काठमाडौं, जेठ २० गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले महासचिव मनिष कुमार मिश्रलाई पार्टीको केन्द्रीय प्रवक्ता पदमा मनोयन गरेको छ।
पार्टीको संशोधित विधान अनुसार थप जिम्मेवारीका साथ मिश्रलाई उक्त पदमा मनोनयन गरिएको पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
अध्यक्ष ठाकुरले मिश्रको कार्यकाल पार्टी, प्रदेश तथा देशको हितमा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन्।


तपाईको प्रतिक्रिया