जनकपुर मंसिर १६ गते । सरकारले उखुको मुल्य वृद्धि गरे पनि किसान त्यसबाट खुशी देखिएको छैन । मुल्य निर्धारण भएपछि मिलहरु धमाधम सञ्चालनमा आउन थालेका छन् तर किसान खुसी देखिएका छैनन् । सरकारले उखुको समर्थन मूल्यमा वृद्धि गरेको २० रुपियाँलाई ‘दान’ र ‘भिख’ भन्दै किसानले असन्तोष व्यक्त गरेका छन् ।
उखु कृषकले भने उखुको समर्थन मूल्य उचित ढङ्गमा वृद्धि नगरे उखु खेतीबाटै पलायन हुने चेतावनी दिएका छन् । व्रmसिङ सिजन २०८१÷०८२ का लागि उद्योगले दिनुपर्ने उखुको प्रतिक्विन्टल मूल्यमा सरकारले २० रुपियाँ बढाएको छ । वृद्धि हुनुअघि उखुको मूल्य उद्योगले ५४० र सरकारले दिने अनुदानबापत ७० गरी प्रतिक्विन्टल ६१० रुपियाँ थियो ।
२० रुपियाँ वृद्धि भएपछि अब किसानलाई उद्योगले ५६० रुपियाँ भुक्तानी दिनुपर्ने भएको छ । सरकारले दिँदै आएको ७० रुपियाँ अनुदानमा कति थप्ने हो टुङ्गो लागिसकेको छैन । उखु कृषकले आकासिँदै गएको चिनीको मूल्य र बढ्दै गएको खेतीको लागतका कारण प्रतिक्विन्टल उखुको न्यूनतम मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने माग गर्दै आएका छन् । उखु किसानको मागविपरीत सरकारले वृद्धि गरेको २० रुपियाँलाई ‘दान’ र ‘भिख’ भनी उखु उत्पादक महासङ्घ तथा जिल्ला तहमा रहेका उखु उत्पादक कृषक सङ्घले विरोध जनाएका छन् ।
एभरेस्ट सुगर मिललले आउँदो मङ्सिर अन्तिम सातादेखि उखु व्रmसिङका लागि प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरेको जनाएको छ ।
एभरेस्टले यही मङ्सिर २० गतेदेखि किसानलाई उखुको चलान पुर्जी पनि वितरण गर्ने तालिका सार्वजनिक गरेको छ । चिनी मिलका अनुसार मेसिनरी ट्रायल, चेकजाँचलगायतका प्राविधिक काम पूरा भएकाले सञ्चालनका लागि मिल तयारी अवस्थामा छ । मिल गेटमा आवश्यक उखु आपूर्ति भएपछि मङ्सिर २६ देखि उखु व्रmसिङ गर्ने तयारीमा छ ।
व्रmसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र बाँकी उखु महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा रहेका ३३ वटा खरिद केन्द्रमार्फत आपूर्तिको व्यवस्था मिलाइएको एभरेस्ट मिलले जनाएको छ । गत वर्ष एभरेस्टले व्रmसिङ सिजन २०८०÷८१ मा २९ लाख चार हजार ५११ क्विन्टल उखु व्रmसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा छ लाख क्विन्टल बढी उखु व्रmसिङको लक्ष्य लिएको महाप्रबन्धक शुक्लाले जनाउनुभयो ।
गत वर्षदेखि उखु तौल गराएको पाँच दिनभित्र किसानको खातामा भुक्तानी दिने व्यवस्थालाई यसपाला पनि कायम राखेको एभरेस्टले जनाएको छ ।
तपाईको प्रतिक्रिया