Khadya Bibhag

विनोद र कैलाशले प्रचण्डलाई एकसाथ थ्रेट दिएपछि

काँग्रेसको साथ छाडेर केपी शर्मा नेतृत्वको एमालेसँग गठबन्धन गर्नुभएका तत्कालिन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वामगठबन्धन लामै जान्छ र अन्तिमसम्म सहकार्य हुन्छ तर हेर्दाहेर्दै सबैथोक यसरी एकै पटक ढल्छ भनि उहाँले कल्पनासम्म पनि गर्नुभएको थिएन । एमालेका अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेर सत्ता ढालेको समेत थाह नपाउने प्रचण्डले आफ्नो सत्ता विभिन्न षड्यन्त्रपूर्वक ढालिएको गुनासो गरिरहनु भएको छ । उहाँले त देशका बिचौयाहरुले गठबन्धन भत्काएर सरकार ढालेको गुनासो समेत गर्नुभएको छ ।
बिचौलियामा उहाँले मिडिया मालिक रामेश्वर थापा र कैलाश सिरोहिया तथा उद्योगपति एवं सांसद विनोद चौधरीलाई राख्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री रहेकै बेला २०८० चैतमा बाँसबारी छाला जुत्ता जग्गाको विषयमा विनोद चौधरीसँग प्रहरीले बयान लिएको थियो । त्यो बयानपछि विनोद चौधरी सरकारमाथि निकै आक्रोशित हुनुभएको थियो ।
उहाँले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आक्रोशित हुँदै विनोद चौधरीले भन्नुभएको थियो, ‘यो राम्रो भएन, जे गर्नुभयो त्यो ठिक गर्नुभएन, तपाई सत्ता जोगाउनुमा लाग्नुस् म एक साताभित्र तपाईको यो सरकार ढाल्दिन्छु ।’ आक्रोशित भएर दिएको यो धम्कीलाई प्रधानमन्त्री प्रचण्डले त्यतिबेला हल्का रुपमा लिनुभएको थियो । विनोद चौधरीलाई शान्त हुन भन्नुभएको थियो । कानुनी कुराहरु सम्झाउने प्रयास गर्नुभएको थियो तर प्रचण्डको एक पनि नसुनि बालुवाटारबाट बाहिरिएर उहाँ त्यसको भोलीपल्ट दिल्ली पुग्नु भएको थियो ।
दिल्लीमा केही समय बिताएर विनोद चौधरी फर्केपछि नेपालको राजनीतिमा केही नराम्रा संकेतहरु देखा पर्न थालेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका तत्कालिन सचिवालयका एक जना सदस्यले भन्नुभयो, ‘सरकार ढाल्ने धम्की दिएर भारत जानु भएका विनोद चौधरी नेपाल फर्केपछि पनि विभिन्न माध्यमबाट प्रधानमन्त्री सन्देश पठाई रहनु हुन्थ्यो सरकारको आयु लामो छैन र उहाँले यसो भनेपछि विभिन्न संकेतहरु देखा परिरहेको थियो ।’ यो घटना परिघटना अगाडि बढी रहेकै बेला कान्तिपुरका मिडिया मालिक कैलाश सिरोहिया २०८१ जेठ ८ गते पक्राउ पर्नुभएको थियो ।
नागरिकताको मुद्दामा उहाँ आफ्नो कार्यकक्षबाट नै पक्राउ पर्नुभयो । त्यो कुराले पनि निक्कै हंगामा भएको थियो ।
सिरोहियालाई जनकपुर लगेर मुद्दा चलाइएको थियो, त्यसमा लामो बहस चलेको थियो । एक हप्तापछि सरकारी वकिल कार्यालयले हाजरी जमानीमा उहाँलाई रिहा गरेको थियो । कैलाश रिहा भएर आएपछि प्रधानमन्त्री प्रचण्डलाई विनोद चौधरी जस्तै धम्की दिनुभएको थियो । उहाँले पनि यो सरकार लामो समय जाँदैन, ढाल्दिने धम्की दिनुभएको थियो ।
प्रचण्डका सचिवालयका एक सदस्यका अनुसार सिरोहियाले एक पटक आफै भेटेर कुराकानी गर्नुभएको थियो भने त्यसबाहेक अरु अरुबाट पनि त्यस्तो धम्की आउन थालेका थिए । त्यसपछि सरकारको विरुद्धमा विभिन्न गतिविधि सुरु भएको थियो । हिमाल खबरका मालिक कनकमणी दिक्षितको संयोजनमा पाटनमा मिडिया मालिकहरुको एउटा बैठक बसेको थियो र सो बैठकले जसरी पनि प्रचण्ड नेतृत्वको सरकार ढाल्ने योजना बनाउनु भएको थियो । सोही योजना मुताविक रामेश्वर थापालगायतका मिडिया मालिकहरु सक्रिय हुनुभएको प्रचण्डका सचिवालयका अधिकारीहरु दावी गरेका छन् ।
अमेरिका निकटका विभिन्न संघ संस्थाहरु सक्रिय भएका थिए । कहिले रामेश्वर थापाको घरमा त कहिले विनोद चौधरीको होटलमा त कहिले कसको घरघरमा बैठकहरु हुन थालेका थिए । यी सब कुराको जानकारी तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई पनि थियो तर उहाँले आफ्नै एजेन्सीमाथी विश्वास गर्नुभएको थिएन ।
आखिर विनोद चौधरी र कैलाश सिरोहियाले दिएको धम्की पुरा भयो । प्रचण्डको सचिवालयमा रहेर काम गर्नुभएको एक अधिकारीले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्ड सिरोहियालाई पक्राउ गराउने पक्षमा हुनुुहुन्थेन । प्रचण्डले प्रहरी प्रमुखलाई भनेर सिरोहियालाई नसमात्न पटक पटक भन्नु भएको थियो त्यही भएर प्रहरी सिरोहियाको अफिसमा जाने र आउने गर्थे ।’
तत्कालिन गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समात्न भन्नुहुन्थ्यो भने प्रचण्डले नसमात भन्नु हुन्थ्यो । त्यसपछि प्रहरी प्रमुखले तत्कालिन गृहमन्त्री लामिछानेलाई भन्नुभएको थियो ‘प्रधानमन्त्रीले भनेपछि मात्र सिरोहियालाई समात्छौं ।’ त्यसपछि मात्र तत्ककालिन गृहमन्त्री लामिछाने प्रचण्डलाई भेटेर अदालतको कागज देखाउँदै सिरोहियालाई पक्राउ गर्न अनुमति लिनुभएको थियो । तर सिरोहियाले त्यसको बदला सिर्फ प्रधानमन्त्री प्रचण्डसँग मात्र लिनुभयो ।

तपाईको प्रतिक्रिया