Khadya Bibhag

अशोक राइको जसपामा मन्त्रीका लागी दौडधुप

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राइले गठन गर्नुभएको जनता समाजवादी पार्टीमा यतिखेर मन्त्रीलाई लिएर नेताहरुको बिचमा दौडधुप भइ रहेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको वर्तमान सरकारमा जसपा नेपालबाट दुई जना मन्त्री हुनुहुन्छ । प्रदीप यादव खानेपानी मन्त्री र नवलकिशोर साह महिला बालबालिका मन्त्री हुनुहुन्छ । उहाँहरु एक वर्षका लागी मन्त्री बन्नुभएको थियो । मन्त्री बन्नेबेला पार्टीबाट अलोपालो सरकारमा सहभागी हुने नेताहरुको बिचमा सहमति बनेको थियो । सो सहमति अनुसार दुई जना मन्त्रीको समय पुगिसकेको छ अब अर्कोलाई पालो दिनुपर्छ भनि पार्टीमा दबाब परिरहेको छ ।

मन्त्रीका लागी सुशिल श्रेष्ठ (जो अशोक राइका श्रमती पनि हुनुहुन्छ), विरेन्द्र महतो, रञ्जु ठाकुरले पार्टीमा दौडधुपमा लाग्नुभएको छ । जसपाका एक नेताले भन्नुभयो, ‘पूर्व सहमति अनुसार यदि मन्त्री बनाउने कुरा भयो भने रञ्जु ठाकुर र विरेन्द्र महतो बन्नुहुन्छ तर मधेशबाट दुई जना मन्त्री र पहाडबाट एक जना पनि नहुने भन्दै एकथरी पार्टीमा सुशिला श्रेष्ठलाई अगाडि सारिरहेको छ ।’

रञ्जु ठाकुरले यसअघि नै विना विभागीय मन्त्री पाउनुभएको थियो उहाँले विना विभागीय मन्त्री बन्न अस्विकार गर्नुभएको थियो । विरेन्द्र महतो पनि मन्त्रीका लागी जोड बल गर्नुभएको थियो । प्रदीप यादव भर्खर स्वास्थ्य मन्त्रीबाट निस्किनु भएको छ । उहाँलाई फेरि मन्त्री बनाउन नहुने विरेन्द्र महतो पक्षको दावी थियो तर प्रदीप यादवले आफू स्वास्थ्यमन्त्रीमा धेरै समय रहन नपाएको भन्दै आफू नै मन्त्री बन्ने र एक वर्षपछि अरुलाई पालो दिने भन्नुभएको थियो ।

त्यसैमा सहमति भएको बताइएको छ । सो सहमति अनुसार प्रदीप यादव र नवलकिशोर साहले मन्त्री पद छाड्नुपर्ने देखिएको छ । तर उहाँहरु छाडेपछि मन्त्री को बन्ने अझैसम्म पार्टीमा टुगों लागेको छैन । जसपाका एक नेताले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओली अहिले नै मन्त्री हेरफेर गर्ने पक्षमा हुनुहुन्न, आफू प्रधानमन्त्रीबाट हटेपछि शेरबहादुर प्रधानमन्त्री बनेपछि मन्त्रीहरु हेरफेर गर्न पार्टीका नेताहरुलाई सुझाव दिनुभएको छ ।’

अर्को कुरा यदि प्रधानमन्त्री ओली मन्त्री हेरफेर गर्न तयार भए पनि दुईटा मन्त्रालय दिनुहुन्न । यदि मन्त्री हेरफेर भयो भने जसपालाई एउटा मन्त्रालय दिने सोच प्रधानमन्त्री अ‍ोलीको रहेको छ । यस अवस्थामा के गर्ने अन्योलमा जसपा देखिएको छ ।

तपाईको प्रतिक्रिया