Khadya Bibhag

सार्कलाई लिएर ओलीलाई किन यतिसारो चिन्ता ?

भारतका विदेशमन्त्री एस.जयशंकरले नेपालका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भन्नुभयो, ‘क्या आप का देशका कोइ सैनिक के देहान्त के बाद भी आपलोग अपने देश मे सार्क सम्मेलन कराते ?’ अर्थात यदि तपाईको देशमा कुनै सैनिकको मृत्यु भएपछि पनि तपाईले आफ्नो देशमा सार्क सम्मेलन गराउनु हुन्थ्यो भनि प्रश्न उहाँले गर्नुभएको थियो । ।
गत भदौंमा भारत भ्रमणमा गएको बेला परराष्ट्रमन्त्री आरजुले सार्क सम्मेलनको विषयमा त्यहाँका विदेशमन्त्री एस.जयशंकरसँग जिज्ञासा राख्दा उहाँबाट यस्तो प्रतिकृया आएको थियो । २०७३ मा जम्मु काश्मिरको उरीमा पाकिस्तानले आक्रमण गरेपछि १९ जना भारतीय सैनिकको ज्यान गएको थियो । त्यसैलाई संकेत गरी विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री आराजुलाई त्यो कुरा भन्नुभएको थियो ।
उरीको घटनापछि भारतले पाकिस्तानमा सार्क सम्मेलन भएपछि आफू नजाने भनेको थियो । त्यसबेलादेखि स्थगित रहेको सम्मेलन हालसम्म भएको छ । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार रुपमा सार्क सम्मेलनको कुरा उठाउदै आउनु भएको छ । सार्क सम्मेलन गराउन भारतलाई दबाव दिँदै आउनु भएको छ । उहाँले विभिन्न औपचारिक, अनौपचारिक कार्यक्रममा सार्कको बारेमा बोलेर भारतलाई दबाब दिइरहनु भएको छ । हालै सम्पन्न एमालेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत कार्यपत्रमा पनि उहाँले सार्कको विषय उठाउनु भएको छ । र सार्क सम्मेलन हुन नसक्नुमा भारतलाई दोषी देखाउनु भएको छ ।
उहाँले भारत र पाकिस्तान बिचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उल्लेख गर्दै सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा पुगेको र बिम्स्टेक कामकाजी बन्न नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले पुस ९ गते नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीलाई बालुवाटारमा बोलाएर भेटवार्ता गरी सार्कको बारेमा चर्चा गर्नुभएको थियो । भारतसँग सम्बन्ध खराब रहेको बेला प्रधानमन्त्री ओलीले पाकिस्तानी राजदुत एब्रारलाई बोलाएर सार्कको कुरा गरेर झन चिढाउने काम गरेको बताएको छ ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सो भेटघाटमा जोड दिनुभएको थियो । उहाँले कुनै दुई मुलुकबीचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको बताउनु भएको थियो । राजदूत हस्मीले आफूहरू पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराउनु भएको थियो ।
प्रधानमन्त्री अ‍ोलीले आफ्नो प्रतिवेदनमा दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्नुभएको छ । उहाँले छिमेकी देशहरुको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले आवश्यक ध्यान दिन नसक्दा उसँग यस क्षेत्रका देशहरुको द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न नसकेको दावी गर्नुभउयो । उहाँले आफ्नो राजनीति प्रतिवेदनमा भनेका छन्, ‘नेपालको भारतसँग रहेका सीमा, १९५० को सन्धी, व्यापार घाटा लगायतका विषयहरु अझै थाती रहेका छन् ।’

तपाईको प्रतिक्रिया