–राजकिशोर यादव
नेपालको राजनीति गलत बाटोमा गइसकेको छ । अहिलेको वर्तमान सरकारमा एक प्रकारको अनिश्चितता, एक प्रकारको अविश्वास देखिन्छ । सत्ता गठबन्धनमा रहेकै दलहरुले एक अर्का दललाई कसरी खुइल्याउने, कसरी सिध्याउने भनि षड्यन्त्र गरिरहेका छन् । सत्ताको लोभले भनौं वा अन्य कुनै स्वार्थले गठबन्धन बनाए पनि दलहरु एक आपसमा जुडेका छैनन् । बरु एक अर्कालाई कसरी सिध्याउनेमा विभिन्न षड्यन्त्रहरु गरिरहेका छन् । त्यसैपनि यो सरकार तथा गठबन्धन षड्यन्त्रै षड्यन्त्रले बनेको हो, त्यसले गर्दा एक अर्कामाथि शंका उपशंकाका नजरले हेरिरहेका हुन्छन् । चरित्र जस्तो हुन्छ, त्यस्तै व्यवहार पनि हुन्छ ।
जसको उदाहरणमा नेकपा (एकीकृत समाजवादी) लाई लिन सकिन्छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पिडा दिनहुँ जस्तो सडकदेखि सदनसम्म खुलेयाम रुपमा राखि रहनु भएको छ । सत्ता गठबन्धनका सबभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका नेताहरुले जसरी यो वर्तमान सरकारको बारेमा टिप्पणी गरिरहनु भएको त्यसपछि गठबन्धन स्वस्थ्य छैन भने कुरा स्पष्ट हुन्छ । एमालेका अध्यक्ष केपी शर्मा अोली त्यतिकै बोल्ने मान्छे होइन । उहाँले यो सरकारलाई यसो टेको मात्र दिनुभएको छ । अलिकति मौका पाउने बित्तिकै माओवादी केन्द्रलाई छाडेर अर्को गठबन्धन तथा अर्को सरकार बनाउने संकेत उहाँले दिइरहनु भएको छ । यो संकेत सत्ता गठबन्धनमा रहेका दलहरुले पनि थाह पाइसकेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा अोली तथा त्यसका दलका अन्य नेताहरुको टिप्पणीहरु सुन्दा यो सरकारमा सब ठिकठाक चलिरहेको छ भनि भन्न सकिदैन । केही न केही गडबड चलिरहेको कुरा नेताहरुको बोली र व्यवहारले पनि बुझ्न सकिन्छ । एमालेका अध्यक्ष केपी शर्मा अोलीले कतिपय कुरा बडो स्पष्टका साथ पनि भन्नुभएको छ । मन नलाग्दा नलाग्दै केही समयका लागि सँगै बसि दिएको जस्तो भान हुन्छ । एक अर्कालाई कसरी सकाउन सकिन्छ भन्ने कोणबाट गतिविधिहरु गठबन्धनमा भइरहेका छन् । यसरी विश्लेषण गर्दा यो सरकारको आयु लामो देख्दिन ।
अर्कोतिर यो सरकारले देश र जनताका लागि केही गर्नसक्छ भने अनुभूती पनि दिलाउन सकेको छैन । जनताले अनुभूती गर्न सकेको छैन । सरकारको नेतृत्व गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै यो सरकार टिकाउनका लागि जे पनि गर्न सक्छु । उथल पुथल ल्याइ रहन्छु भनि रहनु भएको छ । जुन मनोविज्ञान, जुन मनोवृति उहाँले पालेर उहाँ सरकार चलाई रहनु भएको छ । त्यसले राम्रो संकेत गरेको छैन । यो भन्दा देश र जनताका लागि दुर्भाग्य अरु केही हुन सक्दैन ।
सत्ता गठबन्धनका सबभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका नेताहरुले जसरी यो वर्तमान सरकारको बारेमा टिप्पणी गरिरहनु भएको त्यसपछि गठबन्धन स्वस्थ्य छैन भने कुरा स्पष्ट हुन्छ ।
तपाईको प्रतिक्रिया