Khadya Bibhag

यसरी मनाइयो कोदो दिवस

राष्ट्रिय कृषक महासंघ र एग्रकल्चर जर्नालिष्ट एशोसिएसन नेपाल (अनाज)ले साउन १५ गते संयुुक्त रुपमा चौथो कोदो दिवस मनाएका छन् । सो दिवसको प्रमुख अतिथी कृषि तथा पशुुपन्छी विकास मन्त्री रामनाथ अधिकारी हुनुहुन्थ्यो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोदोका परिकारको उपभोग बढाएर प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुु भएको छ । मन्त्री अधिकारीले खाजाको रुपमा कोदोको परिकार प्रयोग गर्न अति उपयोगी हुने बताउनुु भयो । कोदो स्वास्थ्यका लागि लाभदायक हुन्छ, कोदो खाएर हुुर्किएको हो, अझै पनि गाउँमा कोदो खेती गरिरहेको छ, मन्त्री अधिकारीले भन्नुुभयो, सबैले बाँझो खेर गएको जमिनमा खेती गर्नुुहोस् ।’ किसानहरुलाई प्रेरित भएर कोदोको खेती गर्न लाग्न सहयोग गर्न तयार रहेको उहाँको भनाई छ । कोदो दिवसलाई सार्वजनिकरुपमा घोषणा गर्नका लागि पहल गरिएको मन्त्री अधिकारीले जानकारी दिनुुभयो । कोदोको सेवन स्वास्थ्यका लागि लाभदायक हुने हुुँदा नियमित रुपमा सबैले सेवन गर्न मन्त्री अधिकारीले आग्रह गर्नुुभयो ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले कोदोजन्य बालिको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुुभयो । ४०० भन्दा बढी स्थानीय तहमा कोदो खेती र रैथाने बाली प्रवद्र्धन गर्न गत वर्ष एक अर्ब रकम लगानी गरिएको जानकारी दिँदै सहसचिव श्रेष्ठले यो वर्ष थप १६८ वटा स्थानीय तहमा कोदोजन्य बालीसंरक्षण कार्यक्रम सञ्चालन गर्न लागिएकोे जानकारी दिनुुभयो । खाद्यका लागि कृषि अभियानका संरक्षक डा.कृष्ण पौडेलले भविष्यमा कोदो मुख्य खाद्यान्नको रुपमा रहेकाले खेती विस्तार गर्दै जानुुपर्ने बताउनुुभयो । मुलुकमा कोदोको प्रयाप्त उत्पादन गर्ने सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक रुपमा ठुलो परिणाममा बाहिरबाट आयात भइरहेकाले उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न अति आवश्यक रहेको उहाँले बताउनुभयो ।

कोदो पौष्टिक तत्वयुक्त भएको बालिलोप हुँदै गएपछि दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुुभयो ।
राष्ट्रिय कृषक समुुह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोका औषधीय गुणहरु र अन्य पोषक तत्वहरुले गर्दा स्वास्थ्य खानपिनका सम्बन्धी व्यवहारका लागि कोदोको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुु भएको छ । धान, मकै र गहुुँपछिको चौथौ खाद्यान्न बालीको रुपमा रहेको कोदोबालीलाई बाँझो जमिनमा रोपेर उत्पादन बढाउन लाग्नुुपर्ने बताउनुुभयो ।

सिंचाई र उर्वरताको कमी भएको स्थापनामा समेत खेती हुनुुका साथै जैविक विविधताका दृष्टिले महत्व रहेकाले कोदोलाई सरकारले राष्ट्रिय बालीको रुपमा स्थापित गराउन उहाँले आग्रह गर्नुुभयो ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा कोदो उत्पादन हुने क्षेत्रफल साढे दुई लाख हेक्टर छ । मन्त्रालयका अनुसार मुलुकमा वार्षिक तीन लाख टन कोदो उत्पादन हुन्छ । तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा बढी कोदो उत्पादन हुन्छ । देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुन्द्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ । भन्सार विभाग तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ७५ करोड ४४ लाख ५५ हजार रुपियाँ बराबरको कोदो आयात भएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ७३ करोड २० लाखको कोदो आयात भएको थियो ।

राष्ट्रिय कृषक समुह महासंघले एक जना किसानलाई सम्मान गरेको छ । त्यस्तै कोदोमा समाचार लेख्ने पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने अनाजले घोषणा गरेको छ । सर्वोत्कृष्ट पुरस्कारबाट हिमालय दैनिकका पत्रकार लेखनाथ पोखरेल, उत्कृष्ट पुरस्कारबाट ममता थापा (अन्नपूर्णपोष्ट) र मदन पौडेल (उज्यालो नेटवर्क) पुरस्कृत हुनुभएको छ । त्यस्तै प्रोत्साह पुरस्कारबाट सरिता थारु, रवी थापा र प्रशान्त खड्कालाई पुरस्कृत गरिएको छ ।

तपाईको प्रतिक्रिया