काठमाडौं, भदौ २३ गते । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र त्यसविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा दमन गरिएको घटनाप्रति युवा नेता ई. सुरेन्द्र नारायण यादवले कडा आपत्ति जनाएका छन्।
उनले आज जारी गरेको विज्ञप्तिमा काठमाडौंसहित देशभर भएको प्रदर्शनमा सहभागी युवामाथि गोली प्रहार गरी दर्जनौं युवाको ज्यान जाने र सयौं विद्यार्थी, पत्रकार तथा सर्वसाधारण घाइते हुने घटनाले लोकतन्त्रको मौलिक अधिकारमाथि कुठाराघात भएको टिप्पणी गरेका छन् ।
“शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको दमन तुरुन्त बन्द गरियोस्, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाइयोस्, र युवालाई रोजगारी दिने ठोस कार्यक्रम ल्याइयोस्,” विज्ञप्तिमा भनिएको छ ।
युवाहरू लामो समयदेखि बेरोजगारी, महँगी, भ्रष्टाचार र गरिबीले पीडित रहेको उल्लेख गर्दै उनले जनताको आवाज दबाएर होइन, सुनेर मात्र लोकतन्त्र बलियो हुने चेतावनी पनि दिएका छन् ।
यादवले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचार तत्काल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन ।
तपाईको प्रतिक्रिया