Khadya Bibhag

परिवर्तनका लागि राजनीति रोज्नु भएका पुष्पा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष पुष्पा ठाकुरलाई एक जुझारु र क्रान्तकारी महिलाको रुपमा चिनिन्छ । भारत विहारको सहर्सा जिल्लाका ६२ वर्षिय पुष्पा ठाकुर बिहे गरेर नेपाल आएपछि यहाँको असमानता र विभेदको विरुद्धमा संघर्ष गर्न थाल्नुभएको थियो । सुरुमा उहाँले आफ्नो कलमबाट संघर्ष सुरु गर्नुभयो, त्यसपछि उहाँ सक्रिय राजनीतिमा नै लाग्नुभयो ।
नेपालमा आफ्नो राजनीति यात्रा महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबाट गर्नुभएको थियो । र हालसम्म उहाँ लोसपा नेपालमा आवद्ध भएर मधेशको अधिकार र पहिचानका लागि संघर्षमै हुनुहुन्छ । एक लेखिका तथा समाजिक अभियन्ताका रुपमा उदाउनु भएका पुष्पा ठाकुर अहिले सक्रिय राजनीतिमा हुनुहुन्छ ।
राजनीति
पुष्पा ठाकुर ९ कक्षामा पढ्दा नै जयप्रकाश नारायण आन्दोलनमा आवद्ध भइसक्नु भएको थियो । उहाँको बुवा श्रीनारायण झा भारत विहारको वीरपुरमा ब्लक विकास अधिकारी (बिओडी) हुँदा पुष्पा पनि त्यही अध्ययनरत हुनुहुन्थ्यो । जयप्रकाश नारायणको आन्दोलन हुँदा निस्केको विद्यार्थीको जुलुसमा पुष्पा र उहाँका दुई जना दाई पनि हुनुहुन्थ्यो । त्यो जुलुस बीडियो आक्रमण गर्न गइरहेको थियो । बिडियोका हाकिम पुष्पाका बुबा हुनुहुन्थ्यो । बिडियो अफिसमाथि आक्रमण गर्नेलाई श्रीनारायण झाले गोली हान्नेसम्मको आदेश दिनुभएको थियो । जुन जुलुसलाई उहाँको छोरी पुष्पा र दुई जना छोराले अगुवाई गर्नुभएको थियो ।
पुष्पा भन्नुहुन्छ, ‘हामी आफ्नो कर्तव्यमा थियौं, बुबा आफ्नो कर्तव्यमा हुनुहुन्थ्यो । सरकारको विरुद्धमा आन्दोलन भइरहेको थियो । बुबा सरकारी मान्छे भएको कारण त्यसलाई संरक्षण गर्ने जिम्मेवारी उहाँको थियो र सरकारको विरोध गर्ने हाम्रो कर्तव्य थियो ।’
पुष्पा ठाकुरमा राजनीतिक चेतना पहिलादेखि नै भए पनि त्यो आन्दोलन उहाँको पहिलो आन्दोलन थियो । भारतको राजनीति र त्यतिबेला त्यहाँ भइरहेको विभिन्न आन्दोलनबाट पुष्पा परिचित हुनुहुन्थ्यो । उहाँको घरमा पनि राजनीतिक गतिविधिहरु भइरहन्थ्यो । जयप्रकाश नारायणका उहाँहरु अनुनायी नै हुनुहुन्थ्यो । विभिन्न दलका नेताहरु पुष्पाका घरमा उहाँका बुवा तथा दाइहरुलाई भेट्न आउनु हुन्थ्यो । त्यहाँ हुने राजनीतिमा बहसमा पुष्पा पनि सामेल हुने गर्नुहुन्थ्यो । पुष्पा भन्नुहुन्छ, ‘मेरा घरमा आउने नेता तथा वरिष्ठ व्यक्तिको छलफलमा सामेल नहुने कुरा थिएन, बुवाले मज्जाले बसेर कुरा सुन्न दिनुहुन्थ्यो, आफ्नो कुरा राख्न दिनुहुन्थ्यो ।’

मधेशको अधिकार र पहिचानका लागि आफूले कलमबाट नै संघर्ष गरिरहेको हुनाले सक्रिय राजनीतिमा नआउने बरु बाहिरबाट के कति सहयोग गर्नुपर्छ गर्छु तर प्रत्यक्ष राजनीतिमा नआउने जवाफ दिनुभएको थियो ।

जयप्रकाश नारायणको आन्दोलन तथा अभियानबाट पुष्पाको परिवार यति प्रभावित हुनुहुन्थ्यो कि इन्दिरा गान्धीको तस्विरसँग जयप्रकाश नारायणको तस्विर पनि झुण्ड्याइएको थियो । घरको वतावरण राजनीतिक भएको कारण पुष्पामा राजनीति चेतनाको विकास सानैदेखि भएको थियो । त्यही भएर नेपालमा यहाँको राजनीति बुझ्न र त्यसमा सामेल हुन समय लागेन । पुष्पामा रहेको त्यही क्रान्तकारी सोच र लडाकु स्वभावका कारण पढाई छाड्नु परेको थियो । उहाँ भन्नुहुन्छ, ‘म होस्टलमा बसेर पढ्थे तर त्यहाँको कलेजमा विजुली बत्ती तथा खेलकुदलका सामाग्रीका लागि आन्दोलनको अगुवाई गर्थे त्यो कुरा मेरो ससुराली पक्षलाई मन परेको थिएन त्यही कारणले पढाई पनि छाड्नु पर्यो ।’
नेपालमा राजनीति
पुष्पा ठाकुर १६ वर्षको हुँदा सन् १९७८ मा सप्तरी बनिनियाँका कृतयानन्द ठाकुरसँग बिहे भएको थियो । त्यति सानो उमेरमा पुष्पालाई बिहे गर्ने मन थिएन । पढाई लेखाइ गरेर केही बन्ने अनि मात्र बिहे गर्ने उहाँको सोच थियो । उहाँको बुबाको सोचाइ पनि त्यही थियो । तर पुष्पाका हजुर आमाले पुष्पाको बिहेको लागि जिद्द गरेपछि उहाँको बुवाले बिहे गराउनका लागि राजि हुनुभएको थियो ।
बिहे गरेर नेपाल आइसकेपछि श्रीमान कृतयानन्दसँग बाहिर बाहिरै हुनुहुन्थ्यो । कृतयानन्द इन्जिनियर हुनुहुन्थ्यो । जागिरको शिलशिलामा देशका विभिन्न ठाउँमा सरुवा भइरहन्थ्यो । बिहे गरेर आउँदा कृतयानन्दको पोस्टिङ झापाको इलाममा थियो । पुष्पा ठाकुर पनि त्यही जानुभयो । सुरुमा त्यहाँ पुष्पालाई त्यहाँ भाषा, सँस्कृतिको निकै समस्या भयो । घरमा काम गर्नेलाई बजारबाट एउटा कुरा ल्याउन भन्नुहुन्थ्यो तर अर्को थोक ल्याएर दिनुहुन्थ्यो । एकपटक त घरमा काम गर्नेलाई च्युरा ल्याउन बजार पठाउँदा घरमा लगाउने चुरा ल्याइ दिएको थियो । कहिले काही आफै पसलमा जाँदा एक थोृक माग्दा अर्को थोक दिन्थ्यो ।
सुरुमा उहाँलाई भाषालाई लिएर निकै गाह्रो भएको थियो तर पुष्पा त्यसबाट कहिले हार मान्नुभएन । उहाँ त्यहाँका पहाडी समुदायसँग घुलमिल हुनुभयो । जबर्जस्ती बोल्नु हुन्थ्यो । जस्तो हुन्थ्यो त्यस्तै बोल्नु हुन्थ्यो । उहाँले त्यसरी बोल्दा कहिले लाज मान्नु भएन । पहाडी समुदायमा घुलमिल हुन र भाषा सिक्नमा उहाँ गाह्रो भएन । जागिरको क्रममा पुष्पा आफ्नो श्रीमानसँग ३२ वटा जिल्ला पुग्नु भएको छ । त्यसले उहाँलाई निकै नै फाइदा भयो । श्रीमानसँग नेपाल मात्र होइन, विदेश घुम्ने मौका पनि पाउनु भएको छ ।
पुष्पा भन्नुहुन्छ, ‘म आफूलाई भाग्यमानी नै ठान्छु बिहे हुनुअघि बुवासँग हुँदा भारतको विभिन्न ठाउँमा घुम्ने जाने मौका पाए । यता बिहे गरेर आएपछि विभिन्न ठाउँ घुम्ने मौका पाए त्यसले गर्दा मलाई समाजिक तथा राजनीतिक काम गर्न सजिलो भएको छ ।’ छोराछोरी ठुलो भएपछि पढाई लेखाइमा डिस्टर्व हुन थालेपछि पुष्पा काठमाडौँ बस्न थाल्नुभयो । नत्र त्यसअघि जहाँ जहाँ श्रीमान जानुहुन्थ्यो बच्चाहरुलाई लिएर त्यही जानुहुन्थ्यो । तर पछि विद्यालयहरु परिवर्तन भइरहेका कारण पढाईमा कमिकमजोरी हुन थालेपछि उहाँ काठमाडौँ नै बस्न थाल्नुभयो ।
लेखन तथा राजनीति
पुष्पा पहिलादेखि नै लेख पढमा रुची राख्नुहुन्थ्यो । उहाँमा राजनीतिक तथा समाजिक चेतना भएको कारण उहाँलाई लेख्ने रुची पनि पहिलादेखि नै थियो । तर नेपाल बस्न थालेपछि झन उहाँमा लेखनमा हुत्यायो । उहाँ भन्नुहुन्छ, ‘म श्रीमानसँग नेपालको विभिन्न ठाउँमा जाँदा समाज बुझ्ने मौका पाए, एक अर्का समुदायप्रति के कस्तो सोच राख्छन् त्यो पनि बुझ्ने मौका पाए त्यसले मलाई लेख्न उक्सायो ।’ समाजमा देखिएको विभेद र असमानतालाई कसरी अभिव्यक्त गर्ने सोच्दै गएपछि लेखनलाई अपनाएको बताउँदै उहाँले नेपालका विभिन्न ठाउँमा जाँदा मधेशीप्रतिको सोच र व्यवहारमा धेरै फरक पाउनुभयो । कतिपय ठाउँमा उहाँ आफै पनि विभेदको सिकार हुनुभयो ।
पहिलो संविधानसभाको चुनावपछि पुष्पाका छोरी एउटा बुटिकमा जाँदा त्यहाँ भारतीय भनेर गरेको विभेदलाई पुष्पा स्मरण गर्नुहुन्छ । छोरीमाथि भएको विभेद, एक जना छोरीमाथि मात्र नभएर पुरै मधेशी समुदायमाथि नै भएको मसुस गरेर पुष्पाले त्यो बुटिकमा काम गर्ने महिलामाथि प्रहरीमा उजुरी नै दिनुभएको थियो । प्रहरीले दुई पक्षलाई बसाएर छलफल गराउनु भएको थियो । त्यसमा पुष्पाले बुटिकमा काम गर्नेलाई माफी मात्र माग्न लगाउनु भएन उहाँलाई मधेशी पनि नेपाली हुन् भनि जोड जोडले १० चोटी भन्न लगाउनु भएको थियो ।

रमा काम गर्नेलाई बजारबाट एउटा कुरा ल्याउन भन्नुहुन्थ्यो तर अर्को थोक ल्याएर दिनुहुन्थ्यो । एकपटक त घरमा काम गर्नेलाई च्युरा ल्याउन बजार पठाउँदा घरमा लगाउने चुरा ल्याइ दिएको थियो ।

त्यति मात्र होइन, एक महिना अगाडि पनि जावलाखेलामा पुष्पा ठाकुर आफै एउटा गहना पसलमा जाँदा आफ्नो नानीको नाममा मिश्रा थर लेखाउदा नेपाली होइन जस्तो व्यवहार त्यहाँ काम गर्नेले गरेका थिए । मिश्रको ठाउँमा बिष्ट लेख्न खोज्दा अर्को कामदारले बिष्ट थर नेपालीले मात्र लेख्छन्, मिश्र थर नेपाली हुँदैन भनेपछि पुष्पा ठाकुलाई रिस उठेको थियो । त्यहाँ पनि उहाँले प्रतिवाद गर्नुभएको थियो । मिश्र पनि बिष्ट जस्तै नेपाली नै हो, नेपालको अवस्था बारे थाह छैन भने अध्ययन गर्नुस् थुप्रै मिश्र पहाडी पनि छन् भन्दै उहाँले त्यहाँ रविन्द्र मिश्राको नाम लिनुभएको थियो ।

अर्थात पुष्पा ठाकुरले मधेशी भएको कारणले थुप्रै ठाउँमा यसखालको विभेदको शिकार हुनु परेको छ तर उहाँले हरेक ठाउँमा प्रतिवाद गर्नुहुन्छ, त्यसको जवाफ दिनुहुन्छ । त्यसले उहाँलाई झन बलियो बनाएको छ । ती कुराहरु उहाँको साहित्य र तथा अन्य लेखनहरुमा पाइन्छ । उहाँले मैथिली भाषामा लेख्नुभएको कितपय कविता हेलो मिथिला कार्यक्रममा पनि प्रसारण भएको छ । मैथिली महिला समाजले प्रकाशन गर्ने स्मारिकामा पनि उहाँका लेखहरु प्रकशित छन् । मैथिली डट नेटमा पनि उहाँको कविताहरु प्रकाशित छ । लेखन कार्यले गर्दा गर्दा मधेशी समाजमा उहाँको पहिचान बढ्न थाल्यो ।
त्यही बेला उहाँको भेट संजिता वर्मासँग भएको थियो । त्यतिबेला संजिता वर्मा हिन्दी भाषाको हिमालिनीमा काम गर्न हुन्थ्यो । पुष्पा ठाकुरले लेख्नु हुन्छ भन्ने कुरा संजिता वर्मालाई पनि थाह थियो । उहाँले पुष्पा ठाकुरलाई लेख्नलाई झन हौसाउनुभयो । हिमालिनी पत्रिकामा नियमित लेख्नका लागि संजिता वर्माले आग्रह गर्नुभएको थियो ।
लेखनमा सक्रिय
पुष्पा ठाकुरको लेखनबाट गुनानन्द ठाकुर पनि प्रभावित हुनुभएको थियो । गुनानन्द ठाकुर पुष्पाका श्रीमानका दाजु अर्थात काकाका छोरा हुनुहुन्थ्यो । गुनानन्द ठाकुरले पनि पुष्पाको लेखन शैलीको प्रसंशा गर्दै अझै लेख्नका लागि उत्प्रेरित गर्नुभएको थियो । त्यसपछि पुष्पा हिमालिनीमा लेख्न सुरु गर्नुभएको थियो । पुष्पा ठाकुर भन्नुहुन्छ, ‘संजिता वर्माले लेखन कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो र उहाँले बाटो पनि देखाउनु भएको थियो तर सबभन्दा ठूलो कुरा आदरणीय गुनानन्द ठाकुरले मलाई लेख्नका लागि उत्प्रेरित नै गर्नुभएको थियो ।’ पुष्पाको पहिलो लेख थियो, ‘अब और नही’ । त्यो लेख मधेश आन्दोलन हुनुभन्दा पहिलाको लेख थियो ।
त्यसपछि नेपालको राजनीति बारे लगातार उहाँ लेख्न थाल्नुभयो । राजनीति विषयवस्तुमा उहाँले लेखेको लेखको चर्चा मधेशी समुदायमा हुन थाल्यो । त्यतिबेला अहिलेको जस्तो त्यति पत्रपत्रिका पनि थिएन । मधेश र मधेशी समुदायको बारेमा लेख्ने हिन्दी भाषामा सायद त्यो मात्र एउटा पत्रिका थियो । मधेशमा त्यसको थुप्रै पाठक थिए । उहाँको लेखन बेजोड र यथार्थपरक हुन्थ्यो ।

जनआन्दोलन भइसकेर अन्तरिम संविधान बनाउने काम भइरहेको थियो । त्यसमा मधेशबाट असन्तुष्टिहरु आइरहेको थियो । उपेन्द यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालसहित अन्य मधेशी नेताहरु सहभागि भएर .माइतीघरमा अन्तरिम संविधान जलाइएको थियो ।
फोरमको सल्लाहकार अस्विकार
संविधान जलाउँदा प्रहरीले उपेन्द्र यादवसहित अन्य आन्दोलनकारीलाई पक्राउ गरेपछि तराई मधेशमा आन्दोलन सुरु भएको थियो । त्यो बेला पुष्पा बिराटनगरमा हुनुहुन्थ्यो । बिराटनगरमा पनि आन्दोलन सुरु भइसकेको थियो । पुष्पा ठाकुर त्यहीको आन्दोलनमा आफ्नो सहभागिता देखाउनुभयो । उहाँ आन्दोलनमा मात्र सहभागी हुनुभएन त्यहाँबाट हिमालिनी पत्रिकामा रिर्पोटिङ पनि गर्नुभयो । आन्दोलनको बारेमा उहाँले विभिन्न समाचार तथा लेखहरु प्रकाशन गर्नुभयो ।
आन्दोलनपछि काठमाडौँ लगायतका तराई मधेशमा मधेशी जनअधिकार फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादवको चहल पहल तथा चर्चा सुरु भइसकेको थियो । काठमाडौँमा पुष्पा ठाकुरको सम्पर्क निलम वर्मासँग भएको थियो । निलम वर्मा त्यतिबेलासम्म फोरममा आवद्ध भइसक्नु भएको थियो । फोरमका बैठकहरुमा जान थाल्नुभएको थियो । एउटा बैठकमा निलम वर्माले पुष्पा ठाकुरलाई पनि लिएर जानुभयो । त्यो बैठकको नेतृत्व उपेन्द्र झाले गर्नुभएको थियो ।
पुष्पा ठाकुरको परिचय गराए पछि उपेन्द्र झाले उहाँलाई राजनीतिमा आउन आग्रह गर्नुभयो ।
तर पुष्पाले अहिले सक्रिय राजनीतिमा आउने बेला भएको छैन आफू कलम नै संघमधेशको अधिकार र पहिचानका लागि आफूले कलमबाट नै संघर्ष गरिरहेको हुनाले सक्रिय राजनीतिमा नआउने बरु बाहिरबाट के कति सहयोग गर्नुपर्छ गर्छु तर प्रत्यक्ष राजनीतिमा नआउने जवाफ दिनुभएको थियो ।र्ष गरिरहेको धारणा राख्नुभएको थियो ।  त्यति हुँदा हुँदै पनि पुष्पा ठाकुरलाई मधेशी जनअधिकार फोरम नेपालको सल्लाहकारमा राखिएको थियो । तर उहाँले त्यसलाई विनम्रतापूर्वक अस्विकार गर्नुभएको थियो ।
तराई मधेशमा आन्दोलन सुरु भइसकेको थियो । त्यति नै बेला उहाँ विमार पर्नुभयो । उपचारका लागि दिल्ली जानुपर्ने र केही समय आराम गर्नुपर्ने भएकाले उहाँले सल्लाहकारमा नबस्ने कुरा उपेन्द्र झालाई खबर पठाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘पदमा बसेपछि काम गर्नुपर्छ काम गरिएन भने पद ओगटेर बस्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’
उहाँले हिमालिनीमा लेखन कार्यलाई रोक्नु भएको थिएन । मधेश आन्दोलन चलिरहेकै बेला ‘एकता कि शक्ति’ भनेर एउटा लेख लेख्नुभयो ।
त्यो लेख प्रकाशित भएको केही महिनापछि महन्थ ठाकुर, महेन्द्र राय यादवलगायतका नेताहरु अन्य अन्य पार्टी छाडेर तमलोपा गठन गर्ने तयारीमा लाग्नुभएको थियो । पुष्पा ठाकुर भन्नुहुन्छ, ‘मेरै लेखका कारण महन्थ ठाकुरहरु काँगेस पार्टी छाडेर नयाँ पार्टी बनाउनु भयो भनि म भन्न सक्दिन तर काँग्रेस, एमाले, माओवादीमा पनि थुप्रै मधेशी नेताहरु हुनुहुन्थ्यो जो त्यहाँ अप्ठ्यारोमा हुनुहुन्थ्यो, त्यहाँ उहाँहरुको केही चलिरहेको थिएन, बरु उहाँहरुमाथि विभेद नै भइरहेको थियो उहाँ सबै पार्टी छाडेर एक ठाउँमा आउनुभयो भने कति राम्रो हुन्छ भनि सोचले म त्यो लेख लेखेको थिए त्यसको केही दिनमा नै मधेशी नेताहरुले विभिन्न पार्टी छाड्नु भएको थियो ।’

त्यतिबेला पुष्पा ठाकुर मैथिली महिला समाजमा आवद्ध हुनुहुुन्थ्यो । विभिन्न दलबाट यसरी मधेशका लागि पार्टी त्याग गर्नुभएको छ भने उहाँहरुलाई सम्मान गर्नुपर्छ भनि प्रस्ताव मैथिली महिला समाजमा लग्नुभएको थियो । समाजले पनि ती सबै नेतालाई सम्मान गर्ने तयारी थाल्यो । काँग्रेस, एमाले लगायत विभिन्न दलबाट निस्किनु भएका मधेशी नेताहरुलाई मैथिली महिला समाजले सम्मान गरेको थियो । त्यसमा पुष्पा ठाकुरको विशेष भूमिका थियो ।
तमलोपा गठन
महन्थ ठाकुरहरुले तमलोपा बनाउन लाग्दा त्यसको अवधारणा सार्वजनिक गर्ने दिन त्यसका एक जना संस्थापक श्रीकृष्ण यादवले पुष्पा ठाकुरलाई फोन गरेर बोलाउनु भएको थियो । श्रीकृष्णले पुष्पा ठाकुरलाई पार्टीमा आवद्ध हुन आग्रह गर्नुभएको थियो । तर उहाँ मान्नु भएन । आफू लेखनमा नै केही समय रहने, राजनीतिमा आउने रुची छैन भनि पुष्पाले जवाफ दिनुभएको थियो । श्रीकृष्ण यादवको आग्रहमा त्यो कार्यक्रमको सञ्चालन पुष्पा ठाकुरले नै गर्नुभएको थियो ।
उहाँले सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको देखेर थुप्रै नेता पुष्पाबाट प्रभावित हुनुभएको थियो । कार्यक्रम सकेपछि ह्रदयश त्रिपाठीले पनि पुष्पा ठाकुरलाई तमलोपामा आवद्ध हुन आग्रह गर्नुभएको थियो । तर उहाँले ह्रदयश त्रिपाठीको कुरालाई पनि विनम्रतापूर्वक अस्विकार गर्नुभयो । अहिले राजनीति गर्ने कुनै रुची नै छैन, लेखनबाट नै केही गर्ने सोच छ अहिले एक दुई वर्ष यसैमा काम गर्ने भन्दै नेता त्रिपाठीको आग्रहलाई पनि टार्नुभएको थियो ।

राजनीति विषयवस्तुमा उहाँले लेखेको लेखको चर्चा मधेशी समुदायमा हुन थाल्यो । त्यतिबेला अहिलेको जस्तो त्यति पत्रपत्रिका पनि थिएन । मधेश र मधेशी समुदायको बारेमा लेख्ने हिन्दी भाषामा सायद त्यो मात्र एउटा पत्रिका थियो ।

त्यसपछि ह्रदयश त्रिपाठीले पुष्पालाई लिएर महन्थ ठाकुर कहाँ जानुभयो । त्यहाँ पनि पुष्पालाई पार्टीमा आवद्ध भएर काम गर्न आग्रह गरिएको थियो । महन्थ ठाकुरले भन्नुभएको थियो, ‘मधेशमा महिला राजनीतिकर्मीको त्यतिकै पनि अभाव छ, त्यसमा तपाईहरु जस्ता जुझारु महिला अगाडि आउनुपर्छ राजनीतिमार्फत मधेशलाई मुक्ति दिलाउनुपर्छ ।’
त्यहाँ पनि पुष्पाले मधेशका लागि राजनीति नै गर्नुपर्छ भने छैन अरु माध्यमबाट पनि काम गर्न सकिन्छ भन्दै केही समय आफू लेखनबाट नै मधेशका लागि केही गर्ने जवाफ दिनुभएको थियो । तर महन्थ ठाकुरले पुष्पालाई राजनीतिमा आउनै आग्रहपूर्वक दबाव दिनुभयो ।
‘तपाई राजनीतिमा आउनुस् तपाईलाई सम्मान र प्रतिष्ठामा मेरो तर्फबाट कुनै कमी हुनेछैन’, महन्थ ठाकुरले भन्नुभएको थियो । त्यसपछि पुष्पाले भन्नुभएको थियो, ‘तपाईले भने अनुसार म राजनीतिमा आउन त सक्छु तर मेरो एक दुईटा सर्त छ, मेरो वाक स्वतन्त्रता हनन हुनुहुँदैन, मेलै भनेको कुरामा सुनुवाई हुनुपर्छ म गलत भनेको हुन्छु भने त्यसलाई तर्कसहित काट्नुपर्छ यदि म ठिक छु भने सुनुवाई तथा कार्यान्वयन हुनुपर्छ । यो नयाँ हो, राजनीतिमा भर्खर आएको छ भनेर इगनोर गर्न पाइदैन ।’
महन्थ ठाकुरले त्यो सर्त पनि स्विकार गर्नुभयो । त्यसपछि पुष्पा तमलोपा गठन अभियान सरिक हुनुभयो । तमलोपा गठन हुन लाग्दा उहाँले महिलालाई विशेष स्थान दिनुपर्छ । विभिन्न ठाउँमा राख्नुपर्छ भनि पार्टीभित्र अवाज उठाउन थाल्नुभयो । तमलोपा गठन भएपछि उहाँ केन्द्रीय सदस्य तथा सदस्य बन्नुभयो । पहिलो संविधानसभा चुनाव भयो । त्यसमा उहाँको नाम समानुपातिकमा राखिएको थियो तर त्यो चाहना पुष्पाको थिएन । उहाँ चुनाव नै लड्न चाहनु भएको थियो । तर त्यतिबेला टिकट उहाँले पाउनुभएन । उहाँले टिकट पनि पाउनु भएन र उता समाुनपातिकमा पनि उहाँको नाम पनि निस्केन ।

तैपनि उहाँले कहि कतै कुनै गुनासो गर्नुभएन । उहाँ भन्नुभयो, ‘मेरा इच्छा समानुपातिकको थिएन, जनताबाट चुनाव जितेर आउनु थियो, चुनाव जितेर आउनुभन्दा राजनीतिमा अरु केहीमा आनन्द छैन ।’ संविधानसभाबाट संविधान निर्माणको काम सुरु भएको थियो । संविधानसभामा विभिन्न समितिहरु बनिरहेको थियो । त्यस बाहिर पनि संविधान निर्माणका लागि विभिन्न गतिविधिहरु भइरहेका थिए । मधेशको अधिकार र पहिचान संविधानमा समावेश गराउनका लागि आन्दोलनका विभिन्न दबावका कार्यक्रमहरु भइरहेका थिए ।
त्यसमा पुष्पा ठाकुर सक्रिय भएर लाग्नुभएको थियो । त्यति नै बेला अन्तर पार्टी महिला सञ्जाल पनि गठन भएको थियो । त्यसमा पुष्पा ठाुकर पनि सहभागि हुनुभयो । त्यस सञ्जालबाट पनि संविधान निर्माणमा सक्रिय सहयोग पुुर्याइ रहनुभएको थियो । सो सञ्जालले राजनीतिमा महिलाको अधिकार र पहिचानका लागि विशेष वकालत गरिरहेको थियो । संविधान निर्माणका लागि दबाव दिने उद्देश्यले भइरहेको विभिन्न आन्दोलनमा अग्रभाग नै पुष्पा ठाकुरलाई देखिन्थ्यो । अन्ततः पहिलो संविधानसभाबाट संविधान निर्माण भएन संविधानसभा नै विघटन भयो ।
२०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । त्यसमा पनि पुष्पालाई समानुपातिकमा नाम राख्ने चर्चा भइरहेको थियो तर पुष्पा ठाकुरले मान्नुभएन । उहाँले प्रत्यक्ष चुनाव नै लड्ने भन्नुभयो । टिकट लिएर सप्तरीको क्षेत्र नम्बर ४ मा चुनाव लड्नुभयो । तर उहाँले चुनाव जित्नुभएन । एमालेका ताराकान्त चौधरी जित्नुभयो । दोस्रो संविधानसभा त गठन भयो तर पहिलो संविधानसभा जस्तो मधेशीको शक्ति रहेन । मधेशी शक्ति निकै कमजोर भइसकेको थियो । थुप्रै नेताहरु त्यतिबेला चुनाव हार्नुभएको थियो । काँग्रेस, एमाले र माओवादीले जवर्जस्ती संविधान बनाउन चाहेका थिए । मधेशी, आदिवासी, जनजाति, पिछडिएको समुदायको अधिकारलाई बेवास्ता गर्दै पेलेर जान खोजेका थिए । त्यसका लागि मधेशवादी दलहरु आन्दोलन गरिरहेका थिए । ती आन्दोलनहरुमा पनि पुष्पा ठाकुर टाउको फेटा बाँधेर पार्टीको झण्डा बोकी अग्रमोर्चामा हुनुहुन्थ्यो ।
आन्दोलनका साथै महिला सञ्जालमार्फत उहाँले महिलाहरुलाई राजनीतिक प्रशिक्षण पनि दिनुहुन्थ्यो । अन्तर पार्टी महिला सञ्जालको अध्यक्ष समेत भइसक्नु भएका उहाँले कहिले काही पार्टीबाट पनि राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो । पार्टीका लागि उहाँ राम्रो वक्ता बनिसक्नु भएको थियो । आन्दोलनमा उहाँलाई वक्ताको रुपमा पनि आमन्त्रण गरिन्थ्यो । उहाँ विभिन्न समयमा चीन, क्यानाडा, अमेरिका, थाइल्याण्डलगायतको पनि भ्रमण गर्नुभयो । त्यसले उहाँमा राजनीतिक तथा समाजिक विकासमा झन सहयोग पुर्याएको थियो ।
लेखनमा ब्रेक
त्यतिबेलासम्ममा उहाँले हिमालिनीमा लेख्न छाडिसक्नु भएको थियो । पुष्पा ठाकुर भन्नुहुन्छ, ‘म जहिले पनि यथार्थपरक विषयवस्तुमा लेख्थे, त्यसले धेरैको चित्त पनि दुख्थ्यो तर जब म तमलोपामा आए अनि राजनीति विषयवस्तुमा बहस हुन थाल्यो, विधि विधान र पार्टी अनुशासनको कुराहरु हुन थाल्यो, त्यसपछि मलाई यथार्थ कुरा राजनीतिकर्मीको हैसियतले लेख्न मन लागेन । राजनीति पार्टीमा आवद्ध छु, त्यसको विधि, प्रकृया र अनुशासनलाई यदि मानेको छु भने मलाई लेख्न मन लागेन र लेख्ने कामलाई विराम दिए ।’

संविधानमा आफ्नो अधिकार पहिचानका कुरा राख्नका लागि मधेशी, आदिवासी, जनजातिहरु आन्दोलन गरिरहेका थिए । पुष्पा पनि आफ्नो पार्टीको तर्फबाट आन्दोलनमा सहभागि हुनुभएको थियो । काँग्रेस, एमाले, माओवादी र तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले १७ बुँदे सम्झौता गरेर फास्ट ट्रयाकबाट संविधान बनाउने निर्णय गरेका थिए । संविधानका लागि फटाफट काम भइरहेको थियो । यता आन्दोलन पनि तीव्ररुपमा अगाडि बढी रहेको थियो । अन्ततः २०७२ असोज ३ गते संविधान जारी भयो ।
काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा खुशीयालीमा दीपावली भयो भने तराई मधेशमा त्यो दिन ब्ल्याकआउट गरिएको थियो । त्यसको समर्थनमा काठमाडौँमा पनि कतिपय मधेशीले ब्ल्याकआउट नै गर्नुभएको थियो । त्यसमध्येका पुष्पा ठाकुर पनि एक हुनुहुन्छ । उहाँले पनि ब्ल्याक आउट गर्नुभएको थियो । संविधान निर्माण पश्चात पनि संविधान संशोधनका लागि आन्दोलन जारी रह्यो । नाकाबन्दीसम्मको अवस्था आयो । ती सबैमा पुष्पा ठाकुरको पनि सक्रिय सहभागिता थियो । २०७३ असार ६ गते तमलोपाको महाधिवेशन भयो । त्यो महाधिवेशनबाट पनि पुष्पा ठाकुर केन्द्रीय सदस्यको जिम्मेवारीको पाउनु भएको थियो ।

मधेशी शक्ति निकै कमजोर भइसकेको थियो । थुप्रै नेताहरु त्यतिबेला चुनाव हार्नुभएको थियो । काँग्रेस, एमाले र माओवादीले जवर्जस्ती संविधान बनाउन चाहेका थिए । मधेशी, आदिवासी, जनजाति, पिछडिएको समुदायको अधिकारलाई बेवास्ता गर्दै पेलेर जान खोजेका थिए ।

आन्दोलन चलिरहेकै अवस्थामा २०७४ को चुनाव भयो । त्यसमा पनि पुष्पा ठाकुरले टिकट पाए चुनाव नै लड्ने तर समानुपातिकमा नजाने भन्नुभएको थियो । पुष्पाले टिकट पाउनु भएन । पार्टीबाट चन्द्रकान्त चौधरीले टिकट पाउनु भएको थियो । उहाँ जित्नु पनि भयो ।
२०७४ को चुनावअघि नै विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी बनेको थियो । त्यो पार्टीमा पनि उहाँ केन्द्रीय सदस्य बन्नुभएको थियो । पार्टीमा उहाँको सक्रिय सहभागिता हुन्थ्यो । त्यो बिचमा राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी बिच एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । त्यो पार्टीमा पुष्पा ठाकुर केन्द्रीय सदस्य रहनुभयो ।
तर जसपा नेपाल धेरै समय एकिकृत रहन सकेन । पार्टी विभाजन भयो । महन्थ ठाकुरहरु त्यहाँबाट अलग भएपछि पुष्पा ठाकुर पनि अलग हुनुभयो । उहाँ महन्थ ठाकुरको साथमा रहनुभयो । तमलोपादेखि नै पार्टी पटक पटक विभाजन भयो । पार्टीमा विभिन्न गुट उपगुटहरु बनिरह्यो तर पुष्पा ठाकुरले महन्थ ठाकुरको साथ कहिले छाड्नु भएन । र, महन्थ ठाकुरले पनि पुष्पा ठाकुरसँग गर्नुभएको वाचाहरु पुरा गर्दै जानुभयो । जसपा नेपालबाट अलग भएर अध्यक्ष महन्थ ठाकुरले गठन गर्नुभएको लोसपा नेपालमा पुष्पा उपाध्यक्ष बन्नुभयो ।
तमलोपाको स्थापनाकालदेखि नै राजनीतिमा लाग्नुभयो तर लोसपा नेपाल बनेपछि मात्र पदाधिकारी पाउनुभयो किन भनि जिज्ञासामा उहाँले भन्नुभयो, ‘महिलाप्रतिको सोचले गर्दा त्यस्तो भएको हो, मधेशवादी दलमा मात्र होइन, अन्य पार्टीमा पनि महिलालाई अधिकार दिन चाहेको हुँदैन, चाहेको छैन, त्यो कुरा मधेशवादी दलमा पनि देखिएको छ जसरी अन्य पार्टीमा महिलामाथि विभेद भएको छ त्यस्तै विभेद मधेशवादी दलमा पनि हुन्छ त्यही कारणले पदाधिकारी बन्न यति ढिलो भयो तर त्यसमा मेरो कुनै गुनासो छैन, म आफ्नो कर्तव्यमा विश्वास गर्छु पदमा गर्दिन ।’
२०७९ मा भएको चुनावमा पनि पुष्पा ठाकुरले चुनाव लड्नका लागि टिकट नै माग्नुभएको थियो । तर काँग्रेससँग पार्टीले गठनबन्धन गरेको कारण पुष्पा क्षेत्रको टिकट काँगेसको भागमा परेको थियो । त्यही भएर पुष्पा ठाकुर चुनाव लड्नु पाउनुभएन । तर उहाँ अझै निराश हुनुहुन्न । उहाँ भन्नुहुन्छ, ‘जो राजनीति गर्छन् त्यो एकपटक चुनाव नै लड्नुपर्छ, चुनाव नै जितेर संसदमा आउनुपर्छ, समानुपातिक सिट त जो राजनीतिमा छैन, पिछडिएका समुदायका छन्, बौद्धिक क्षेत्रलगायत अन्य क्षेत्रका छन् त्यस्तालाई पो ल्याउने हो जो सक्रिय राजनीतिमा छन् त्यसलाई चुनाव नै
लड्न दिनुपर्छ त्यही अनुसार २०८४ को तयारी गरिरहेको छु, तर त्यो बेला पार्टीले के निर्णय गर्छ त्यसमा भर पर्छ ।’
पुष्पा ठाकुर पार्टीको उपाध्यक्ष हुनुहुन्छ । २०८२ बैशाखमा पार्टीको महाधिवेशन हुँदैछ त्यसमा के गर्ने भनि जिज्ञासामा उहाँ भन्नुभयो, ‘त्यो बेलाको के परस्थिति हुन्छ त्यतिबेला मात्र निर्णय लिन्छु ।’
परिवार
बुवा श्रीनारायण झा र आमा मायादेवी झाका कान्छ छोरी पुष्पाका एक जना दिदी माधरी मिश्रा र दुई जना दाजु शाशी प्रकाश झा र चन्द्रप्रकाश झा हुनुहुन्छ । पुष्पा ठाकुरका एक जना छोरा र दुई जना छोरी हुनुहुन्छ । डा.ब्रह्मानन्द ठाकुर अमेरिकाबाट फर्केपछि नेपालमै आइटी क्षेत्रमा हुनुहुन्छ भने छोरी डा.रचना ठाकुर डेन्टिस्ट हुनुहुुन्छ र हिमालय डेन्टल अस्पतालमा कार्यरत हुनुहुन्छ भने अर्का छोरी अर्पणा ठाकुर अमेरिकामा इन्जिनियर हुनुहुन्छ ।
शिक्षा
बुवा जागिरमा भएको कारण भारतका विभिन्न शहरमा गएर उहाँले पढ्नुभयो । सहरसा, पटना, बहादुरगञ्ज, सिंहेश्वरलगायत विभिन्न ठाउँमा अध्ययन गर्नुभएका पुष्पा भारतको झन्झारपुरको केजरीबाल हाइस्कुलबाट सन् १९७६–७७ मा म्याट्रिक पास गर्नुभयो ।
म्याट्रिक पास गरेपछि उहाँ साइन्स पढ्न थाल्नुभयो । तर आइएससी पुरा नगर्दै उहाँको बिहे भयो । बिहेपछि उहाँको पढाईमा ब्रेक लाग्यो । श्रीमानसँग बस्न थालेपछि पढाईमा त्यति चासो नै भएन । नेपालमा पढौं भने भाषाको समस्या थियो । यसै उसै गर्दागर्दै १२ वर्ष बित्यो । छोरीछोरी भइसक्यो । बच्चाहरु हुर्किसकेपछि उहाँलाई पढ्न मन लाग्यो । तर नेपालमा भाषाका कारण नसकिने रहेछ भन्दै उहाँ भारतबाट आइए पास गर्नुभयो । उहाँ ब्याचलरमा पनि अध्ययन सुुरु गर्नुभयो तर आफ्नो व्यस्तताका कारण उहाँले त्यसलाई पुरा गर्न सकिरहनु भएको छैन ।
उहाँ भन्नुहुन्छ, ‘मलाई सर्टिफिकेटको आवश्यकता नै परेन किनभने मलाई जागिर गर्नु थिएन, जागिरको आवश्यकता पनि थिएन अनि किन चाहियो सर्टिफिकेट । म आफ्नो नौलेजको लागि अध्ययन गरेको थिए त्यो मसँग छ सर्टिफिकेट मेरो लागि इम्पोर्टेट भएन ।’ भारतमा आइए, बीए पढ्दा उहाँ क्लाश कहिले गर्नुभएन, किताब तथा सेलेब्स ल्याएर नेपालमा आफ्नो घरमै स्वअध्ययन गर्नुहुन्थ्यो । उहाँले नोटहरु बनाउनु हुन्थ्यो । त्यो नोट घरक अरुहरुलाई पनि काम लाग्थ्यो । उहाँले तयार पारेको नोट अरुअरुले पनि पढेर पास गर्नुभएको थियो ।
स्वयंअध्ययन गरेर पनि पुष्पा फस्ट डिभिजनमा नै पास गर्नुभयो । अध्ययन गर्न पुष्पालाई निकै आनन्द आउछ । अहिले पनि नियमित उहाँ केही नकेही अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन राती नौ बजेदेखि राती ११ बजेसम्म अध्ययनका लागि समय छुट्याउनु भएको छ । अध्ययन सर्टिफिकेटका लागि होइन ज्ञानका लागि गर्नुपर्छ भनि मान्यताका साथ उहाँ अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । अहिले पनि माइतीबाट कोही आउँदा लत्ता कपडा तथा गरगहनाका सट्टा विभिन्न लेखकका किताबहरु पुष्पाका लागि कोसेलीका रुपमा ल्याउने गर्छन् । त्यसमै पुष्पा खुशी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया