काठमाडौँ असोज १४ गते । मधेशको राजनीति खास गरि जनमत पार्टी अहिले रोचक कुरा देख्नमा आइरहेको छ । जेनजी आन्दोलनपछि डा.सिके राउत नेतृत्वको जनमत पार्टीमा ठुलो हलचल आएको छ । नेताहरु धमाधम उहाँको पार्टी छाड्न थाल्नुभएको छ ।
एकातिर जनमत पार्टीबाट नेताहरु निस्किदै छन् भने अर्कोतिर सिके राउतले आफ्नो पार्टी जेनजीको पार्टी हो भनि समाजिक सञ्जालमा दिनदिनै लेखि रहनु भएको छ । यसरी समाजिक सञ्जालमा लेखेपछि जेनजी पुस्ता आफ्नो पार्टीप्रति आकर्षित हुन्छ भनि सिके राउतलाई लागेको हुनुपर्छ तर अहिले त्यस्तो भइरसहेको छैन ।
अर्को रोचक पक्ष के हो भने सिके राउतले आफ्नो पार्टीबाट निष्काशन गनुृभएको र्इं दीपक साह स्वयं राउतकै लागि चुनौती बन्नुभएको छ । अहिले अध्यक्ष सिके राउत र दीपक साहबिच समाजिक सञ्जालमा द्वन्द्ध चलिरहेको छ ।
जनमत पार्टीका उपाध्यक्ष समेत रही सकेका दीपक साहले सिके राउतको भण्डाफोरमा लाग्नु भएको छ । अध्यक्ष सिके राउतले पार्टी तथा सरकारमा गरेका गतिविधिहरुका सबै पोल दीपक साहले एक एक खोल्दै जानुभएको छ । यता सिके राउतले दीपक साहको एक कुराको जवाफ दिन थाल्नुभएको छ । दीपक साहले लेख्ने हरेक कुराको जवाफ उहाँले फेसबुकमार्फत दिइरहनु भएको छ ।
अर्थात अहिले सिके राउतको काम नै दीपक साहको दवाव दिनु नै हो । सिके राउतले स्वतन्त्र मधेश गठबन्धन गठन गरेदेखि नै दीपक साह सिके राउतको साथमा हुनुहुन्थ्यो । सिके राउतलाई राजनीतिमा ल्याउने काम नै दीपक साहले गर्नुभएको हो । पुल्चोक इन्जिनियर कलेजमा पढ्दादेखि दीपक साहलाई राजनीतिमा डोर्याउनु भएको हो ।
एक किसिमले भन्ने हो सिके राउतको राजनीति गुरु नै दीपक साह हुनुहुन्छ । स्वतन्त्र मधेश गठन गरेपछि नेपालको राजनीतिमा परिचित गराउने काम दीपक साहले गर्नुभएको छ । दीपक साहले आफ्नो घरमा राखेर, आफ्नो गाडीमा चढाएर काठमाडौँको गलीगली घुमाउनु भएको छ । त्यही भएर सिके राउतका हरेक गतिविधि र क्रियाकलापको बारेमा दीपक साहलाई थाह छ । सिके राउतले गरेको राम्रा नराम्रो सबै कामको साक्षी दीपक साह हुनुहुन्छ । त्यही भएर अहिले दीपक साहले सिके राउतको भण्डाफोरमा लाग्नु भएको छ ।
दीपक साहले आफ्नो फेसबुकमा लेख्नु भएको छ ।
जनस्वराज पार्टीले सीके राउतमाथि गम्भीर आरोप लगाउँदै सचेत रहन आह्वान
जनस्वराज पार्टीका संगठन प्रमुख समेत रहेका दीपक साहले सिके राउतमाथि गम्भीर आरोपहरू लगाएका छन् । विज्ञप्तिमा राउतको शैक्षिक योग्यतामाथि आपत्ति नभए पनि उहाँको “चरित्र, व्यवहार र राजनीति गर्ने शैली” प्रति प्रश्न उठाउनु भएको छ ।
उहाँले भन्नुभयएको छ, “शिक्षा केवल प्रचारका लागि प्रयोग गर्नु बौद्धिक दिवालियापन हो। समाजलाई पढाइको नाममा भावनात्मक रूपमा भ्रमित पार्ने कार्य शिक्षा होइन ।”
राउतलाई वैज्ञानिक उपाधि दिने वा सम्मान गर्ने धेरैजना अहिले पछुताइरहेको दाबी उहाँले गर्नुभएको छ । थै, उहाँको व्यवहार, चिन्तन र कर्मलाई ‘फन्टुस् प्रवृत्ति’ को संज्ञा दिँदै आर्थिक र मानसिक भ्रष्टाचारका मामिलामा समेत उहाँको नाम जोडिएको छ।
संगठन प्रमुखका अनुसार, सरकारले गहिरो खोजतलास गरेमा “धेरै पाना खुल्ने” सम्भावना छ । उहाँले दाबी गरेका छन् कि राउत सरकारमा जानका लागि पटक–पटक प्रयासरत भए पनि असफल रहे र उहाँलाई केवल ‘उपप्रधानमन्त्री’ उपाधि चाहिएको थियो ।
प्रमुख आरोपहरूको सूची
उहाँ राउतमाथि पछिल्ला वर्षमा गरिएको गतिविधिहरूलाई ‘काण्ड’को रूपमा प्रस्तुत गर्दै विभिन्न आरोपहरू लगाउनु भएको छ । तीमध्येका केही यसप्रकार छन्—
देश तोड्ने नारा र उत्तेजना फैलाउने काण्ड
📍युवाहरूको भविष्य बर्बाद गर्ने काण्ड
📍रोजगारी छोड्न बाध्य पार्ने काण्ड
📍व्यापारी र व्यवसायीको व्यापार नष्ट गर्ने काम
📍स्वराजीहरूलाई अनाहक जेल पठाउने काण्ड
📍अदालतमा लाखौँ रूपैयाँ हराइदिने चलखेल
📍११ बुँदे सहमति चोरी गरेर निष्क्रिय बस्ने काण्ड
📍मनपरी जनमत पार्टी खोल्ने काण्ड
📍युवालाई उल्झाएर राख्ने प्रवृत्ति
📍पैसाको खेलमार्फत गैर(स्वराजीलाई सांसद बनाउने काण्ड
📍पति–पत्नी नाटकीय बिच्छेद प्रकरण
📍अनेक प्रपञ्चपूर्ण स्टन्ट प्रदर्शन
📍भारतलाई छक्याउने नाउँमा चीन कार्ड खेल्ने काण्ड
📍साथ छोड्नेहरूमाथि घृणित आरोप थोपर्ने काम
📍इमोशनल ब्ल्याकमेलको शैली, आदि ।
हालैको प्रसङ्ग
हालैको घटनाबारे उल्लेख गर्दै दीपक साहले राउत दिल्ली पुगे पनि त्यहाँ कुनै औपचारिक भेटवार्ता नगरी फर्किनुपरेको र त्यसपछि चीन भ्रमणको फोटो सार्वजनिक गरेर प्रचार गरेको दाबी गर्नुभएको छ ।
यसको जवाफमा सिके राउतले यस्तो भन्नुएको छ
जनमत पार्टीका अध्यक्ष राउत भन्नुुहुन्छ, ‘अरू लोभी नेता र पार्टी अध्यक्ष जस्तो हैनन् डा. सी. के. राउत ।’ पटक पटक उपप्रधानमन्त्री बन्ने प्रस्ताव आउँदा पनि आफू बनेको उल्लेख गर्दै उनले आफूले अरूलाई मन्त्री बनाको दावी गर्नुभयो।
मधेशी नेताहरू पदको लोभी हुन्छन् भनेर गलत साबित गर्दै सबै मधेशीले गर्व गर्ने गरी इज्जत बढाउन आफूले काम गरेको भन्दै अध्यक्ष राउतले इतिहासमा कसैले कहिले नगरेका ऐतिहासिक र गर्व गर्न लायक कामहरू एक पछि अर्को गरी गरेको दावी गरे ।
सिके राउतले आफ्ना योगदान यसरी प्रस्तुत गर्नुभएको छ
1. मधेश स्वतन्त्रता आन्दोलनको नेतृत्व – मधेशको स्वायत्तता र पहिचानका लागि “स्वतन्त्र मधेश आन्दोलन” सुरु गरी आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए।
2. अहिंसात्मक आन्दोलनको प्रवर्धन – मधेश आन्दोलनलाई शान्तिपूर्ण, अहिंसात्मक र बौद्धिक बनाउने प्रयास।
3. मानव अधिकारको पक्षमा आवाज – मधेशी समुदायमाथि हुने दमन र भेदभावको विरोध गर्दै मानव अधिकार उल्लंघनविरुद्ध नियमित रिपोर्टिङ।
4. अन्तर्राष्ट्रिय मञ्चमा मधेशको मुद्दा पुर्याउने – संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मिडिया र मानव अधिकार संगठनमा मधेशको पीडा र माग उजागर। UNPO मा समेत मधेश दर्त्ता। UN मा गएर मधेशको मुद्दा उठाउने।
5. विविध किताब र लेखनमार्फत जनचेतना जगाउने – “मधेश का इतिहास”, “मधेश स्वराज”, “वैरागदेखि बचावसम्म” जस्ता पुस्तक लेखेर वैज्ञानिक र तथ्यमा आधारित समाधान प्रस्ताव।
6. राजनीतिक बन्दीहरूको मुद्दामा अभियान – मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताहरूको रिहाइका लागि निरन्तर दबाब सिर्जना।
7. राजनीतिक बहसलाई बौद्धिक बनाउने योगदान – मधेशको समस्या समाधानका लागि तथ्याङ्क र डाटामा आधारित बहसको प्रवर्धन।
8. जातीय र क्षेत्रीय समानताको पक्षमा वकालत – मधेशी, थारु, मुस्लिम, दलित सबै समुदायलाई समेटेर समान अधिकारको मुद्दा उठाउने।
9. नेपालको संविधानमा समानताको माग – नागरिकता, प्रतिनिधित्व, भाषिक अधिकार, संघीयता सम्बन्धी संशोधनका लागि निरन्तर दबाब।
10. वैज्ञानिक पृष्ठभूमिका नेताको रुपमा नयाँ ढाँचा ल्याउने – देशमा शिक्षित र बौद्धिक नेतृत्वको रूपमा परिचय बनाएर राजनीतिलाई प्रतिष्ठित बनाएको।
11. समाजमा विज्ञान र प्रविधिको महत्त्वबारे सचेतना – आफ्नो शैक्षिक पृष्ठभूमिबाट विज्ञान र अनुसन्धानलाई प्रोत्साहित गर्ने।
12. नेपालमा स्वतन्त्र चिन्तन र अभिव्यक्ति स्वतन्त्रताको रक्षा – राज्यविरुद्ध आलोचनात्मक आवाजलाई वैधानिक अधिकारका रूपमा स्थापित गर्ने लडाइँ।
13. युवा पुस्तालाई राजनीतिको दिशामा प्रेरित गर्ने – हजारौँ युवालाई आन्दोलनमा सहभागी गराउँदै नेतृत्व गुण विकास।
14. मधेशको इतिहास र पहिचानलाई उजागर गर्ने अनुसन्धान – पुराना कागजात, इतिहास र जनगणनाको तथ्य बाहिर ल्याएर मधेशको इतिहास र मुद्दा प्रष्ट पार्ने।
15. विभेदविरुद्ध राष्ट्रिय अभियान – राज्य संरचनामा रहेका असमानताको विरोधमा राष्ट्रिय स्तरमा अभियान चलाउने।
16. शान्तिपूर्ण वार्ता र संवादलाई प्राथमिकता – बारम्बार वार्ता प्रस्ताव गर्दै हिंसात्मक समाधानभन्दा राजनीतिक सहमतिको बाटो देखाउने।
17. अन्तर्राष्ट्रिय मिडियामा मधेशको समाचार बनाउने – BBC, Al Jazeera, The Guardian जस्ता मिडियामा मधेशको मुद्दा ल्याउने। भारत बेलायत सहित विभिन्न देशका संसद्मा समेत मधेशको आवाज उठाउन लगाएको।
18. नागरिक समाज र बुद्धिजीवीसँग सहकार्य – मधेशको मुद्दामा विभिन्न क्षेत्रका बौद्धिक र सामाजिक अगुवासँग सहकार्य।
19. लोकतान्त्रिक अधिकारको प्रसार – स्वतन्त्रता, स्वतन्त्र संगठन, स्वतन्त्र प्रेस र स्वतन्त्र विचारको पक्षमा वकालत।
20. नागरिकतामा समानताको माग – महिलाबाट वंशजलाई नागरिकता दिने अधिकारको लागि अभियान।
21. राष्ट्रिय एकताको नयाँ परिभाषा दिन प्रयास – विविधताको सम्मानसहित मात्र राष्ट्र बलियो बन्ने धारणा विकास।
22. राजनीतिक उत्पीडनको सामना गर्दै उदाहरण पेश – पटक–पटक जेल गएर पनि संघर्ष जारी राख्दै अभूतपूर्व राजनीतिक साहस देखाउने।
23. न्यायिक सुधारको माग – विभेदकारी कानुनलाई खारेज गर्ने र समान अधिकार दिने माग गर्दै दबाब सिर्जना।
24. विपन्न र वञ्चित समुदायलाई सशक्त बनाउने – आन्दोलनमार्फत उनीहरूको आवाजलाई राज्यसम्म पुर्याउने।
25. आन्दोलनलाई पार्टीमा रूपान्तरण गर्ने बाटो खोल्ने – स्वतन्त्र मधेश आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक शक्ति (जनमत पार्टी) मा परिणत गर्ने आधार तयार।
यी योगदानहरूले अध्यक्ष राउतलाई सामाजिक–राजनीतिक मञ्चमा अग्रणी व्यक्तित्वका रूपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले पछि जनमत पार्टीको स्थापना गर्ने आधार तयार भयो।
उहाँले जनमत पार्टी र संगठनिक कामको बारेमा लामो फेहरिस्त दिनुभएको छ
1. सरकारसँग ११-बुँदे सहमति गरी मूल धारको राजनीतिक रुपमा भाग लिन सहमत भई सबै समर्थक र कार्यकर्ताहरूलाई राजनीतिमा सुरक्षित अवतरण
2. अनेकौं प्रतिकूल परिस्थितिका बाबजूद जनमत पार्टी सफलतापूर्वक स्थापना गर्नु (पार्टी दर्ता/नामांकन प्रक्रियामा लाग्नु)
3. जनमत पार्टीको केन्द्रीय संरचना निर्माण र केन्द्रीय समिति गठन।
4. स्थानीय तह र प्रादेशिक तहमा पार्टी संगठन विस्तार गर्नु।
5. पार्टीका लागि चुनावी रणनीति बनाउनु र कार्यदल नियुक्त गर्नु।
6. मधेशमा पार्टी शाखा खोल्नु र सदस्यता विस्तार गरी निरन्तर प्रशिक्षण दिनु
7. पार्टी नीति–ढाँचाहरू (सामाजिक न्याय, मधेसी पहिचान) सार्वजनिकरुपमा पेश गर्नु।
8. पार्टी झण्डा, चुनाव चिन्ह र रजिस्ट्रेशनका कामहरू पूरा गर्नु।
9. जिल्लागत र स्थानीय निर्वाचनमा टिकट वितरण र उम्मेदवार छनोट प्रक्रियामा नेतृत्व गर्नु।
10. पार्टी आन्तरिक तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गर्नु।
11. सप्तरी–२ बाट प्रतिनिधि सभामा ऐतिहासिक मतका साथ निर्वाचित हुनु।
12. संसदीय दलको नेता निर्वाचित हुनु।
13. २०७९ को निर्वाचनमा जनमत पार्टीको राष्ट्रिय पार्टी बनाउनु।
14. स्थानीय तहमा मेयर/उपमेयर/वडाध्यक्ष जिताउन अभियान चलाउनु
15. निर्वाचन बेला मधेशका मुद्दाहरूलाई प्राथमिकता दिएर चुनाव प्रचारप्रसार संचालन गर्नु।
16. निर्वाचन परिणामपछि गठबन्धन र राजनैतिक सहकार्यमा सक्रिय भूमिका खेल्नु।
17. निर्वाचन कानुन, प्रतिनिधित्व र संघीय व्यवस्था सम्बन्धी संवादमा भाग लिनु।
18. मतदाता जनजागरण र मतदान सहभागिता बढाउन अभियान चलाउनु।
19. युवा र महिलालाई उम्मेदवारीको लागि प्रेरित गर्न कार्यक्रम सञ्चालन गर्नु।
20. चुनावी पछिको पुनरावलोकन र रणनीति समायोजन गर्नु।
21. संसदमा मधेसी अधिकार, समान प्रतिनिधित्व र सामाजिक न्यायसम्बन्धी चोटिलो मन्तव्य दिनु।
22. संसदीय समितिमा सहभागी भई क्षेत्रीय मुद्दाहरू उठाउनु (उपयुक्त समिति अनुसार)।
23. बजेट छलफलमा मधेशका विकास आवश्यकताहरू तान्नु।
24. भूमि अधिकार, बाढी–प्रबन्ध, सीमानाका बहसहरूमा प्रश्न–उत्तर उठाउनु।
25. मन्त्रालयहरूमा संसदीय प्रश्नपत्र पेश गरी जग्गा, स्वास्थ्य र शिक्षा सम्बन्धी स्थिति सोध्नु।
26. संघीय प्रणाली सुधार र प्रादेशिक स्वशासन सम्बन्धी प्रस्ताव समर्थन/आवश्यकता उठाउनु।
27. स्थानीय तहहरूका समस्याका लागि सरकारसँग अनुगमन र जवाफदेही माग गर्नु।
28. मानवअधिकार मुद्दाहरू (मधेसी समुदाय विरुद्ध भेदभाव) संसदमा उठाउनु।
29. महिला सुरक्षा, बाल अधिकार र सामाजिक कल्याण सम्बन्धी कानून सुधार जाँचमा जोड दिनु।
30. भूमि राजस्व/भूमि सुधार सम्बन्धी नीति/रुचि उजागर गर्नु।
मधेश (क्षेत्रीय) विकास र जनप्रतिनिधि काम
31. आफ्नो निर्वाचन क्षेत्र सप्तरीमा सडक, पुल र सञ्चार सुधारका लागि दबाब दिनु। पुल, सडक सहित १००० भन्दा बढी योजना कार्यान्वयनको चरणमा। स्पेश सेन्टर, आइटी पार्क सहित ७० भन्दा बढी सिग्नेचर परियोजनाहरू।
32. बाढी सुरक्षा र ताल–नाला पुनर्निर्माणका लागि योजना अनुरोध गर्नु।
33. स्थानीय विद्यालय र स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि संसाधन माग गर्नु।
34. कृषकहरूका लागि सिंचाइ र बजार पहुँच सुलभ पार्ने पहलमा अग्रसर हुनु।
35. स्थानिय रोजगारी र सिप विकास कार्यक्रम ल्याउन पहल गर्नु।
36. स्थानीय राहत तथा पुनर्निर्माण (बाढी/प्रकोप) समयमा राहत व्यवस्थापनमा समन्वय गर्नु।
37. सीमा–व्यापार र आर्थिक पहुँच सुधारका लागि नीतिगत सुझाब राख्नु।
38. सामाजिक र साँस्कृतिक कार्यक्रममा आर्थिक/प्रशासकीय समर्थन जुटाउन पहल गर्नु।
39. स्थानीय चुनेका जनप्रतिनिधिसँग समन्वय गरी परियोजना अनुगमन गर्नु।
40. निर्वाचन क्षेत्रका उजुरी र नागरिक सेवामा प्रत्यक्ष संलग्नता (कुनै नागरिक समस्याको मध्यस्थता) गर्नु।
41. मधेसी पहिचान र भाषिक अधिकारको लागि सार्वजनिक अभियान चलाउनु।
42. समान नागरिकता, समावेशी प्रतिनिधित्व र पारदर्शिता सम्बन्धी नीतिहरूमा आवाज उठाउनु।
43. भ्रष्टाचार विरुद्ध आवाज र सरकारी जवाफदेही बढाउन लोक–अभियान गर्नु।
44. सामाजिक न्याय र आर्थिक समावेशीकरणको समर्थन गर्दै नीति प्रस्ताव सार्वजनिक गर्नु।
45. केन्द्र र प्रदेश बीचको स्रोत–वितरणमा समानता माग गर्ने नीति दबाव सिर्जना गर्नु।
46. संवैधानिक हक तथा मातृभूमि–सम्बन्धी कानुनी समझदारीको स्पष्टिकरण गर्न पहल गर्नु।
47. राष्ट्रिय सम्वादमा मधेशी मुद्दाहरू सार्थक तरिकाले ल्याउन देशभर भाषण/मिडिया प्रयोग गर्नु।
48. महिला, दलित र अल्पसंख्यक समावेशनका लागि विशेष कार्यक्रम प्रस्ताव गर्नु।
49. नागरिक आन्दोलन र शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नीतिगत दबाब सिर्जना गर्नु।
50. संघीयता र स्थानीय सरकारहरूको अधिकार सुनिश्चित गर्ने अभियानमा लाग्नु।
गठबन्धन, कूटनीति र अन्तरपार्टी सम्बन्ध
51. अन्य मधेसी/केन्द्रिय दलहरूसँग समझदारी र चुनावी साझा रणनीतिमा परामर्श गर्नु।
52. सांसद समुदायमा मधेशका मुद्दा उठाउन फ्रेन्ड्स अफ मधेश–जस्ता नेटवर्क बनाउनु।
53. सम्भावित गठबन्धनका लागि वार्ता र राजनीतिक पहल गर्नु।
54. क्षेत्रीय नेताहरूसँग भेटघाट गरी स्थानीय मुद्दा राष्ट्रिय एजेण्डामा राख्नु।
55. अन्तर्राष्ट्रिय स्तरमा मधेशका मुद्दाहरू प्रकाश पार्न (विदेशी प्रतिनिधि/मीडिया) सम्पर्क राख्नु। अमेरिका, चीन, भारतजस्ता देशहरूसँग सम्बन्ध स्थापित गरी र भ्रमण गरी मधेशको मुद्दा अगाडि बढाउनु ।
56. राजनीतिक सहकार्य मार्फत संसदीय प्रभाव बढाउन कूटनीतिक पहल गर्नु।
57. मधेश–केंद्रित सम्बन्ध सुधारका लागि समावेशी वार्ता अघि बढाउनु।
58. स्थानीय स्तरमा अन्य पार्टी बिचको मतभेदलाई समेटेर गठबन्धन/साझेदारी बनाउनु।
59. क्रस–पार्टी इश्यूहरूमा सहमति हुन पहल गर्नु (उदाहरण: विकास परियोजना)।
60. UN, World Bank, ADP सँग मधेशको विकासको लागि सहकार्य गर्नु
सामाजिक–सांस्कृतिक र समुदायकर्मी काम
61. मधेशी भाषा, संस्कृति र पहिचानका लागि सार्वजनिक फोरम र कार्यक्रम आयोजना गराउनु। मधेशी भाषामा सपथ ग्रहण गरेर ऐतिहासिक वैधता दिनु।
62. शैक्षिक छात्रवृत्ति/प्रोत्साहन कार्यक्रमका लागि स्थानीय दाताहरु/संस्थाहरूसँग समन्वय गर्नु।
63. सामाजिक सेवाका लागि स्वयंसेवी कार्यक्रमहरू (स्वास्थ्य शिविर, शिक्षा क्याम्प) प्राप्तिमा पहल गर्नु।
64. महिला सशक्तिकरण कार्यक्रमहरूसँग साझेदारी निर्माण गर्नु।
65. युवा उद्यमशीलता र उद्यम सुरु गर्न तालिम कार्यक्रममा समर्थन गर्नु।
66. आपतकालीन स्वास्थ्य र प्राथमिक स्वास्थ्य पहुँच बढाउन अभियानमा सहयोग गर्नु।
67. सांस्कृतिक पहिचान जगेर्ना गर्ने पुस्तक/अनुसन्धानलाई प्रोत्साहन दिनु।
68. स्थानीय स्वास्थ्य/नागरिक जागरण कार्यक्रमहरूको अनुगमन र समर्थन गर्नु।
69. समुदायमा साझा सभा/ बैठक गरी नीति–अधिकारका बारेमा बुझाइ बढाउनु। दलान दलिल जस्ता कार्यक्रम चलाएर जनताको घरदैलो निरन्तर पुग्नु
70. स्थानीय रोजगारी सिर्जना गर्ने परियोजनाहरू लिएर आउन पहल गर्नु।
सञ्चार, मीडिया र सार्वजनिक सन्देश
71. नियमित रूपमा मिडिया (रेडियो, टेलिभिजन, सोसल मिडिया) मार्फत मुद्दा उठाउनु।
72. सामाजिक सञ्जालमा युवा लक्षित अभियान र संवाद सञ्चालन गर्नु।
73. प्रेस विज्ञप्ति र घोषणाहरू जारी गरी पार्टी र आफ्ना नीतिहरू सार्वजनिक गर्नु।
74. मधेशका स्थिति बारे अन्तर्राष्ट्रिय कुराकानीमा जोड दिनु।
75. सार्वजनिक सम्बोधनमार्फत नागरिक सन्देश र स्थानीय स्थितिका बारेमा जानकारी बाँड्नु।
76. विरोध/आन्दोलनका मागहरू स्पष्ट पार्न वक्तव्य दिनु।
77. गलत सूचना/आरोप विरुद्ध सही तथ्य प्रस्तुत गरी प्रतिवाद गर्नु।
78. पत्र–पत्रिकामा लेख–विचार र ओप–एड लेखाउन प्रेरित गर्नु।
79. युवा र विद्यार्थी सम्मेलनमा उपस्थित भई सिधा संवाद गर्नु।
80. पार्टीका नीति–दस्तावेज, मेनिफेस्टो र प्रतिवेदनहरू सार्वजनिक गर्नु।
क्षमता निर्माण, शिक्षा र अनुसन्धान
81. पार्टीका लागि अनुसन्धान समूह र नीति–विचार केन्द्र गठन/समर्थन गर्दै नीति सूचि तयार पार्नु।
82. मधेशको सामाजिक–आर्थिक अवस्थाबारे डाटा सङ्कलन र विश्लेषणमा पहल गर्नु।
83. स्थानीय विश्वविद्यालय/संस्थानसँग सहकार्य गरी प्रशिक्षण पहलहरू सुरू गर्नु।
84. सिप विकास र व्यवसायिक तालिमका लागि परियोजना सुझाउनु।
85. गरिब/सीमान्तकृत विद्यार्थीका लागि छात्रवृत्ति/सहायता कार्यक्रममा समर्थन गर्नु।
86. स्थानीय स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रमहरूलाई प्राथमिकता दिनु।
87. युवा नेतृत्त्व विकासका लागि वर्कशप/क्याम्प आयोजना गर्नु।
88. कानुनी साक्षरता र नागरिक अधिकार सम्बन्धी तालिमहरू सञ्चालन गर्न पहल गर्नु।
89. मधेश–सम्बन्धी ऐतिहासिक/सांस्कृतिक अनुसन्धानलाई प्रवद्र्धन गर्नु।
90. स्थानीय सरकारी नेतृत्वलाई प्रशिक्षण र सिप आदान–प्रदानका कार्यक्रममा समावेश गर्नु।
विशेष पहल, पहिचान र अन्य कामहरू
91. मधेशी भाषा र अनुष्ठानहरूको संरक्षणमा सार्वजनिक समर्थन देखाउनु।
92. राष्ट्रिय स्तरमा मधेशको मुद्दा ल्याउन अन्तर–प्रदेश यात्रामा लाग्नु।
93. आपतकालीन अवस्थाहरूमा राहत समन्वय र सहायता जुटाउन पहल गर्नु।
94. सरकारी निकायहरूसँग समन्वय गरी स्थानीय परियोजनाहरूका लागि लगानी तान्ने काम गर्नु।
95. दलित, महिला र अल्पसंख्यक समावेशनमा सार्वजनिक रुपमा समर्थन देखाउनु।
96. मतदातासँग प्रत्यक्ष ‘जनसुनुवाइ’ कार्यक्रम गरेर समस्या संकलन गर्नु।
97. पारदर्शिता र आन्तरिक जवाफदेहीका लागि पार्टी भित्र समीक्षा र अडिट प्रक्रियामा सहमति हुनु।
98. अन्तर्राष्ट्रिय मञ्चमा मधेशी हक–अधिकार र समावेशी विकास बारे विचार प्रस्तुत गर्नु।
99. पार्टी बलियो पारेर भविष्यका सरकार र नीति निर्माणमा प्रभावकारी भागीदारी सुनिश्चित गर्ने रणनीति बनाउनु।
100. युवा/सामुदायिक नेता विकसित गरी दीर्घकालीन राजनीतिक परिवर्तनको आधार तयार पार्नु।
101. देशको लागि उपयुक्त मौलिक राजनैतिक दर्शन सामुदायिक समाजवादको प्रतिपादन गर्नु
102. देशको राजनैतिक निकासका लागि ‘नौलो गणतन्त्र”को राजनैतिक दर्शनको विकास गर्नु र त्यसको प्रचार प्रसार गर्नु
तपाईको प्रतिक्रिया