Khadya Bibhag

कोलम्बो ‘आर्ट एक्स्पो’ मिथिला चित्रकाला

चित्रकार एससी सुमन श्रीलंकामा सम्पन्न ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको थियो । असोज २१ गतेदेखि २९ गतेसम्म चलेको सो प्रदर्शनी एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलंकको कला संकायको सहकार्यमा आयोजना गरिएको थियो । एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएको थियो ।

अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको थियो । उहाँले प्रदर्शन गर्नुभएको चित्रकालामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगतको भाव समेटिएको छ । अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइको बताउँदै उहाँले एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको बताउनुभयो ।

“सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका बताउँदै उहाँले यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिएको बताउनुभयो । सो एक्स्पोमा आठ देशका ४० जना कलाकारको चित्रकाला प्रदर्शनीमा राखिएको थियो । चारदशकदेखि मिथिला कलामा सक्रिय उहाँले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया