Khadya Bibhag

जसपा नेपालको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु

काठमाडौँ साउन ३० गते । जनता समाजवादी पार्टी नेपालले सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।
साउन २७ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ ।
जसपा नेपालको पाँच लाख क्रियाशील सदस्य पुर्याउने गरी केन्द्रीय सदस्य बैठकले पार्टीको लक्ष्य र कार्यदिशा निर्धारण गरेको छ ।
आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टीपंक्ति नेतृत्वलाई संगठन निर्माणमा होमिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिनुभएको छ ।
आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्नेगरी ग्रास रुटका जनतामा होमिन अध्यक्ष यादवले आह्वान गर्नुभएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित भयो ।
बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको छ ।
यही भाद्र ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नुहुनेछ ।
प्रथम चरणमा यो जनअभियान चार महिनाको लागि मंसिर मसान्तसम्मको लागि तोकिएको छ ।
साउन २७ गतेदेखि जारी चार दिवसीय केन्द्रीय समिति बैठक आज समापन भयो ।

तपाईको प्रतिक्रिया