवसायिक रुपमा नै आँपको खेती गरेका हुन्छन् । त्यसमा राज्यको कुनै लगानी तथा सहयोग हुँदैन । जसरी देशमा मधेश विभेदमा परेका छन् । त्यसरी मधेशमा उत्पादन हुने आँपमा विभेदमा परेका छन् । आँपले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएको छ । सरकारले अलिकति लगानी गर्दियो भने पक्कै पनि अरु फलफूलको तुलनामा आँपले धेरै सहयोग गर्नसक्छ ।
सबैभन्दा बढी आँप उत्पादन मधेश प्रदेशमा हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार देशभर ४२ हजार १९६ हेक्टरमा आँप खेती हुन्छ ।
तर राज्यले त्यसप्रति कुनै ध्यान दिएको छैन । सरकारले स्याउ, सुन्ताला, किवि, ड्रागनफ्रुट, कागती, जुनारलगायतका विभिन्न फलमा सरकारले लगानी गरेको छ । यी फलको नाममा हरहमेशा केही न केही भइरहेका हुन्छन् । तर आँपतिर कुनै ध्यान नै हुँदैन । आँप मात्र होइन, तराई मधेशमा उत्पादन हुने कटहर, सोइजन, अम्बा, मेवा, अनार, अँगुर, बसहर, सरिफा, बयरलगायतका फलमा राज्यले कुनै ध्यान दिएको भेटिदैन ।
सरकारले बजेट र नीति तथा कार्यक्रम ल्याउँदा स्याउ, सुन्ताला, किवि, ड्रागनफ्रुट, कागती, जुनारलगायतको फलको बारेमा केही न केही कुराको एड्रेस गरेको हुन्छ । तर आँप, कटहर, बरहर, सोइजन, अम्बा, मेवा, सरिफा, अनारको बारेमा एउटा सम्बोधन कहि कतै हुँदैन । तैपनि वर्षेनी अर्थतन्त्रमा सहयोग पुग्ने गरी उत्पादन दिइरहेका हुन्छन् । देशकै जनताको मुख्य गुलियो बनाएको हुन्छ । आँपको सिजन सुरु भइसकेको छ । अहिले यतिखेर हिमालदेखि पहाडसम्म आँपकै चर्चा छ । बिना लगानी मधेशले आँप उत्पादन गरेर राज्यलाई दिइरहेको छ ।
सबैभन्दा बढी आँप उत्पादन मधेश प्रदेशमा हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार देशभर ४२ हजार १९६ हेक्टरमा आँप खेती हुन्छ । जसबाट चार लाख ५३ हजार ४१६ मेट्रिक टन उत्पादन हुन्छ । त्यसमध्ये ७५ प्रतिशत आँप मधेश प्रदेशमा उत्पदान हुन्छ । मधेशमा ३० हजार ८९ हेक्टरमा साढे तीन लाख मेट्रिक टन आँप फल्छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार मधेश प्रदेशका आठ वटै जिल्लामध्ये सबभन्दा बढी उत्पादन सप्तरीमा हुन्छ । त्यहाँ मात्र एक लाख १० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ । आँपलाई संघीय सरकारले मात्र होइन, प्रदेश सरकारले पनि हेला गरेको छ ।
ल ठिक छ मधेशमा उत्पादन आँपलाई संघले हेला गर्यो तर अहिले त मधेशमा मधेश सरकार पनि छ । त्यहाँ कृषि मन्त्रालय पनि छ । तर त्यो मन्त्रालयले पनि आँपको लागि केही गरेको छैन । त्यसको प्रचार प्रसार तथा बजारका लागि मेला, प्रदर्शनी गर्दा पनि हुन्छ । त्यो पनि गरेको हुँदैन । हालै सरकारले सुन्तालालाई राष्ट्रिय फलको रुपमा घोषणा गर्यो तर आँपको बारेमा चर्चा पनि भएन । त्यसको लागि कसैले पहल पनि गरेन ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार मधेश प्रदेशका आठ वटै जिल्लामध्ये सबभन्दा बढी उत्पादन सप्तरीमा हुन्छ । त्यहाँ मात्र एक लाख १० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ ।


तपाईको प्रतिक्रिया