एफएओले एशिया प्रशान्त क्षेत्रका कृषिउत्पादन प्रणालीलाई रूपान्तरण गर्न नयाँ विज्ञान र नवप्रवर्तन नेटवर्क सुरू गरेको छ । दिगो कृषि उत्पादन प्रणालीको रूपान्तरणले धेरै नीतिगत तहमा समन्वयात्मक प्रतिक्रियाको आवश्यकता पर्ने भएकाले विशेष गरी एशिया प्रशान्त क्षेत्रमा खाद्य सुरक्षा र जीविका सुनिश्चित गर्न संयुक्त राष्ट्र संघको खाद्य र कृषि संगठनले चीनमा आयोजित ‘एक देश एक उत्पदन’ दोस्रो क्षेत्रीय आयोजनात्मक समूहको बैठकमा जारी छ ।
एफएओद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रशान्त क्षेत्रका बाइस वटा देशहरूले बीस छुट्टै विशेष कृषि उत्पादनको पहिचान गरेका छन्, जसमा केही सामान्य चामलभन्दा कम परिचित छन् तर विशाल सम्भावना राख्छन् । यी उत्पादनहरूले अझै पूर्ण रूपमा अनुसन्धान र कृषि विकास कार्यक्रमहरूको लाभ प्राप्त गरेका छैनन् । तर, यी उत्पादनहरू खाद्य सुरक्षा र स्वस्थ आहार सुनिश्चित गर्न महत्वपूर्ण उदाहरणहरू हुन् र मुख्यधारा उच्च मूल्यका घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा र बजारमा समावेश गरिने सम्भावना छ ।’
‘विज्ञान र नवप्रवर्तनलाई अगाडि ल्याएर, यो नयाँ नेटवर्कले देशलाई आफ्ना विशिष्ट कृषि उत्पादनहरूको मूल्य अधिकतम बनाउन मद्दत गर्नेछ’, एफएओका सहायक महासचिव तथा एशिया र प्रशान्तका क्षेत्रीय प्रतिनिधि जोङ जिन किमले भन्नुभयो, ‘हामी सांस्कृतिक रूपमा महत्वपूर्ण र पारिस्थितिक रूपले अनुकूल विकास गरेर समावेशी वृद्धि, दिगो कृषि, र सुधारिएको खाद्य सुरक्षा सुनिश्चित गर्ने मार्गहरू सिर्जना गर्दैछौं ।’
तपाईको प्रतिक्रिया