दक्षिण एसियाली देशमध्ये एक बंगलादेशमा भएको आन्दोलनका कारण त्यहाँका प्रधानमन्त्री शेख हसिनालाई देश छाडेर भाग्नु पर्यो । शेख हसिना बंगलादेशमा १५ वर्षसम्म शासन गर्नुभयो । उहाँको हरेक क्षेत्रमा पकड थियो । छिमेकी राष्ट्र भारतसँग राम्रो सम्बन्ध थियो । उहाँले बंगलादेशमा लोकतान्त्रिक व्यवस्थामार्फत त्यहाँ आफ्नो स्थान बनाउन सफल हुनुभयो । उहाँले बंगलादेशको विकासका लागि निकै मेहनत गर्नुभयो । शेख हसिना प्रधानमन्त्री भएपछि बंगलादेश आर्थिक मामिलामा निकै प्रगति गर्यो । यसको जस उहाँलाई नै जान्छ ।
तर हंसिनाको जसरी जसरी शक्ति बढ्दै गयो, त्यसरी त्यसरी उहाँमा अहंकार पनि बढ्दै गयो । उहाँमा यस्तो अहंकार बढ्न थाल्यो कि बंगलादेशमा आफू र आफ्नो दलबाहेक अरु कसैलाई देख्न चाहनु भएन । विपक्षीविहिन बंगलादेशको कल्पना गर्न थाल्नुभयो । आफ्ना विपक्षी दल तथा त्यसका नेताहरुलाई दबाउन थाल्नुभयो । कतिपयलाई त हत्या नै गराउनु भयो भने कतिपयलाई जेलमा राख्नुभएको थियो । पाकिस्तानबाट स्वतन्त्र हुने बेला जो जो लडाई लडेका थिए उनको परिवारलाई बंगलादेशमा ३० प्रतिशत आरक्षणको व्यवस्था लागु गराउनमा लाग्नु भएको थियो । स्वतन्त्रका लागि लडेका अधिकाँश परिवार अबामी लिग अर्थात शेख असिनासँग थिए ।
आरक्षण पाउने नै उनीहरु थिए । त्यसको भित्रि रहस्य के थियो भने आरक्षण दिएर सरकारी सबैमा सबैलाई भर्ना गर्ने र त्यसको माध्यमबाट आफ्नो शासन सत्तालाई झन बलियो बनाएर एक तन्त्रिय शासन व्यवस्था कायम गर्न चाहना थियो । हसिना त्यो बाटोमा हिडिसक्नु भएको थियो तर बंगलादेशका विद्यार्थी जाग्नुभयो । हसिनाको विरुद्धमा आन्दोलन सुरु भयो । तर त्यो आन्दोलनलाई हसिनाले हल्का रुपमा लिनुभयो । ती आन्दोलनकारीलाई उहाँले आतकंवाद भनेर सम्बोधन गर्नुभएको थियो । त्यसले त्यहाँका जनतामा झन आक्रोश थपियो ।
त्यही आन्दोलन हो जुन आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजिनामा दिएर रातारात बंगलादेश छाडेर भारतको शरणमा जानुभयो । कुनै शासकले जब आफ्नो जमिजमाइ शासन व्यस्था छाडेर देश छाड्छन् तब बुझ्नुस् । जनताले परिवर्तन चाहेको छ । परिवर्तन मात्र होइन आमूल परिवर्तन चाहेको छ ।
बंगलादेश जस्तो नेपालमा पनि अवस्था आउन सक्दैन भनि भन्न सकिदैन । यहाँका पनि लोकतान्त्रिक शक्तिहरु निरकुंश शासन व्यवस्थाको अभ्यासमा लागिसकेको छ । यहाँ पनि एउटा शक्तिले अर्कोलाई दबाउन, जेल पठाउने, मर्न र मार्न लगाउने काम पनि गर्न थालेका छन् । यो देश दुई दलीय शासन व्यवस्थाबाट सञ्चालन गर्ने भनि खाका तयार गरिसकेका छन् । अहिलेलाई दुई दलको शासन व्यवस्था बनाउने त्यसपछि विपक्षीलाई सकाउने र सारा सिस्टम आफ्नो हातमा लिने र पछि एक दलीय शासन व्यवस्था कायम गर्ने मनसुवा देखिएको छ ।
यो नेपाल वा बंगलादेशमा मात्र देखिएको छैन । भारत, पाकिस्तान, म्यानमार, श्रीलंका जस्तो देशमा पनि देखिएको छ । दक्षिण एसियाको देशमा एउटा सबभन्दा नराम्रो पक्ष भनेकै यही हो । जो शक्तिमा आउँछन् त्यसले आफूलाई सर्वशक्तिमान ठान्छन् । त्यो शक्तिलाई सदुपयोग भन्दा बढी दुरुपयोग गर्न थाल्छन् । नेपाल पनि त्यही पथमा हिडि सकेको छ । अहिले पनि केही बिग्रेको छैन ।
नेपालका शीर्ष नेता देश बनाउन इमान्दारीपूर्वक लाग्नुपर्यो । जनमुखी कार्यलाई प्राथमिकता राखेर काम गर्दै जानुपर्छ । त्यो कुरा शेख हसिनाले गर्न सक्नुभएन । देश बनाउन उहाँ र उहाँका परिवारको योगदान ठूलो छ । उहाँको योगदान र कामको प्रशंसा हुन्थ्यो तर पछिल्लो क्रियाकलापले गर्दा उहाँले बंगलादेशमा गर्नुभएको क्रियाकलापका कारण जनताले देश छाड्न बाध्य बनाइ दियो । बंगलादेशको अवस्था हेरेर नेपालका शीर्ष नेता तथा शासक वर्गले पाठक सिकी सचेत रहनु पर्ने अवस्था आइसकेको छ ।
तपाईको प्रतिक्रिया