आफ्नो मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट बर्खास्त गरेको भनि केन्द्रदेखि प्रदेशसम्म सरकार छाड्नु भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पुनः सत्ता पक्षमा फर्किनु भएको छ । सत्ताकै आडमा रेशम चौधरीलाई पार्टीमा आछ्यु आछ्यु बनाउनु भएका रञ्जिताले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनु भएको छ । पार्टीमा शक्तिशाली बनेर बर्चस्व जमाइ राख्न प्रधानमन्त्री ओलीको साथ र सहयोग पाउनु भएका रञ्जिताले रेशम चौधरीको सल्लाहमा सरकार छाड्नु भएको थियो । सराकरबाट समर्थन पनि फिर्ता लिनुभएको थियो ।
तर त्यही रेशम चौधरीले रञ्जितालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अध्यक्ष पदबाट हटाएपछि सत्ताको आडमा रेशमको त्यो मनसुवा पुरा हुन दिनुभएन । रेशम चौधरीले राष्ट्रिय भेला बोलाएर रञ्जितालाई कारवाही गरेर त्यो ठाउँमा आफ्नो बुवा लालवीर चौधरीलाई त्यो ठाउँमा राख्नुभएको थियो । तर निर्वाचन आयोगले अध्यक्षमा लालवीर चौधरीलाई मान्यता दिएन रञ्जिता नै अध्यक्ष हुनुभयो ।
यो अरु कुनै कारणले होइन, प्रधानमन्त्री ओलीको शासन शक्तिले गर्दा हो । त्यही भएर रञ्जिता श्रेष्ठले प्रधानमन्त्री अोलीलाई साथ दिनुभएको हो । यहाँसम्म कि भदौं १५ गतेदेखि सुरु भएको पाटी केन्द्रीय समितिका बैठकमा रञ्जिताले रेशमलाई बोलाउनु भएको छ । जब कि रेशम चौधरी सो पार्टीको संरक्षक हुनुहुन्छ पार्टीमा बस्ने अधिकार बन्छ तर अध्यक्ष रञ्जिताले बैठकमा बोलाउनु भएन । उहाँले भन्नुभयो, ‘यो संस्थापक केन्द्रीय समितिको बैठक हो उहाँ आधिकारिक रुपमा संस्थापक केन्द्रीय सदस्य हुनुहुन्न त्यही भएर उहाँलाई नबोलाएको हो ।’
अध्यक्ष रञ्जिताले केन्द्रीय समितिको बैठक बोलाउनुअघि संसदीय सचिवालयमा संसदको सत्ता पक्षमै बस्न पाउ भनि आग्रहसहितनको पत्र पठाउनुभएको छ । नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि सो पार्टीले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो ।
तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भन्नुहुन्छ, ‘पार्टीका साथीहरु (सांसद) प्रतिपक्षमा बस्न नमानेपछि के गर्नु त, संसदमा जाने हाजिर गर्ने र भाग्ने काम गरेपछि यसको मतलब ती साथीहरु (सांसद)हरुलाई सत्ता पक्षमा नै बस्न मन लागेको हो कि बुझेर मैले सत्ता पक्षमा बस्न लागि एक हप्ताअघि संसद सचिवालयलाई पत्र पठाएको छु ।’ संसदमा हाजिर गरेर भत्ता मात्र बुझ्ने, संसदमा उपस्थित नहुने अनुहार नदेखाउने, जनताको पक्षमा आफ्नो कुरा नराख्ने सांसदहरुको मनोभावना यसो बुझ्दा सत्ता पक्षमा बस्न नै मन भएको जस्तो देखिएको दावी गर्दै अध्यक्ष श्रेष्ठले सरकारलाई आफ्नो पार्टीको समर्थन कायम रहेको बताउनुभयो ।
राज्यमन्त्री अरुण चौधरीले पनि पदबाट राजिना दिइसक्नु भएको छ, तर प्रधानमन्त्री कार्यालयले उहाँको राजिनामा स्विकृत नगरको भन्दै अध्यक्ष श्रेष्ठले राज्यमन्त्री पनि सरकारको सबै सेवा सुविधा लिने तर काम नगर्ने भनेपछि उहाँलाई पनि पार्टी सत्ता पक्षमै भइ दियोस् भनि लागेको हुनुपर्छ यी सबै कुराहरुलाई विचार गर्दा सरकारलाई पनि समर्थन दिएको बताउनुभयो ।
पोखराको लिचि बारी काण्ड बाहिर आयो र त्यसमा रञ्जिता श्रेष्ठको नाम पनि मुछियो । त्यसरी पार्टीका अध्यक्ष श्रेष्ठको नाम मुछिएपछि पार्टीले त्यसको जवाफ माग्न बैठक बोलाउन आग्रह गर्यो । तर रञ्जिता श्रेष्ठले बैठक बोलाउन माग गर्नुभएन । त्यसपछि संरक्षक चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति सदस्यको बैठक बोलाउनुभयो । बैठकले राष्ट्रिय भेला गरी रञ्जितालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो । र लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।
तर निर्वाचन आयोगले लालवीर चौधरीलाई मान्यता नदिइकन रञ्जिता श्रेष्ठको अध्यक्षतालाई कायम गर्यो । त्यसपछि पार्टीमा आन्तरिक द्वन्द झन बल्झियो । अनि रञ्जिता श्रेष्ठ सत्ता पक्षतिर जानुभयो ।
तपाईको प्रतिक्रिया