Khadya Bibhag

एमालेमा ओलीलाई विद्याको चुनौती

नेकपा एमालेमा मात्र होइन, देशमै शाक्तिशाली नेताको रुपमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई मानिन्छ तर उहाँलाई अहिले आफ्नै पार्टीमा चुनौती थपिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उहाँकालागि चुनौती बन्नुभएको छ । राष्ट्रपति पदबाट हटेपछि विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने देखिएको छ । उहाँले आठ वर्षपछि एमालेको पार्टी सदस्यता नवीकरण गराउनु भएको छ । गत बैशाख १ गते पार्टी कार्यालयमा आफ्नो मान्छे पठाएर पार्टी सदस्यता नविकरण गराउनु भएको छ । देशको सर्वोच्च पदमा रहिसक्नु भएका व्यक्ति पार्टीमा साधारण सदस्य भएर बस्न पक्कै पनि सदस्यता नविकरण गराउनु भएको होइन ।
पार्टी सदस्यता नविकरण गराएर उहाँले यो संकेत गरिसक्नु भएको छ कि पार्टीमा सक्रिय हुनुहुन्छ । र पार्टीको अगामी अध्यक्षको उम्मेदवार बन्नुहुन्छ भनि पार्टीमा भित्रैसम्म चर्चा छ । यो कुराले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तर्सिनु भएको छ । उहाँ र उहाँ पक्षका व्यक्तिहरुले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने प्रयासमा लाग्नुभएको छ ।
पार्टीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कति शक्तिशाली हुनुहुन्छ भन्ने कुराको प्रमाण प्रधानमन्त्री अ‍ोलीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद् हो । विद्यादेवी भण्डारीले एमालेमा आफ्नो भागबण्डा खोज्नुभयो र विष्णु पौडेलाई उपप्रधान तथा अर्थमन्त्री बनाउनुभयो । सरकारलाई लिएर प्रधानमन्त्री ओलीलाई यति दबाव पर्यो कि उहाँले प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै भण्डारीलाई भेट्न उहाँको निवास पुग्नुभएको थियो । त्यहाँ देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा कुराकानी भयो नै मुख्य सरकार गठनको विषय नै थियो । प्रधानमन्त्री ओलीले सरकारमा ककसलाई पठाई रहेको कुन पार्टी सरकारमा सहभागी हुँदैछन् ती सबै कुराको जानकारी भण्डारीलाई गराउनु भएको थियो । एमालेबाट ककसलाई मन्त्री बनाउने विषयमा समेत छलफल भएको थियो ।
२०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहनुभएका भण्डारी पार्टीमा उपाध्यक्ष हुनुहुन्थ्यो । अबको अर्को लक्ष्य भनेकै पार्टीको अध्यक्ष हुनु हो । उहाँले पार्टीमा आफ्नो सक्रियता देखाइ सक्नुभएको छ । जेठ १६ गते भएको एमालेको राष्ट्रिय महिला भेलालाई ओलीको उपस्थितिमा विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । यो ओलीको लागि ठूलो झटका थियो । ओली पार्टीमा मात्र होइन, देशकै शाक्तिशाली नेता मानिन्छ तर भण्डारीको अगाडि उहाँको केही चलेन । भण्डारीले पार्टीको महिला भेला उद्घाटन गरिहँदा केपी ओलीले ताली बजाइ रहनु भएको थियो । यसबाट पुष्टि हुन्छ कि भण्डारीले एमाले पार्टीमा आफ्नो स्पेश कसरी बनाइ रहनु भएको छ ।
यसको पछाडी चीनको हात छ । चिनियाँ लाइनका विद्यादेवी भण्डारी पार्टीमा ओलीपछि आफूलाई देखि रहनु भएको छ । चीनले ओलीमाथि विश्वास गरिरहेको छैन । ओलीले कुन बेला के गर्नुहुन्छ यसको कुनै ठेगान छैन, चीन त्यसबाट आजित भएर एमालेमा विद्यादेवी भण्डारीलाई सारेको छ । चीनको बुझाई अनुसार भण्डारीले नै अन्य कम्युनिष्टहरुलाई मिलाउन सक्नुहुन्छ । चीनले भण्डारीको नेतृत्वमा पुरानै नेकपा ब्युत्याउन चाहेको धेरैको बुझाई रहेको छ । माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललगायतका कम्युनिष्ट नेताहरुलाई एक ठाउँमा ल्याउन सकिने बुझाई चीनको रहेको छ ।
तर प्रधानमन्त्री समेत रहनुभएका एमालेका अध्यक्ष ओलीले भण्डारीलाई कुनै पनि हालतमा सक्रिय बनाउन चाहनु भएको छैन । ओलीबाट दबिएका, पिडामा रहेका नेताहरुले विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन चाहनु भएको छ । त्यसका लािग इश्वर पोखरेल, गाकुल बास्कोटा लगायतका नेताहरु सक्रिय रहेको बुझिएको छ । अगामी महाधिवेशनमा भण्डारी अध्यक्षको उम्मेदवार बन्ने धेरैको चाहना छ । भण्डारी शक्तिशाली भएर आएपछि त्यो चिन्ताले एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेकै बेला नै महाधिवेशन गराउने पक्षमा देखिनु भएको छ । त्यसका आन्तरिक तयारी प्रधानमन्त्री ओलीले थालिसक्नु भएको छ ।
२०७४ को निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै भण्डारीले ओलीलाई २०७४ फागुन ३ गते सांसद पदको सपथ नै नलिई धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । संविधानले प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुन अनिवार्य हुने व्यवस्था गरे पनि त्यस विपरीत सांसदका रुपमा ओलीले शपथ ग्रहण नै नगरी त्यतिबेला प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
संविधानविपरीत ओलीले दुई पटक गर्नुभएको संसद विघटनलाई विद्यादेवी भण्डारीले सदर गर्नुभएको थियो । राष्ट्रपति रहँदा विद्यादेवी भण्डारीले केपी शर्मा अ‍ोलीलाई जसरी सहयोग गर्नुभयो त्यसरी नै केपी ओलीले पनि उहाँलाई राष्ट्रपति बनाउनमा सहयोग गर्नुभएको थियो । भण्डारीलाई राष्ट्रपति बनाउन सारा शक्ति लगाई सक्नुभएको थियो । एक अर्काको सहयोगबाट यहाँसम्म आइपुग्नुभएको छ उहाँहरु । तर अहिले भण्डारी नै अ‍ोलीका लागि पार्टीमा चुनौती बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया