Khadya Bibhag

सहासिक मलाला जसलाई आतकंवादीको गोलीले पनि मार्न सकेन

पाकिस्तानका मलाला युसुफजई जो महिला शिक्षा तथा बालअधिकारका लागि संघर्ष गर्दै आउनु भएको छ । मलालाको जन्म सन् १९९७ मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भएको हो । सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला नोबेल पुरस्कार पाउने हालसम्मकै सबभन्दा कम उमेरका हुनुहुन्छ । उहाँ स्वात उपत्यकामा तालिवानहरूले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आउनु भएको हो ।
मलालाले आफ्नो छद्म नाम प्रयोग गरेर बीबीसीको लागि ब्लग लेखेर गिङ्द्वारा तालिवान शासनको अत्याचारको विरोध गर्ने मलाला १३ वर्षको उमेरमा नै स्वातमा रहेका महिलाहरूको नायिका बन्नुभयो । अन्तर्राष्ट्रियस्तरमा बालअधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउन्डेसनले उहाँलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारको लागि नामाङ्कन गरेको थियो, उहाँ यस्तो पुरस्कारको लागि नामांकित पहिलो पाकिस्तानी बालिका हुनुहुन्छ ।
दक्षिण अफ्रिकाका नोबेल पुरस्कार विजेता देस्मुंड टूटू एम्स्टर्डमले नेदरल्यान्ड्समा एक समारोहमा सन् २०११ को यस नामांकनको घोषणा गर्नुभयो तर युसुफजई यो पुरस्कार जित्न सफल हुनुभएन सो पुरस्कार दक्षिण अफ्रीकाकी १७ वर्षीय बालिकाले जित्नुभएका थियो । यो पुरस्कार हरेक वर्ष बालबालिकाहरूको अधिकारको लागि काम गर्ने बालिकालाई दिइन्छ । मलालाले तालिबानको धम्कीको बावजुद बालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाईरहनु भएको छ ।

आतकंकारीको निशानामा मलाला
यही कारण तालिबान आतंककारीहरूले उहाँलाई आफ्नो हिट लिस्टमा राखेका थिए । अक्टोबर २०१२ मा मंगलबारको दिनमा करीब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरूले हमला गर्नुभएको थियो । यस हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी)ले लिएको थियो ।
पाकिस्तानको आदिबासी तथा द्वन्द्वग्रस्त स्वात उपत्यकामा जन्मिएकी पस्तो परिवारकी युसुफजाईलाई महिला शिक्षाको वकालत गरेकोमा तालिबानले सन् २०१२ मा टाउकोमा गोली हान्दा पनि बाँच्न सफल हुनुभएको थियो । जतिबेला उहाँमाथि गोली चलाइएको थियो, त्यतिबेला उहाँ १५ वर्षको मात्र हुनुहुन्थ्यो ।
मलाला आफ्ना साथीहरूसँग आफ्नो स्कूल बसमा घर फर्किदै हुनुहुन्थ्यो । त्यही बेला एक आतंककारीले बस रोकेर उहाँको नाम सोध्यो । मलालाले जवाफ दिने बित्तिकै, आतंककारीले उहाँको टाउकोमा गोली हाने । आक्रमणमा मलाला गम्भीर घाइते हुनुभयो र उहाँका दुई साथी पनि घाइते हुनुभएको थियो । आक्रमण यति भयानक थियो कि मलाला बाँच्न नसक्ने जस्तो लाग्थ्यो ।
तर विश्वभरबाट उहाँको साहस र प्रार्थनाले उहाँलाई जीवनको नयाँ बाटो दियो ।
उहाँलाई पहिले पेशावरको अस्पताल र पछि उपचारको लागि बेलायतको बर्मिङ्घम लगिएको थियो । त्यहाँ, धेरै शल्यक्रिया पछि, मलाला बिस्तारै निको हुनुभयो । यो आक्रमणले मलालालाई बलियो बनायो । उहाँले भन्नुभएको थियो, ‘तालिबानी गोलीले मेरो अवाजलाई दबनाउन सक्दैन, म त्यो महिला बालबालिका लागि बोल्छु जसमाथि अन्याय भइरहेको छ ।’ उहाँले भन्नुभएको छ, “आतंककारीहरूले सोचेका थिए कि उनीहरूले मेरो लक्ष्यहरू परिवर्तन गर्नेछन् र मेरा महत्वाकांक्षाहरूलाई रोक्नेछन् । तर मेरो जीवनमा अरू केही परिवर्तन भएनः कमजोरी, डर र निराशा मर्यो । शक्ति, शक्ति र साहस जन्मियो ।’
उहाँका बुबा शिक्षक हुनुहुन्थ्यो । बुबा शिक्षक भएको कारण स्कूल गएर पढ्न निकै रहल थियो मलालाको । उहाँको बुबाले गाउँमा बालिका मात्र पढ्ने स्कूल खोल्न चाहनु भएको थियो । तर जब तालिबानले स्वात उपत्यकामा रहेको मलालाको शहर नियन्त्रणमा लिए तब सबै कुरा भताभुङ भयो । तालिबानीहरुले बालिकाको शिक्षामा रोक लगाएका थिए । यहाँसम्म ती तालिबानीको अनुमति बेगर टेलिभिजन हेर्नु त के घरमा राख्न पनि दिइरहेको थिएन । गीत संगित पनि सुन्न दिइरहेको थिएन । महिला तथा बालिकाहरुलाई घरबाट निस्किन बन्देज लगाइएको थियो । उनीहरूको यो आदेशलाई अवज्ञा गर्नेहरूलाई कठोर सजाय दिइन्थ्यो जुन कुरा मलालाले आफ्नो आँखाले हेर्नुहुन्थ्यो र भोग्नु हुन्थ्यो । पिडा सहन गर्न नसकेपछि उहाँ विद्रोहमा उत्रिनु भएको थियो ।

२००९ जनवरीमा जब उहाँ केवल ११ वर्षका हुनुहुन्थ्यो त्यतिबेला नै उहाँले तालिवानीको विरुद्ध विद्रोह गर्नुभएको थियो । जसको निशासना मलाला स्वयं पनि हुनुभयो तर उहाँले हिम्मत हार्नुभएन ।
युएनको त्यो भाषण
सन् २०१३ मा पूर्ण रूपमा उहाँ निको भएपछि, मलालाले आफ्नो लडाईलाई तीव्र बनाउनुभयो । उहाँलाई वर्ष २०१३ मा ‘भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कारहरू पनि प्रदान गरिएको थियो । त्यस्तै, २०१३ जुलाई १२ मा उहाँको १६ औं जन्मदिनमा, मलालाले संयुक्त राष्ट्र महासभामा ऐतिहासिक भाषण दिनुभयो । उहाँले त्यतिबेला भन्नुभएको थियो, “एउटा किताब, एउटा कलम, एउटा बच्चा र एउटा शिक्षकले संसार परिवर्तन गर्न सक्छ ।’’ यो भाषणले सम्पूर्ण संसारलाई हल्लायो । मलालाको साहस र उहाँको विचारले विश्वमै चर्चा भयो ।
यो भाषण पछि, संयुक्त राष्ट्र संघले जुलाई १२ लाई विश्व मलाला दिवसको रूपमा घोषणा ग¥यो । यो दिनले मलालाको साहसलाई सलाम मात्र गर्दैन तर शिक्षाबाट बञ्चित लाखौं बालिकाहरूलाई आवाज पनि दिन्छ ।
आज पनि, विश्वका धेरै भागहरूमा, विशेष गरी अफ्रिका, दक्षिण एसिया र मध्य पूर्वमा, लाखौं बालबालिकाहरू विद्यालय जानबाट बन्चित छन् । केही ठाउँहरूमा, गरिबी, बालविवाह, वा सामाजिक रूढीवादी विचारहरू कारणहरू हुन्, जबकि अन्य ठाउँमा, आतंकवाद र युद्धले बालबालिकाहरूको बाल्यकाल खोस्छ । यो दिनले हामीलाई सम्झाउँछ कि शिक्षा केवल एक विशेषाधिकार मात्र होइन, तर प्रत्येक बालबालिकाको मौलिक अधिकार हो ।
मलालाले आफ्नो जीवन जोखिममा पारेर प्रमाणित गर्नुभयो कि यदि एउटा समान्य बालिकाले आफ्नो आवाज उठाएमा पनि संसार परिवर्तन गर्न सक्छिन् । मलाला विश्वका बालबालिका तथा महिलाका लागि प्रेरणाको श्रोत बन्नुभएको छ । मलालाले मलाला कोष स्थापना गनुृभएको छ । जसले बालबालिकाको शिक्षाको लागि काम गर्छ । यो कोषले विश्वभर लाखौं बालिकाहरूलाई स्कूल जान मद्दत गरेको छ ।
मलालाले आफ्नो आत्मकथा ‘आई एम मलाला’ लेख्नुभएको छ । जुन अन्तर्राष्ट्रिय बेस्टसेलर बन्यो । यस पुस्तकमा उहाँले आफ्नो जीवन, तालिबान आक्रमण र शिक्षाको लागि आफ्नो लडाईको बारेमा उल्लेख गर्नुभएको छ । यसबाहेक उहाँको जीवनको बारेमा एउटा वृत्तचित्र, ‘नेम मी मलाला’ बनाइएको थियो, जुन २०१५ मा ओस्करको लागि मनोनित भएको थियो ।

मलालाले सन् २०१७ मा अक्सफोर्ड विश्वविद्यालयमा भर्ना हुनुभयो र दर्शन, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गर्नुभयो । उहाँ युकेमा बस्नुहुन्छ । कहिले काही आफ्नो घर पाकिस्तान पनि आउनु हुन्छ । आउजाउ गर्नुहुन्छ । उहाँका पारिवारिक मूलस्थान पाकिस्तानको स्वाट उपत्यका नजिकको बार्कना शाङ्ला जिल्ला हो ।
सन् २०२५ को मार्च महिनामा उहाँले आफ्नो मूल गाउँ फर्किनु भएको हो । पहिलो पटक लामो समयपछि उहाँ त्यहाँ जानु भएको हो । आफ्नो पति र परिवारसहित हेलिकोप्टरमार्फत त्यहाँ पुग्नुभएको थियो । जनवरी २०२५ मा पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित बालिकाको शिक्षा, मुस्लिम समुदायको चुनौति र अवसर विषयको कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो ।
मलालाले अझै पनि तालिबानबाट उही खतराको सामना गर्नुहुन्छ । र यो विश्वास गरिन्छ कि उहाँ आतंकवादी समूहको निशानामा हुनुहुन्छ । यही कारणले गर्दा मलाला विरलै पाकिस्तानको यात्रा गर्नुहुन्छ । १३ वर्ष पछि मात्र गत मार्चमा आफ्नो गृहनगरको भ्रमण गनुृभएको थियो । त्यतिबेला पनि मलालाको भ्रमणको समाचार गोप्य राखिएको थियो, र सम्पूर्ण क्षेत्र सिल गरिएको थियो ।’’

गाँजा खाएपछिको सम्झना
तालिबानको नाम लिँदा मलालाको नाम आवश्य दिमागमा आउँछ । सानै उमेरमा तालिबानको क्रोध अनुभव गरेपछि उहाँले सिर्जना गरेको इतिहास संसारलाई थाहा छ । विश्वकै सबैभन्दा वृद्ध नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आफ्नो जीवनको बारेमा एउटा खुलासा गर्नुभयो जसले उहाँको जन्मभूमि पाकिस्तानमा पनि हलचल मच्चाएको थियो ।
मलाला युसुफजाईले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दा आफ्ना साथीहरूसँग गाँजा पिउनु भएको थियो । उहाँले आफ्नो जीवन परिवर्तन गर्ने कुरा सम्झेको खुलासा गर्नुभएको छ । उहाँले आफ्नो संस्मरण “फाइन्डिङ माई वे“ को विमोचन हुनुभन्दा अघि द गार्जियन पत्रिकासँगको अन्तर्वार्तामा मलालाले भन्नुभएको थियो कि कि जब उहाँले बोङ वा पानीको पाइपबाट गाँजा पिउँथिन्, अनि गोलीकाण्डको घटना ताजा भएको थियो ।’ मलाला भन्नुहुन्छ, ‘गाँजा पिउँथिन् र १३ वर्षअघि उनीमाथि भएको तालिबानी आक्रमणको सम्झना ताजा भयो । अहिले २८ वर्षकी मलालालाई २०१२ मा तालिबानी बन्दुकधारीले टाउकोमा गोली हानेको थियो ।
उनलाई जीवन बचाउने शल्यक्रियाको लागि स्वात उपत्यकाबाट बेलायत पु¥याइएको थियो । निको भएपछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभयो । उहाँले लेडी मार्गरेट हल कलेजमा साथीहरूसँग गाँजा पिउने गरेको खुलासा गर्नुभयो । “त्यो रात पछि, सबै कुरा सधैंको लागि परिवर्तन भयो’’ उहाँ भन्नुहुनछ, “मैले त्यतिबेला जस्तो आक्रमणको नजिक कहिल्यै महसुस गरेको थिइनँ । मलाई त्यो समयलाई पुनः बाँचिरहेको जस्तो महसुस भयो ।’’
विवादमा विवाह
मलालले विहे गरिसक्नु भएको छ । उहाँका बच्चा पनि छन् । उहाँ आफ्नो श्रीमानको साथमा नै बस्नु हुन्छ । तर उहाँको विवाहको कुरा बेलाबेलामा चर्चामा आउने गरेको छ । बीबीसीका अनुसार उहाँले सन् २०२१ मा एउटा पत्रिकालाई दिनुभएको अन्तरवार्तामा भन्नुभएको थियो, “मानिसहरू किन विवाह गर्नैपर्छ भन्छन् त्यो म अझै बुझ्दिनँ, यदि तपाईँ कसैलाई आफ्नो जीवनमा चाहनुहुन्छ भने किन विवाहको पत्रमा हस्ताक्षर गर्नुप¥यो ? जोडी मिलेर मात्र बस्न किन नसकिने ?’’ उहाँको यो कुरा निकै विवादमा आयो ।
यो कुरा बाहिर आउपछि उहाँको आमाले निकै नै सम्झाउनु भएको थियो । यस्तो बोल्नु हुँदैन, विहे भन्ने कुरा एउटा पवित्र बन्धन हो जसमा एकपटक सबै बाँधिनुपर्छ भनेर सम्झाउनुभएको थियो । आमाकै भनाइबाट प्रभावित भएर उहाँले पाकिस्तानका खेलाडी असेर मल्लिकसँग विहे गर्नुभयो ।
असेर मल्लिक पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको नेशनल हाई पर्फर्मेन्स सेन्टरमा प्रबन्धक हुनुहुन्छ । उहाँले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढ्नु भएको छ । पीसीबीसँग जोडिनुअघि उहाँ पाकिस्तान सुपर लिगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिनुभएको थियो ।
तालिबानको आलोचना
अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि महिला विरुद्धको लैङ्गिक भेदभाव उल्लेखनीय रूपमा बढेको छ । नोबेल पुरस्कार विजेता मलालाले तालिबानको आलोचना गर्दै सो कुरा बताउनुभएको छ । उहाँले महिला विरुद्धको तालिबानको लैङ्गिक भेदभावको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गनुृभएको छ ।
मलालाले अफगानिस्तानमा सत्ता सम्हालेदेखि तालिबानले सुरु गरेको महिला र केटीहरू विरुद्धको लैङ्गिक भेदभावमा सम्पूर्ण विश्वले ध्यान दिन र लड्न आवश्यक रहेको बताउनुभयो । दक्षिण अफ्रिकामा रंगभेद विरुद्ध जागरूकता जगाउने प्रसिद्ध नेता नेल्सन मण्डेलाको पुण्यतिथिमा जोहानेसबर्गमा वार्षिक नेल्सन मण्डेला व्याख्यान दिएपछि २६ वर्षीया मलालाले एसोसिएटेड प्रेससँग कुरा गर्नुभयो ।

उहाँले भन्नुभयो “मेरो टाउकोमा गोली लागेपछि, सम्पूर्ण विश्व मेरो साथमा उभियो । अफगानिस्तानमा बालिकाहरूको साथमा संसार कहिले उभिनेछ ?’’ मलालाले थप भन्नुभयो, ‘तालिबान सरकारले अफगानिस्तान कब्जा गरेदेखि, अफगानिस्तानले नराम्रा दिनहरू मात्र देखेको छ । कम्तिमा साढे दुई वर्ष भइसक्यो, र धेरैजसो बालिकाहरूले विद्यालयको भित्री भाग देखेका पनि छैनन् ।’
मलालाले संयुक्त राष्ट्र संघलाई अफगानिस्तानको वर्तमान अवस्थालाई लैङ्गिक भेदभावको रूपमा पहिचान गर्न अपील पनि गर्नुभयो । महिलाहरूलाई हिरासतमा लिइँदै, जेल हालिएको, कुटपिट गरिएको र जबरजस्ती विवाह गरिएको रिपोर्टहरू उद्धृत गर्दै उहाँले सो कुरा भन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया