काठमाडौँ चैत १ गते
डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिचको एकीकरणको प्रकृया अन्तिम चरणमा पुगेको छ । बैशाखका पहिलो वा दोस्रो हप्तातिर एकीकरणको घोषणा गर्ने गरी तयारी चलिरहेका छ । तर दुवै पार्टीमा देखिएका आन्तरिक विवादका कारण एकीकरणमा बाधा उत्पन्न हुने हो कि चिन्ता पनि देखिएको छ । सबभन्दा बढी बाधक नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ देखिनु भएको छ ।
अध्यक्ष श्रेष्ठ सुरुमा एकताका लागि तयार हुनुभएको थिएन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कन्भिन्स गरेपछि मात्र अध्यक्ष श्रेष्ठ तयार हुनुभएको थियो । एकताका लागि तयार भएपनि एकीकृत पार्टीको आफू पनि अध्यक्ष हुने दावी गर्नुभएको छ । दुई पार्टीबिच एकीकरण गर्ने भनि सैद्धान्तिक सहमति भइसकेका छन् । पार्टीको नाम, झण्डा र नेतृत्वलगायतको विषयमा टुगों लागि सकेको छ । पार्टीको नाम जनमत पार्टी नै रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।
एकीकृत पार्टीको संरक्षकमा रेशम चौधरी, अध्यक्षमा सिके राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने तय भएको छ । तर रञ्जिताले सहअध्यक्षमा नमान्ने भन्नु भएको छ । आफू अध्यक्ष रहेको पार्टीसँग जनमत पार्टीको एकीकरण भइरहेको छ भने सो पार्टीको अध्यक्षमा आफू पनि रहने दावी गर्दै आउनु भएको छ । रेशम चौधरीको पद यथावत रहेको छ, सिके राउतको पद यथावत रहेको छ तर आफ्नो पद किन घटुवा भनि प्रश्न गर्दै रञ्जिताले पार्टीमा दुई जना अध्यक्ष रहन्छन् एउटा अध्यक्षमा आफू रहने दावी गर्नुभएको छ । बरु एकीकरण् नहोस् तर सहअध्यक्षमा आफूले नमान्ने कुरा रेशम चौधरी र सिके राउत समक्ष उहाँले राख्नुभएको छ ।
तर रेशम चौधरी र सिके राउत मान्ने पक्षमा हुनु हुन्न । सदुई जन ा अध्यक्षको बिचमा छललफल चलिरहेको बताइएको छ । सम्भवतः आज पनि दुई जनाको बिचमा एकीकरणको विषयमा छलफल हुने बताइएको छ ।
यद्यपी यो एकीकरणको विषयमा उन्मुक्ति पार्टीका संरक्षक चौधरीले केही बताउन चाहेनन् । एकीकरणको प्रकृया कहाँ पुग्यो के भइरहेको छ भनि जिज्ञासामा उनले अहिले भन्न लायक केही भएको छैन, हेरौ के हुन्छ भनि छोटो प्रतिकृया दिए ।
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले पनि छलफलबाहेक अरु केही भएको छैन, केही डेभलप भयो भने मिडियालाई जानकारी आउने प्रतिकृया दिए । उनले भने, ‘कुराकानी चलिरहेको छ, सकारात्मक रेसपोन्स छ, तर अहिले नै यही हुन्छ भनि भन्न सकिन्न ।’ फागुन २५ गतेदेखि जनमत पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । सो बैठकले पनि एकीकरणको बारेमा छलफल गर्ने बताइएको छ । यो केन्द्रीय समितिको बैठकअघि दुई जना केही निष्कर्षमा पुग्नेछन् ।
एकतालाई अन्तिम रुप दिनका लागि दुवै पार्टीले एकताका लागि कार्यदल गठन गरेको छ । दुवै कार्यदलले काम गरिरहेका छन् । पार्टीको पदाधिकारीलगायतका कार्यहरु टुग्यांउदै छन् । प्रतिनिधिसभामा जनमत पार्टी ६ वटा सांसद रहेका छन् भने नागरिक उन्मुक्ति पार्टीको चार वटा सांसद छन् । दुवै पार्टी बिच एकता भयो भने संयुक्त पार्टीसँग १० सांसद हुनेछ जो मधेशवादी दलमध्ये सबभन्दा ठूलो दल हुन जान्छ भने प्रतिनिधिसभामा माधवकुमार नेपाल नेृतत्वको नेकपा (एस)को बराबरीमा पुग्छ ।
अहिले दुवै दलले वर्तमान सरकारलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टी प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागि छ भने जनमत पार्टी मधेश प्रदेश नेतृत्वको सरकारलाई नेतृत्व नै गरेको छ । मधेश प्रदेशमा जनमत पार्टीको १३ सासद छन् भने नागरिक उन्मुक्ति पार्टीको एक जना छन् । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको चार जना सांसद छन् भने जनमत पार्टीको तीन जना सांसद छन् भने सुदुरपश्चि प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सात जना सांसद छन् । कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा दुवै पार्टीको एक जना पनि सांसद छैनन् ।


तपाईको प्रतिक्रिया