लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी पुनः मन्त्री बन्नुभएको छ । यसपटक पनि उहाँले श्रम मन्त्रालय नै हात पार्नुभएको छ । उहाँ हालसम्म मन्त्री बनेको सँख्या २०औं पटक हो । तर यसपटक मन्त्री बनेकोमा उहाँको पार्टीका लागि फलदायी भएन । भण्डारी मन्त्री भएपछि पार्टीमा चिर्न पर्ने अवस्था देखिएको छ ।
सो पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले असन्तुष्टि जनाउँदै पार्टी नै विभाजन गर्ने तहसम्म पुग्नु भएको छ । त्यसका लागि उहाँ आन्तरिक रुपमा छलफल गरिरहनु भएको छ । शरतसिंह भण्डारी पटक पटक मन्त्री बन्नुहुन्छ तर पार्टीमा रहेका अरु सांसदले अवसर नै पाउँदैन गुनासो गरिरहनु भएको छ । अघिल्लो पटक पनि आफू मन्त्री बन्ने अवस्थामा रहेको तर पार्टीका अध्यक्ष ठाकुरले यसपटक भण्डारीलाई पठाई दिउ अर्को सरकारमा तपाई जानु होला भन्नुभएको बताउँदै सहअध्यक्ष शुक्लाले यसपटक पनि त्यसै गरेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्री चयनका विषयमा पार्टीले बैठक बोलाएको थियो सो बैठकमा भण्डारीजी उपस्थित हुनुहुन्थेन उहाँ आउनु हुन्छ भनि हामी बाटो पर्खेर पनि बस्यौ तर उहाँ आउनु भएन उहाँ नआए पनि निर्णय उहाँको पक्षमा भयो जुन कुराको जानकारी मलाई पनि गराउनु भएन ‘म्याच फिक्सिङ’ जस्तै भयो जुन कुराले मलाई दुख लागेको छ ।’ अध्यक्ष ठाकुरले न्यायचोति निर्णय गर्न नसकेको उहाँको गुनासो थियो ।
शुक्ला निकट एक नेताले भन्नुभयो, ‘मन्त्री बन्नु कुनै ठूलो कुरा होइन तर मुख्य कुरा के हो भने भण्डारीजीले लोसपा नेपाल नै कब्जा गर्न लाग्नु भएको हो । बैशाखमा महाधिवेशन गर्ने निर्णय भएको छ त्यस अवस्थामा पुनः भण्डारीलाई नै मन्त्रीमा दोहोर्याउनुको रणनीति प्रष्ट बुझ्न सकिन्छ ।’ राजपा बन्दा जुन जुन दल आएका थिए ती दलका नेताहरु गइसक्नुभयो तर भण्डारी एक जना मात्र बाँकी हुनुहुन्छ र महन्थजीको साथमा रहेर त्यसको फाइदा लिइरहनु भएको ती नेताको गुनासो रहेको छ । ती नेताले भन्नुभयो, ‘यो अरु केही होइन, पार्टी कब्जा गर्ने रणनीति हो ।’
शुक्ला निकट महासचिव मुकेश झलाले भन्नुभयो, ‘पार्टीमा एउटै व्यक्तिले पटक पटक अवसर पाउछ भने अरु मान्छे त्यहाँ किन बसिरहनु त, अरु मान्छेको त्यहाँ कामै छैन । त्यही भएर त्यहाँबाट निस्किने तयारीमा लागेको छु ।’ तर भण्डारी निकट एक नेतका अनुसार सहअध्यक्ष शुक्ला पार्टीभित्र गुटबन्दी गर्नुभएको छ । शुक्लाले आफूलाई एउटा जिल्ला मात्र होइन एउटा क्षेत्रमा सिमित गर्नुभएको छ ।
तर मधेश प्रदेशमा एक अर्कालाई जहिले पनि लडाई रहनु हुन्छ उहाँले । आफ्ना फेवरका केही नेताहरुलाई उहाँले पदाधिकारीमा राख्नुएको छ । र त्यही पदाधिकारीबाट उहाँले हल्ला गराई रहनु हुन्छ । ती नेताले भन्नुभयो, ‘लोसपा मधेश प्रदेशले चलेको छ र त्यसमा सबभन्दा बढी लगानी महोत्तरीको छ ८० प्रतिशत मत सोही जिल्लाबाट आउँछन अनि मधेश प्रदेशबाट मन्त्री नबनाएर कसलाई बनाउने हो त ।’
लोसपा मर्चवारले चल्दैन, लोसपा मधेश प्रदेश र खासमा महोत्तरीले चलेको छ । त्यसले मन्त्री वितरण गर्दा मधेशलाई प्राथमिकतामा राख्नुपर्ने उाहँले तर्क दिनुभयो । सर्वेन्द्र शुक्लालाई मन्त्री बनाई दियो भने पार्टी टिक्न सक्दैन ।
तपाईको प्रतिक्रिया