Khadya Bibhag

भारतसँग सम्बन्ध सुधारका लागि आरजुको प्रयास

भारतसँग सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री डा.आरजुराणा देउवा पटक पटक भारत पुग्नु भएको छ । पछिल्लो समय नेपालसँग चिसिएको सम्बन्धलाई सुधार गर्नका लागि पहल जारी राख्नु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल–भारतको सम्बन्धलाई सन्तुलन राख्नका लागि नेपाली काँग्रेसका नेतृ डा.आरजु राणा देउवालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको थियो । उहाँले भारतलगायत अन्य छिमेकी मुलुकसँग नेपालको सम्बन्धलाई झन राम्रो बनाउने, खासगरि भारतसँग बिग्रको सम्बन्धलार्य सुधार गर्ने प्रतिवद्धता जनाएपछि मात्र उहाँलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको थियो ।
भारतसँग राखीको सम्बन्ध बनाउन सफल हुनु भएका परराष्ट्रमन्त्रीले नेपालसँग सम्बन्ध बनाउन भूमिका खेल्ने सबैले विश्वास गरेको थियो । आरजु भारतका विश्वास पात्र हुनुहुन्छ, यसले सम्बन्धमा सन्तुलन कायम गर्न सक्नुहुन्छ भनि विश्वास आम जनताको पनि थियो । यहाँसम्म कि भारतले नै उहाँलाई परराष्ट्रमन्त्री बनाएकोसम्म चर्चा भएको थियो । परराष्ट्रमन्त्री आरजु पनि निकै उत्साहित हुनुहुन्थ्यो । भारत पनि उत्साहित थियो कि आफ्नो मान्छे परराष्ट्रमन्त्री भएका छन् ।
त्यो उत्साह झलक परराष्ट्रमन्त्री आरजु पहिलो पटक भादौंको पहिलो हप्ता पुग्दा भारतले देखाएको थियो । परराष्ट्रमन्त्री आरजुलाई राजकीय सम्मान दिएको थियो । उहाँको स्वागतमा भारतले रातो कार्पेट ओछ्याएको थियो । परराष्ट्रमन्त्री आरजुसँग त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस.जयशंकर लगायत अन्य उच्च पदस्थ व्यक्तिहरुको भेटवार्ता भएको थियो । विद्युत निर्यातलगायत अन्य विषयवस्तुमा समझदारी पनि भएको थियो । एउटा राष्ट्रप्रमुखले पाउने सम्मान उहाँले भारतमा पाउनु भएको थियो । र, भारतले मन्त्री आरजुमाथि विश्वास गरेर नै त्यो स्तरको सम्मान दिएको थियो ।
मन्त्री आरजु भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको भ्रमण हुन्छ भनि धेरैलाई विश्वास लागेको थियो । मन्त्री आरजुले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुने धारणा राख्नुभएको थियो । भदौं बित्यो, असोज बित्यो, कात्तिक पनि बित्यो तर भारत प्रधानमन्त्री ओलीका लागि निम्ता पनि आएन । त्यसपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निर्णय गर्नुभयो । भारत भ्रमणको मुख्य एजेण्डा नै बीआरआइ बनाइयो । सो एजेण्डा बोकेर मन्त्री आरजु आफै मंसिर १३ गते चीन पुग्नु भएको थियो । नेपालमा बीरआइ कार्यान्वयन हुनुपर्छ भनि मन्त्री आरजु आफै लागेपछि भारत तीन छक्क परेको थियो । भारतले मन्त्री आरजुबाट त्यो अपेक्षा गरेको थिएन ।
नेपाल–भारतको दुरी झन बढ्यो । चीनबाट फर्केपछि मन्त्री आरजुले स्वयंले प्रधानमन्त्री ओलीको भारत भ्रमण चाँडै हुने भन्नुभएको थियो । तर भारतले कुनै वास्ता गरिरहेको थिएन । त्यसपछि परराष्ट्रमन्त्री आरजु बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग, जर्मनी हुँदै पुस ४ गते भारत पुग्नु भएको थियो । तर भदौंमा भएको भ्रमणमा रातोकार्पेट ओछ्याएको भारतले पुसमा भएको सो भ्रमणलाई कुनै महत्व दिएन । प्रधानमन्त्री ओलीको भ्रमण तय गर्न भारत पुगेका मन्त्री आरजुसँग कसैले भेटघाट गर्न पनि मानेनन् । तर मन्त्रीको प्रयासमा विराम लागेन । उहाँले भारतसँग सम्बन्ध सुधारका लागि आफ्नो प्रयासलाई निरन्तरता दिइरहनु भयो । कुनै नकुनै बहानामा भारत गइरहनु हुन्थ्यो ।
मन्त्री आरजु धार्मिक भ्रमणका नाममा फागुन २६ गते भारत पुग्नुभयो । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि उहाँ त्यहाँ पुग्नुभयो । हुन त मार्च १७ देखि भारतमा सुरु भएका रायसिना डायलग भाग लिन उहाँ भारतका विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा उहाँ भारतमा टेक्नुभएको थियो । सो भ्रमण विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणमा भएका कारण रायसिना डायलगपछि केही महत्वपूर्ण भेटघाट भयो । विदेशमन्त्री जयशंकर र मन्त्री आरजु बिच भेटवार्ता भएको थियो । आरजु भारतबाट फर्केपछि भ्रमण निकै फलदाय भएको र नेपाल–भारतबिचको सम्बन्ध झन मजबुत भएको भन्नुभएको थियो ।
नौ महिनाको कार्यकालमा मन्त्री आरजु तीन पटक भारत भ्रमण गर्नुभयो । सम्बन्ध सुधारका लागि पहल गर्नुभयो तर अवस्था जस्ताको त्यस्तै रह्यो ।
नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला एक साताभन्दा बढी समयका लागि परराष्ट्रमन्त्री आरजु भारत जानु भएको थियो । भारतीय विदेशमन्त्री एस.जयशंकरलगायतसँग विशेष भेटघाट तय भएपछि परराष्ट्रमन्त्री आरजु भारत भ्रमणमा जानुभएको थियो । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतीय विदेशसचिव विक्रम मिश्री बिच भएको भेटघाटपछि परराष्ट्रमन्त्री आरजुको भ्रमण तय भएको थियो । रायसिना डायलगका लागि एक साता अगाडि नै उहाँ भारत पुग्नुभएको थियो तर सोच जस्तो उपलब्धीमुलक रहेन ।
संविधान जारी भएपछि नेपाल–भारत बिचको सम्बन्धमा उतार चढाव हुँदै आएको छ । संविधान निर्माणपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । २०७४ मा पनि उहाँ नै प्रधानमन्त्री हुनुभएको थियो । चुच्चे नक्सालगायतका विषयलाई लिएर भारत चित्त दुखाएर बसेको थियो । पछिल्लो ओली नै प्रधानमन्त्री बनेपछि नेपालसँग भारतको दुरी झन बढेको छ । सम्बन्ध बनाउनका लागि परराष्ट्रमन्त्री आरजुको दौडधुप बाक्लै छ तर भारतको कन्भिन्स भएको छैन ।

तपाईको प्रतिक्रिया