जीवनमा सबै कुरा सोचे जस्तो हुँदैन । लिएका सबै लक्ष्य पुरा हुँदैन । कहिले काही हिडि रहेको बाटो बिचैबाट मोडिन्छ । र अर्को यात्रा तय हुन्छ । हो त्यस्तै भएको प्रियंका पाण्डेको जीवनमा । ३९ वर्षीय प्रियंका पाण्डेले डाक्टर बन्छु भनि लक्ष्य लिएर एसएलसीपछि साइन्स पढ्नु भएको थियो । तर परस्थितिले उहाँलाई पत्रकार बनाइ दियो । एमबीबीएस डाक्टर बन्न नसकेपछि एचएसम्म पनि पढौं भनेर उहाँले त्यसको लागि फर्म पनि भर्नु भएको थियो तर परस्थितिले अर्कैतिर डोर्याई दियो ।
घरमा एकपटक उहाँका बुबा (प्रेमलाल पाण्ड)ले छोरा र छोरीमध्ये एक जनालाई डाक्टरी पढाउछु को पढ्ने भनि सोध्नु भएको थियो । प्रियंका घरका जेठी छोरी हुनुहुन्छ । उहाँले भाइलाई पढाई दिनुस् भनि बुबालाई भन्नुभएको थियो । सायद आर्थिक अवस्थाका कारण उहाँका बुबाले दुईटै छोराछोरीलाई डाक्टर पढाउन सक्ने अवस्थामा हुनुहुन्थेन । एक जनालाई मात्र पढाउने भनेपछि प्रियंकाले आफ्नो भाइलाई रोज्नुभयो । जब कि उहाँलाई स्वयं डाक्टर बन्ने इच्छा थियो ।
भाइलाई डाक्टर बनाउने भएपछि उहाँका आमाबुबाले प्रियंकालाई शिक्षिका बनाउने सोच बनाउनु भएको थियो । तर प्रियंका जसरी पनि स्वास्थ्यतिर नै जाने सोचले एचए पढौं भन्ने लागेको थियो । तर उहाँका आमाबुवाले बीएड पढ्न भन्नुभएको थियो । तर न उहाँका आमाबुबाको सोच पुरा भयो न प्रियंकाको । उहाँ पत्रकार बन्नुभयो । प्रियंका रेडियो, टिभी, पत्रिकालगायतमा काम गरिसक्नु भएको छ । एक समय रेडियो र टिभीका चर्चित आरजे तथा पत्रकार हुनुहुन्थ्यो उहाँ । उहाँको कार्यक्रमको चौतर्फी चर्चा हुन्थ्यो । वीरगञ्जदेखि काठमाडौँसम्म पत्रकारिताको क्षेत्रमा आफ्नो छाप छाड्न सफल हुनु भएका प्रियंका अहिले त्यस क्षेत्रमा सक्रिय हुनुहुन्न । उहाँको बाटो बिचैमा मोडिएको छ ।




चाइनामा जागिर

तपाईको प्रतिक्रिया